साप्ताहिक संवाददाता
मकै
यो मौसममा प्रशस्त मात्रामा पाइने हुँदा मकैका विभिन्न परिकार बनाएर खाने चलन छ । हरियो मकै पोलेर वा उसिनेर खान सकिन्छ । त्यसैगरी दूधालु मकैलाई पिसेर रोटी तथा फाडो सुप बनाएर खाने चलन पनि छ ।
भटमास
साउन भदौमा हरियो भटमास प्रशस्त पाइन्छ । उसिनेर खानेदेखि लिएर छोडाएर दालका रूपमा समेत हरियो भटमास प्रयोग गरिन्छ ।
खीर
साउन भदौमा दूधको उत्पादन बढी हुने भएकाले यो बेला बढी खाइने परिकारमध्ये खीर पनि एक हो । दूधमा चामल, मकैको च्याख्ला आदि खाद्यान्न मिसाएर खीर पकाइन्छ । यसलाइ स्वादिष्ट बनाउन घ्यू, काजु, नरिवल, मरिच आदि मसला समेत हालिन्छ । यी मसलाबाट प्राप्त हुने ऊष्णताले वर्षा याममा भिजेको शरीरलाई विभिन्न रोग–व्याधिबाट जोगाउँछ ।
हरियो काँक्रा तथा खोर्सानीको अचार
यो समयमा प्रशस्त मात्रामा खोर्सानी पनि फल्छ । हरियो काँक्रा तथा पिसेको हरियो खुर्सानी निकै स्वादिलो हुन्छ ।
किन खाने अदुवा र तुलसी ?
अदुवाले यो समयमा हुने विभिन्न प्रकारका इन्फेक्सनबाट जोगाउँछ । त्यसैले चिया, सुप, खिचडीजस्ता विभिन्न परिकार बनाउँदा अदुवा तथा तुलसी प्रयोग गर्नु लाभदायक हुन्छ ।