• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. खानपिन
खानपिन
मासुका घरेलु स्वाद
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मासुका घरेलु स्वाद
आश्विन १८, २०७६

दसैंका अवसरमा अधिकांश नेपालीको घरमा खसीका विभिन्न परिकार पाक्छ । दसैं मनाउने र नमनाउने दुवै थरीले यो अवसरमा विभिन्न किसिमका परिकार खान्छन् । कुनै पनि परिकार बनाउनुअघि त्यसका बारेमा सामान्य जानकारी राख्नैपर्छ भने यस्ता परिकार बनाउँदा स्वास्थ्यको पनि विशेष ख्याल राख्नुपर्छ । खसीको मासु खान एक वर्षदेखि डेढ वर्षको खसीको मासु राम्रो मानिन्छ । अर्को कुरा, आफूले खाने परिकारअनुसार नै मासु छान्नुपर्छ । सामान्यतया: पोलेर वा तारेर खान खसीको अगाडिको पाताको मासु, पक्कु वा झोल मासुका लागि गर्दन र पुठ्ठाको मासु तथा उसिनेर खान ह्याकुला र फिलाको मासु उपयुक्त मानिन्छ । स्थानीय जातका लसुन, अदुवा तथा खुर्सानी प्रयोग गर्दा त्यसले मासुको स्वाद बढाउँछ । कतिपय परिकारमा प्याजको बढी प्रयोगले मासुको स्वादलाई बिगार्ने मात्र नभै त्यस्तो मासु धेरै दिनसम्म राख्न मिल्दैन तसर्थ मासुको परिकारमा प्याजको प्रयोग गर्नु नै बेस हुन्छ । मासुका लागि मसलाका रूपमा दालचिनी, ल्वाङ, सुकमेल, अलैंची, जाइफल, जाइपत्री, जिरा, धनियाँ, तेजपात, पिपला, मरिच तथा टिम्मुर परिकारअनुसार प्रयोग गर्न सकिन्छ । 

गर्दनको छोयला

सामग्री : गर्दनको छालासहितको मासु, टिम्मुरको धूलो, भुटेको तोरीको तेल १ सय ग्राम, सुठो एक चिया चम्चा, पिसेको अदुवा एक चिया चम्चा, हरियो लसुन एक कल्ली, नुन स्वादअनुसार हरियो खुर्सानी दसवटा, गोलभेंडा चारवटा । 

विधि : खसीको गर्दनको मासुलाई सजिलोसँग छुट्टिने गरी हाड फोडेर फैलाउने । त्यसपछि उक्त मासुलाई जालीमा राखेर आगोको भुग्रोमा फर्काइ–फर्काइ पाक्ने गरी पोल्ने । पाकेपछि झिकेर एक–एक इन्चको टुक्रा पार्ने । त्यसपछि नुन, सुठो (अदुवा) तथा लसुनको लेदोमा मोल्ने । त्यसमा पोलेको गोलभेंडामा हरियो खुर्सानी हालेर मोल्ने । अन्त्यमा काटेको हरियो लसुन, टिम्मुरको धूलो तथा कागतीको रस हालेर फेरि मज्जासँग मोल्ने । त्यसपछि भुटेको तोरीको तेल हालेर फेरि मोल्ने । यो ड्रिकसँग खाने परिकार हो । पिरोका लागि खुर्सानीको मात्रा आवश्यकताअनुसार बढाउन सकिन्छ ।

साँधेको टाउकाको मासु

सामग्री : खसीको एउटा टाउको, नुन स्वादअनुसार, अदुवा ५० ग्राम (मसिनो गरी काटिएको), लसुन ५० ग्राम (मसिनो गरी काटिएको), अदुवाको लेदो एक चम्चा, लसुनको लेदो एक चम्चा, भुटेर पिसेको जिराको धुलो तीन चम्चा, दुईवटा कागतीको रस, प्याज चारवटा, तोरीको तेल १ सय ग्राम । 

विधि : खसीको टाउकोलाई दुई फ्याक बनाउने । गिदी झिकेर पाक्ने गरी उसिन्ने । त्यसपछि हड्डी र दाँत छुट्याउने अनि स–साना टुक्रा बनाएर त्यसमा माथि भनिएका मसाला हालेर मोल्ने । त्यसपछि तोरीको तेल धुवाँ आउने गरी तताएर मेथीको दाना तथा मसिनो गरी काटिएको लसुनको टुक्रा फुराएर झान्ने ।

भरेको फोक्सो

सामग्री : खसीको एउटा नफुटेको फोक्सो, चारवटा अन्डा, मैदा २ टेबुल चम्चा, बेसार एक चम्चा, नुन स्वादअनुसार, जिराको धूलो एक चम्चा ।

विधि : सबैभन्दा पहिले २ लिटर पानीमा मैदा र अन्डा मिसाएर फिट्ने । त्यसपछि बेसार नुन तथा जिराको धूलोलाई उक्त घोलमा हालेर फेरि फिट्ने । यसरी फिट्दा मैदा अन्डाको घोल पानी जस्तै पातलो हुनुपर्छ । त्यसपछि उक्त घोललाई फोक्सोमा भर्ने । यसरी भर्दा फोक्सोलाई फुक्दै भर्नुपर्छ । जब यो घोल भरिएर फोक्सो फुलेर कडा भएर आउँछ त्यसपछि उक्त फोक्सोको मुख राम्रोसँग बन्द गर्नुपर्छ । यसरी बन्द गर्दा मुछेको पिठो अथवा आलु प्रयोग गर्न सकिन्छ । त्यसपछि उक्त फोक्सो अटाउने भाँडोमा फोक्सो आधा डुब्ने गरी आधा घण्टासम्म हल्का आँचमा उमाल्नुपर्छ । फोक्सो पाकेपछि त्यसलाई आगोबाट झिकेर सेलाउन दिने । सेलाएको फोक्सोलाई फिंगर चिप्स वा स्लाइस आकारमा काटेर हल्का तेलमा तार्ने । त्यसपछि प्लेटमा सजाएर सर्भ गर्ने । कसैकसैले यसलाई डिप फ्राइ गरेर वा चिल्ली बनाएर पनि खान्छन् ।

कानको सलाद

सामग्री :सिद्धार्थ फुडल्याण्ड २ वटा, सेतो भेनेगर ३० मिलिलिटर

मह ४५ मिलिलिटर, नुन २ चिम्टी, खुर्सानीको धूलो १ चिम्टी

जैतुनको तेल ६० मिलिलिटर, सलाद साग २ मुठा, एउटा सुन्तला (टुक्रा पारिएको), एक मुठा हरियो लसुन (टुक्रा पारिएको), बोक्रा छोडाइएको ठूलो बदाम १ सय ग्राम ।

विधि : सबैभन्दा पहिले खसीको कानलाई हल्का आगोमा पोलेर रौं सफा गर्ने, त्यसपछि स–साना टुक्रा बनाउने अनि एउटा प्यानमा राखेर मध्यम आँचमा कानका टुक्रा कुरकुरे हँुदासम्म भुट्ने । त्यसपछि त्यसमा भिनेगर, मह, भुटेको तोरी, नुन तथा तोरीको तेल हालेर मोल्ने । त्यसपछि सलाद साग, सुन्तला, हरियो प्याज एवं बदामका टुक्राहरूले सजाएर सर्भ गर्ने ।

पुच्छरको सुप

सामग्री : एउटा खसीको पुच्छर (जोर्नीहरूबाट काटेर टुक्रा पारिएको), मैदा २ टेबुल चम्चा, सूर्यमुखीको तेल ४ टेबुल चम्चा (तार्नका लागि), प्याज २ वटा मसिनो गरी काटिएको, गाजर ३ वटा टुक्रा, सेलेरी स्टिक २ टुक्रा, लसुन २ पोटी, गोलभेंडाको लेदो २ टेबुल चम्चा, रेड वाइन १ बोतल ।

विधि : खसीको पुच्छरलाई मैदामा बेर्ने । त्यसपछि एउटा ठूलो भाडामा तेल तताउने र त्यसमा पुच्छर राम्रोसँग पाक्ने गरी भुट्ने अनि एकातिर राख्ने । त्यसमा माथि भनिएका सबै तरकारी हालेर रंग नबदलिँदासम्म पकाउने अनि गोलभेंडाको लेदो र मसलाहरू हाल्ने । त्यसमा पकाएर राखिएको मासु हाली रेडवाइन मिसाउने अनि केही पानीका साथ मध्यम आँचमा १५ मिनेटजति पकाउने । यो सुप ममसँग बढी स्वादिलो हुन्छ ।

भुटेको गिदी–जिब्रो

सामग्री : खसीको एउटा सिंगो गिदी तथा जिब्रो, लसुन र अदुवाको लेदो एक चिया चम्चा, मसिनो गरी काटिएको हरियो खुर्सानी २ वटा, गरम मसला आधा चिया चम्चा, १ मुठा मसिनो गरी काटिएको हरियो धनियाँ, तेल २ टेबुल चम्चा, नुन स्वादअनुसार ।

विधि : सबैभन्दा पहिले गिदीलाई सफा पानीले धोएर एकातिर राख्ने । त्यसपछि खसीको सिंगो जिब्रोलाई तातोपानीमा डुबाएर त्यसको बाहिरी आवरण चक्कुले खुर्केर फाल्ने । त्यसपछि उक्त जिब्रोलाई पातलो स्लाइस हुने गरी काट्ने । त्यसपछि एउटा ननस्टिक प्यानमा तेल तताएर स्लाइस काटिएको जिब्रोलाई मध्यम आँचमा रातो–खैरो हुँदासम्म भुट्ने । त्यसमा टुक्रा पारी काटिएको गिदी मिसाएर गल्दासम्म भुट्ने । त्यसपछि नुन, लसुन तथा अदुवाको लेदो, गरम मसला, काटिएको खुर्सानी एवं गरम मसला हालेर केही मिनेट पकाउने । पाकेपछि मसिनो गरी काटिएको हरियो धनियाँ छर्केर सर्भ गर्ने ।

स्रोत : सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वर

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खानपिन
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

विनिता पन्त, पोषणविद्

वैशाख ८, २०७७

खानपिन
सुदूरको स्वाद

- मोहन बुढाऐर

वैशाख ८, २०७७

खानपिन
फैलदो भक्काको स्वाद

अर्जुन राजवंशी

वैशाख ८, २०७७

खानपिन
कुन चीजको कुन भाग मीठो ?

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik