• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
प्लस साइज डिजाइन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

प्लस साइज डिजाइन
माघ १५, २०७६

सामान्यतस् मोटोपनलाई सुन्दर मानिँदैन । बढ्दो मोटोपनलाई स्वास्थ्यका हिसाबले जति चिन्ताको विषय मानिन्छ, यसलाई शारीरिक सौन्दर्य तथा व्यक्तित्वसँग पनि त्यसरी जोडेर हेर्ने गरिन्छ । स्वस्थ, फुर्तिलो र छरितो ज्यानलाई आकर्षक मानिन्छ । यसकारण कतिपय महिला मोटोपनमा हीनताबोध महसुस गर्छन् । तर, मोटो हुनु आफंैमा नराम्रो होइन । अहिले बजारमा पहिरन र फेसनका हिसाबले विभिन्न थरीका पहिरन पाइन्छन् । मोटो शरीर हुनेका लागि पनि सुहाउँदो र आकर्षक पहिरनहरू पाइन्छ । 

पहिरन नसुहाएजस्तो लाग्दा त्यसले व्यक्तिको आत्मविश्वासमा कमी ल्याउँछ । अरूले केही भन्लान् कि भन्ने आशंकाले मनमा ग्लानि पैदा हुन्छ । आफूलाई नसुहाउने पहिरनले जो–कोहीलाई पनि मानसिक तनाव दिनु स्वाभाविक हो । यस्तो समस्या दुई कारणले हुन्छ— आफ्नो फिगरअनुसारको पहिरन छनोट नभएर तथा अर्को पहिरनको उचित छनोट गर्न नसक्दा । फिगर प्राकृतिक कुरा हो र हरेक व्यक्तिको आ–आफ्नै किसिमको फिगर हुन्छ । शरीरअनुरूप कस्तो पहिरन छनोट गर्ने र कसरी लगाउने भन्ने कुरा मुख्य हो । फेसन डिजाइनर युवी थापा भन्छन्, ‘हरेक व्यक्तिले आफ्नो शरीरअनुसार सुहाउँदो पहिरन छनोट गर्न सक्नुपर्छ, जस्तोसुकै शरीरमा पनि मिलेको पहिरन लगाउँदा आकर्षक देखिन्छ ।’ 

प्लस साइजलाई फेसन टिप्स
रश्मि तन्डुकार, फेसन डिजाइनर, सबाह नेपाल
    अन्डरगार्मेन्ट फिटिङ र राम्रो क्वालिटीको हुनुपर्छ, अन्यथा पहिरनको सेप नमिलेर जीउ अझ भद्दा देखिन्छ । 
    सपिङ गर्दा फरक साइज अर्थात् ठूलो–सानो साइज पनि प्रयोग गरेर हेर्नुपर्छ । सधैं लगाइरहेको भन्दा अर्को साइज आफूलाई अझ राम्रोसँग फिट हुन सक्छ ।

    मोटा महिलाले ठूला प्रिन्टका फेब्रिक छान्नु हुँदैन । सकभर स–साना बुट्टा नै छान्नुपर्छ । बुट्टाको प्लेसमेन्ट जस्तोसुकै भए पनि आँखामाथिबाट तल फ्लो हुने खालको अर्थात् भर्टिकल हुनुपर्छ । यसले बडीको सेपलाई स्लिम लुक्स दिन्छ । चारपाटे तथा जिक ज्याक आकारको कपडा छनोट गर्नु हुँदैन । 

    कालो कलरले मात्र स्लिम देखाउने विश्वासबाट अघि बढेर अन्य ब्राइट कलर पनि प्रयोग गर्नु उपयुक्त हुन्छ । सकेसम्म एउटै कलरको पहिरन लगाउनुपर्छ । दुई–तीनवटा कलरका पहिरन लगाउँदा मोटो र होचो देखिन्छ । 

    कपडाको क्वालिटीमा सम्झौता गर्नु हुँदैन । लाइक्राजस्ता पहिरन जीउमा टाँसिन्छ । यस्ता जीउमै टाँसिने कपडा छान्नु हुँदैन ।
    भी नेकका पहिरनले अग्लो र स्लिम देखाउँछन् ।

    मोटी महिलाले लेगिन्स लगाउँदा त्यसले अझ भद्दा देखाउँछ । 
    रेडिमेड पहिरनको तुलनामा डिजाइनरसँग सल्लाह गरी आफ्नो सेप अनुकूल पहिरन तयार गराउँदा फिट र स्लिम लुक्स प्राप्त गर्न सकिन्छ । 

    प्लस साइजका प्रायस् महिलाहरूको वेस्ट र हिप बराबर हुन्छ । त्यसैले कम्मर र हिप डिफाइन्ड गर्न बेल्टसमेत लगाउनु उपयुक्त हुन्छ । यसमा बेल्ट लुज भए पनि केही फरक पर्दैन ।

    चुज पाइन्ट नलगाई फ्लेयर भएको पाइन्ट लगाउनुपर्छ । यसले अग्लो देखाई स्लिम प्रतीत गराउँछ ।
    मोटा महिलाहरूले प्रायस् एसेसरिज लगाउँदैनन् तर प्लस साइजकाहरूले एक्सेसरिजको प्रयोग गर्नु राम्रो हुन्छ । यसले अरूको ध्यान एसेसरिजमा केन्द्रित गर्छ, फिगरमा धेरैको ध्यान जाँदैन । 

    धेरै फ्लेयर भएको वा टाइट स्कर्ट नलगाई एलाइन ड्रेस लगाउँदा बढी मोटोपन देखिन पाउँदैन भने चोलीमा ज्वाइन पहिरन नलगाई सीधा फ्लो भएको पहिरनले आँखा ब्रेकडाउन हुँदैन र स्लिम देखिन्छ ।

    ब्लाउजमा बोट नेक लगाउँदा भद्दा देखिने हुँदा भी नेक छान्नु उपयुक्त हुन्छ ।
    पेन्सिल स्कर्ट नलगाइ फ्लेयर स्कर्ट लगाउनुपर्छ । पेन्सिल स्कर्टले हिप ठूलो देखिन्छ । स्कर्टको लम्बाइ घुँडासम्म मात्र हुनुपर्छ । घुँडा मुनिसम्मको स्कर्टले मोटो देखाउँछ ।

 

पार्टी वेयरका लागि
एलिना श्रेष्ठ, फेसन डिजाइनर, अकल्प बुटिक
सारीबाहेक लङ गाउन, अनारकली, लेहेंगा चोली, लङ कुर्ती वा स्कर्ट आफ्नो फिगरअनुसार डिजाइन गराई लगाउन सकिन्छ । लङ गाउन जहिले पनि प्लेन कपडामा तयार गराउनुपर्छ । प्लेन कपडामा हल्का बोर्डर हुनुपर्छ ।

लेहेंगा–चोलीमा पनि सानो बोर्डर भएको हुनु उपयुक्त हुन्छ । यदि मोटोपनका साथै हाइट धेरै भए बोर्डर ठूलो हुनुपर्छ । यसमा लामो चोली पनि बनाउन सकिन्छ । पेट भएकाहरूले 

हाई बेस्ट लेहेंगा लगाउँदा 
राम्रो देखिन्छ । लेहेंगा होस् वा गाउन खास गरी कलर कम्बिनेसनमा ध्यान दिनुपर्छ । भद्दा कपडा नछानी प्लेन जर्जेट, सिफनमा पहिरन डिजाइन गराउने हो भने स्टाइलिस देखिन सकिन्छ ।

अनारकली बनाउँदा चोली सकेसम्म नछुटाई बनाउनुपर्छ । अनारकली पनि प्लेन कपडाकै राम्रो हुन्छ । त्यसमा पनि सुरुवाल नलगाउने गरी तयार पारिएको गाउन स्टाइलको अनारकली उपयुक्त हुन्छ ।

पार्टीवेयरमा लङ कुर्ती पनि लगाउन सकिन्छ । स्टाइलका लागि प्लेन कपडामा इम्ब्रोइडरी गराएर तल सोही कलरको सरारा वा फ्लेयर पाइन्ट लगाउन सकिन्छ । मोटो शरीर भएकाहरूले सधैं प्लेन कपडामा हल्का डिजाइनका साथै कलर कम्बिनेसनमा ध्यान पुर्‍याउनु 
जरुरी हुन्छ । 

अनावश्यक भागमा बढी ध्यान नदिने
 कहिलेकाहीँ आफूलाई मन नपरेको शरीरको भाग लुकाउन मानिसहरू बढी समय खर्चन्छन् । यसले समस्या कम गर्नुको साटो समस्या भएको अंग अझ बढी हाइलाइट हुन्छ । कसैलाई आफ्नो हिप मन पर्दैन भने ठूल्ठूला पकेट भएका वा प्रिन्ट गरिएका जिन्स प्रयोग गर्नु हुँदैन । 

सेप वेयरको प्रयोग
शरीरलाई स्लिम देखाउन सेपवेयर तथा स्लिम बेल्टको प्रयोग प्रभावकारी हुन्छ । सेपवेयर तथा स्लिमले शरीर स्लिम तथा फिट देखिन्छ र जस्तोसुकै लुगामा पनि आकर्षक देखाउन सहयोग गर्छ । पेटको बोसो तथा हिपको साइज कम गर्न पनि सेपवेयरको प्रयोग उपयोगी सावित हुन्छ । 

आरामदायक जुत्ता छनोट गर्ने
शरीरलाई स्लिम तथा आकर्षक देखाउन जुत्ताको ठूलो भूमिका हुन्छ । सही जुत्ताको छनोटले शरीर स्लिम देखिन्छ । छालाको रंगअनुसार जुत्ता छान्नुपर्छ । त्यस्तै, हल्का खैरो, खरानी, न्युड तथा छालाअनुकूल रंग पनि उपयुक्त विकल्प हुन सक्छन् । एंकल स्ट्राप भएका जुत्ता प्रयोग नगरेकै बेस हुन्छ, किनभने यस्ता जुत्ताको प्रयोगले अग्लो देखिनुको सट्टा अझ होचो देखिन सकिन्छ ।

लुनिभा तुलाधर, रंगकर्मी
डेढ दशकअघि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘पवनकली’ मार्फत चर्चा कमाएकी लुनिभा अहिले रंगकर्मीका रूपमा दर्शकहरूको मन जित्न सफल छिन् । उनी किशोरावस्थादेखि प्लस साइजकी छिन् । स्कुल–कलेज पढ्दा उनको कम्मर २४ र थाई ३२ भएकाले आफूले लगाउन मिल्ने जिन्स फेला पार्न सम्भव थिएन । सबैले जिन्स लगाएको देख्दा उनलाई पनि जिन्स लगाउने रहर लाग्थ्यो । त्यसैले केटाहरूको जिन्स किनेर आफ्नो साइजमा मिलाएर लगाउँथिन् । 

लुनिभा भन्छिन्, ‘त्यतिबेलाको तुलनामा अहिले प्लस साइजका लागि विभिन्न ब्रान्डका स्पेसल पहिरन उपलब्ध हुन थालेका छन् भने बुटिकहरूले पनि विशेष डिजाइन गरी दिने हुँदा त्यस्तो समस्या भने कमै छ ।’ अहिले पनि उनलाई ब्राको समस्या भने छ । लुनिभालाई मिल्ने ब्रा नै नपाइने हुँदा लुनिभाको सपना छ— प्लस साइजको ब्रा डिजाइनर बन्ने । लुनिभाका लागि विदेशमा रहेका दिदीभाइ तथा साथीहरूले नै पहिरन पठाइरहेका हुन्छन् । त्यसबाहेक उनी सिटी सेन्टर तथा वल्र्ड ट्ेरड सेन्टरस्थित ओमनियाबाट पहिरन खरिद गर्छिन् । 

लुनिभा बढीजसो क्वाटर स्लिभ, माथि ओपन तथा नीलेन्थ स्कर्ट लगाउँछिन् र त्यही आफूलाई सुहाएको महसुस गर्छिन् । प्लस साइज भएकै कारण उनी पेट देखिने, टाइट पहिरन लगाउँदिनन् भने मोटोपनका कारण प्रेगनेन्सीमा आएको स्ट्रेच मास्कले गर्दा बिकिनी लगाउने आँट पनि उनमा छैन ।
 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik