• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. खानपिन
खानपिन
आहा ! म:म
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

संयोजन : जनक तिमिल्सिना

आहा ! म:म
मंसिर १७, २०७५

छिटो, मीठो र सस्तो । यिनै तीनवटा गुणका कारण म:म नेपालीहरूका लागि सर्वाधिक लोकप्रिय खाजा बन्न पुगेको छ । नेपाली खाजाहरूमध्ये सबैभन्दा बढी रुचाइने परिकार म:म नै हो । के हिमाल, के पहाड, के तराई, के धनी, के गरिब सबैका लागि म:म उत्तिकै प्रिय परिकार हो । 

नेपालका ९० प्रतिशतभन्दा बढी रेस्टुराँ, क्याफे तथा होटलका मेनुमा म:मले ठाउँ पाएको छ । तारे होटलदेखि ठूला रेस्टुराँहरूमा मात्र होइन, सामान्य खाजा पसलहरूसम्म म:म पाकेकै हुन्छ । नेपाली बजारमा थरीथरीका मूल्य, स्वाद तथा स्वरूपका म:म उपलब्ध छन् । 

प्लेटका हिसाबले बेचिने म:मको मूल्यमा पनि उत्तिकै विविधता छ । म:म तारे होटलमा प्रतिप्लेट एक हजार रुपैयाँसम्म बिक्री हुन्छ भने सामान्य रेस्टुराँमा प्रतिप्लेट औसत १ सय रुपैयाँदेखि ३ सय रुपैयाँ पर्छ । नेपालमा उल्लेख्य व्यापार हुने म:मको दैनिक कारोबार कति हुन्छ भन्ने आधिकारिक तथ्यांक उपलब्ध नभए पनि दैनिक करोडौं रुपैयाँको म:मको कारोबार हुने गरेको अनुभव व्यवसायीहरूको छ । नेपालमा म:मलाई ब्रान्डिङ गरिरहेका बोताका सञ्चालक निभेन अमात्यका अनुसार म:मको कारोबार उच्च छ । ‘नेपालमा म:मको बजार एकदमै राम्रो छ,’ बोताका सातवटा आउटलेट खोलिसकेका अमात्य भन्छन्, ‘लामो समयदेखि निकै रुचाइएको परिकार भएकाले पनि यसको व्यापार एकदमै राम्रो छ ।’

बफ, चिकेन र भेज बढी चल्तीका म:म हुन् ।सर्वाधिक रोजाइमा बफ म:म पर्छ । त्यसपछि चिकेन बढी बिक्री हुन्छ भने भेज, पोर्क तथा पनिर म:मको माग पनि उत्तिकै छ । भेराइटिजका हिसाबले स्टिम म:म सबैभन्दा लोकप्रिय छ । त्यसपछि, झोल, सी, कोथे अनि फ्राई म:म नेपाली जिब्रोले बढी खोज्ने म:म हुन् । 

ममको स्वाद बढाउन अचारको महत्वपूर्ण भूमिका हुन्छ । अचारका कारण म:म बढी बिक्री हुने भएकाले पछिल्लो समय काठमाडौंलगायत मुख्य सहरका म:म व्यवसायीहरू म:मको अचारमा विविधता मात्र थपिरहेका छैनन्, त्यसलाई स्वादिलो बनाउन पनि जोड दिइरहेका छन् । अझ रोचक त के भने काठमाडौंलगायत केही ठूला सहरका रेस्टुराँले फरक स्वादको झोल समेत निर्माण गरेर ग्राहक तानिरहेका छन् । 

म:मको क्रेज कतिसम्म छ भने भारतीय मिठाईका ब्रान्डका रूपमा ख्याति कमाएका आँगन, गुलाव, रामेश्वरम, कन्हैयाजस्ता शाकाहारी मिठाई पसलले समेत म:म बेचिरहेका छन् । अहिले नेपालमा म:मलाई ब्रान्डिङ गर्न विभिन्न म:म महोत्सव, म:म पार्टी मात्र होइन, म:म प्रतियोगितासमेत आयोजित हुन थालेका छन् ।

विकेण्डको साथी म:म

म:मको स्वाद स्वदेशमा मात्र सीमित छैन । नेपालीहरूले म:मलाई आफूसँगै विदेशका विभिन्न ठाउँसम्म पुर्‍याएका छन् । विदेशमा जहाँ–जहाँ नेपाली पुगेका छन्, उनीहरूले त्यहीं–त्यहीं म:म पुर्‍याएका छन् । अमेरिकादेखि बेलायतसम्म जापानदेखि अस्ट्रेलियासम्म । विदेशका नेपालीहरूले वीकेन्डमा म:मको स्वादमा हप्ता दिनको कामको तनाव बिर्सन प्रयास गर्छन् । त्यसैले हिजोआज म:म विकेण्ड कल्चरमा समेत छिरेको छ ।

२ करोडको म:म उद्योग 

नयाँ बानेश्वरस्थित म:म संसारले फ्रोजन म:म उद्योग नै सञ्चालन गरेको छ । हेटौंडाका सुरेन्द्र श्रेष्ठले क्यान्सर रोकथाममा प्रतिप्लेट ३ रुपैयाँ योगदान दिने गरी यो उद्योग प्रारम्भ गरेका छन् । श्रेष्ठले चीनबाट प्रतिघण्टा १० हजार वटा म:म बनाउने मेसिन १५ लाख रुपैयाँमा नेपाल ल्याएका हुन् । अचार बनाउने मेसिनका लागि छुट्टै डेढ लाख रुपैयाँ लगानी गरिएको छ । अहिले उनी दैनिक २ हजार प्लेट म:म उत्पादन गरेर सप्लाई गर्छन् । भैरहवा, चितवन, पोखरा, हेटौंडा आदि स्थानमा उनको फ्रोजन म:म सप्लाई हुन्छ । श्रेष्ठ भविष्यमा मेसिनबाट उत्पादित फ्रोजन म:मलाई देशभर फैलाउने योजनामा छन् । उनले यो उद्योगमा झन्डै २ करोड रुपैयाँ लगानी भैसकेको बताए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खानपिन
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

विनिता पन्त, पोषणविद्

वैशाख ८, २०७७

खानपिन
सुदूरको स्वाद

- मोहन बुढाऐर

वैशाख ८, २०७७

खानपिन
फैलदो भक्काको स्वाद

अर्जुन राजवंशी

वैशाख ८, २०७७

खानपिन
कुन चीजको कुन भाग मीठो ?

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik