हङकङ सरकारले कोरोना (कोभिड १९) राहतस्वरुप प्रतिब्यक्ती १० हजार हङकङ डलर (१ लाख ५५ हजार रुपैंया) प्रदान गर्ने भएको छ । फ्रेब्रुअरीमा सम्पन्न २०२०/२१ को बजेटले नगद भुक्तानी योजना अन्र्तगत राहत रकम प्रदान गर्ने घोषणा गरेको हो ।
हङकङको स्थायी परिचयपत्र (परमानेन्ट आईडी कार्ड) वाहक १८ बर्ष उमेर पुरा भएका सवै नागरिकले अनलाईन वा हुलाक मार्फत रकम भुक्तानीको दावी गर्न सक्नेछन् । राहत रकम बैक खाता हुनेहरुका लागी सम्बन्धित बैंकमा रकम जम्मा हुनेछ भने खाता नभएकाहरुले हुलाक मार्फत चेक प्राप्त गर्न सक्नेछन् ।
वित्तिय सचिव पौल चान का अनुसार राहत रकम वितरण कार्यक्रममा साझेदारी गरेका २१ वटा बैंकहरुमा छिटो रकम भुक्तानीका लागि ईलेक्ट्रोनिक रजिष्ट्रेशन समेत गर्न सकिन्छ । राहत रकमका लागि योग्य नागरिकहरुले जुन १५ तारिकबाट कागजी आवेदन दिन सक्नेछन भने अनलाईन आवेदन भने जुन २१ बाट खुल्नेछ । सचिव पौल भन्छन् अनलाईनबाट आवेदन दिएमा राहत रकम छिटो भुक्तानी हुन्छ । उमेर अनुसार २० जुलाईबाट हामी क्रमश रकम वितरण गर्नेछौ । अनलाईन फारम www.cashpayout.gov.hk/eng मा गएर डाउनलोड गर्न सकिनेछ ।
हङकङ सरकारले आफ्ना नागरिकहरुलाई कोरोना राहत स्वरुप विभिन्न शिर्षकमा राहत वितरण गरिरहेको छ । कोरोनाकै कारण धेरैले रोजगार गुमाएका छन् भने ब्यापार, ब्यवसाय धरासायी बन्दै गईरहेको छ । स्थानीय ब्यवसायीहरु भन्छन् हङकङमा पछिल्लो समय कोरोना संक्रमणको अवस्था शुन्य बन्दै गएपछि जनजीवन सामान्य बन्दै गईरहेको छ । विस्तारै ब्यापार ब्यवसायमा राम्रा संकेत समेत देखिएसँगै सरकारको राहतले अझ सजह बनाएको छ ।
हङकङमा अहिले करिब ४० हजारको हारहारीमा नेपालीहरु मध्ये धेरैले आफ्नै ब्यापार, ब्यवसाय समेत शुरु गरिसकेका छन् । सरकारले सार्वजनिक गरेको राहत कार्यक्रमले करिब ७० लाख भन्दा बढि हङकङका नागरिकसँगै बसोबास गर्ने नेपालीहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।