साप्ताहिक संवाददाता
मासुबाट बनेका परिकार मांसाहारीहरूलाई सबैभन्दा मीठो लाग्ने खानेकुरा हुन् भन्दा फरक नपर्ला । कुन जीवको मासु कसलाई बढी मनपर्छ भन्ने कुरा भने व्यक्तिको रुचि अनुसार फरक–फरक हुन्छ । मासु खान रुचाउने मानिसहरूमध्ये पनि केको मासु, कुन भागको मासु तथा कुन परिकार भन्ने कुरामा पनि भिन्न–भिन्न रुचि हुन्छन् ।
नक्कली धमलाका रूपमा परिचित सुमन कार्कीलाई सबैभन्दा बढी मन पर्ने खसीको मासु नै हो । कार्की खसीको मासु भनेपछि भुतुक्कै हुन्छन् । उनी सातामा दुई पटकसम्म खसीको मासु खान्छन् । कार्कीलाई खसीको मासुमा पनि फिला बढी मन पर्छ । कार्की भन्छन्– फिलाको सेकुवा तथा तास सार्है मीठो लाग्छ ।
चलचित्र निर्देशक श्याम भट्टराईलाई पनि अरु मासुको तुलनामा खसीको मासु नै विशेष लाग्छ । भट्टराई खसीको मासुबाट बन्ने परिकारमध्ये ह्याकुल अत्यन्तै मन पराउँछन् ।
चलचित्र लेखक शिवम अधिकारीलाई पनि खसीको ह्याकुला नै मनपर्छ । अधिकारीलाई खसीको ह्याकुलालाई रातो बनाई फ्राई गरेर तयार पारिएको मासु अझ विशेष लाग्छ । कलाकार विजय बराललाई कुखुराको मासुमध्ये छातीको रोस्ट अन्य परिकारको तुलनामा बढी स्वादिलो लाग्छ । कुखुराको छातीको मासु खान सजिलो हुने भएकाले मन परेको बराल बताउँछन् ।
निर्देशक बसन्त अधिकारीलाई खसी नै स्वादिलो लाग्छ । अधिकारी भन्छन्– म त खसीको ह्याकुलोको पारखी नै हुँ । खसीको मासुमध्ये ह्याकुलोमा बोसो र मासु दुवै हुने भएका कारण मलाई ह्याकुलो मन परेको हो । गायक तथा अभिनेता बाबु बोगटीको रोजाइ भने केही भिन्न छ । बोगटी मासुभन्दा माछा खान रुचाउँछन् । मासुभन्दा पनि माछामै आÏनो मन गएको उनी बताउँछन् । माछामा पनि उनलाई टाउको बढी स्वादिलो लाग्छ ।