साप्ताहिक संवाददाता
केही अघि कुपण्डोलस्थित निवासमा भेटिएकी श्रेष्ठ ठिकठाक पहिरन र आकर्षक मेकअपमा थिइन्। हक्की स्वभावकी श्रेष्ठ घरमा बस्दा होस् वा बाहिर जाँदा, जहिले पनि सुहाउने श्रंृगार र पहिरन छान्छिन्। बिहानदेखि बेलुकासम्म काममै व्यस्त श्रेष्ठ मेकअपमा गाजल र लिपिस्टिक प्रायः छुटाउँदिनन्। गर्मीमा वाटरप्रुफ मेकअप गर्ने र सातामा एकपटक हलुका स्क्रब गर्ने उनको बानी छ। श्रेष्ठको अनुहार सुख्खा भएका कारण मोस्चराइजर जेल दिनमा दुई पटक र वाटरप्रुफ फाउन्डेसन नियमित लगाउँछिन्। आफूजस्तै सुख्खा छाला भएकाहरूले गर्मीमा नियमित वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुने उनको सुझाव छ।
श्रेष्ठ गर्मीको मेकअप गरेपछि केश खुला छाड्ने बताउँछिन्। यसैगरी स्वास्थ्य र सुन्दरताका लागि पर्याप्त मात्रामा पानी पिउने उनको बानी छ। श्रेष्ठ मोस्चराइजर, पाउडर, ग्लस र आइस्याडो सधैं लगाउँछिन्। तीन नातिनातिनाकी हजुरआमा श्रेष्ठ सधै मेकअप र सुन्दरतामा ध्यान दिएका कारण आज पनि आफू तरुनी नै भएको महसुस हुने बताउँछिन्।
महिला हुन् वा पुरुष दुवैको स्वस्थ जीवनका लागि श्रृंगार अनिवार्य आवश्यकता भएको श्रेष्ठले बताइन्। हरेक मानिसले स्मार्ट बन्न र युग सुहाउँदो हुन श्रृंगारका आधारभूत कुराहरू जान्नुपर्ने उनको धारणा छ। व्यवसायकै क्रममाः विदेश गैरहने भएकाले श्रेष्ठले कस्मेटिकका सामान उतैबाट ल्याउँछिन्।