• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

सिर्जना दुवाल श्रेष्ठ

वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड
फाल्गुन ११, २०७६

नेपाली फेसनमा नाम र दाम दुवै कमाएकी डिजाइनर हुन् संयुक्ता श्रेष्ठ । १६ वर्षदेखि यस क्षेत्रमा सक्रिय उनी सेलिब्रेटीका लागि फेसन डिजाइन गर्न माहिर छिन् । पत्रपत्रिकामा उनैले डिजाइन गरेका पहिरन लगाएर गरिएको फोटोसुट थुप्रै छापियो । मिस नेपालहरू पनि उनले डिजाइन गरेका पहिरनमा आकर्षित हुन्थे । 

सधैं नयाँ गर्ने र धेरैमाझ चिनिने सोच उनीमा थियो । त्यही सोचले उनलाई लन्डन पुर्‍यायो, जहाँ उनले ब्राइडल वेयरलाई आफ्नो थिम बनाइन् र त्यसैमा परिचय पनि । 

पूर्वी र पश्चिमा अवधारणा मिसाउनु उनको विशेषता हो । त्यो उनका लागि प्लस प्वाइन्ट भयो । उनले बेलायतको फेसन डिजाइनिङको क्षेत्रमा प्रतिष्ठित मानिने वेडिङ बुटिक अफ दि इयर–२०२० को एवार्ड पाएकी छन् । 

लन्डनमा बेहुली बुटिक सञ्चालन गरिरहेकी डिजाइनर श्रेष्ठले बेलायतका ११ ब्राइडल फेसन डिजाइनरलाई पछि पार्दै एवार्ड हात पारेकी हुन् । एवार्डका लागि विजेता चयन आह्वान गरिएको अनलाइन भोटिङमा उनलाई सबैभन्दा धेरैले रूचाए । यसलाई संयुक्ताले जीवनकै सबैभन्दा खुसीको पल बताएकी छन् । मेहनत र धैर्यताको परीक्षामा आफू उत्तीर्ण भएको अनुभव उनले सुनाइन् । 

लन्डन कलेज अफ फेसनबाट फेसन डिजाइनिङमा ग्राजुएट संयुक्ताले डिजाइन गरेका पहिरनहरू विश्व चर्चित सेलिब्रेटीहरूले लगाइसकेका छन् । चर्चित गायिका लरा राइट, फिथ हार्मोनीदेखि भिक्टोरिया सेक्रेटकी सुपर मोडल क्यान्डिस स्वानिपोएलसम्म संयुक्ताका डिजाइनमा सजिएका छन् । थुपै्र देशमा फेसन शोसमेत गरिसकेकी उनको डिजाइन लन्डनको फेसन म्युजियममा समेत राखिएको छ । जहाँ एलेक्जेन्डर म्याकक्विन, भीभीएन वेस्ट वुडलगायतका विश्वप्रख्यात डिजाइनरका डिजाइन छन् । 

उनको डिजाइनले बेलायतको वेल्स, उत्तरी आयरल्यान्ड तथा गणतन्त्र आयरल्यान्डका लक्जरियस बुटिकहरूमा बजार जमाएको छ । सस्टेनेबल लक्जरी डिजाइनरका रूपमा समेत परिचित उनका फेब्रिकहरूमा केमिकल प्रयोग हुँदैन । त्यसैले ती वातावरणमैत्री हुन्छन् । 

सन् २००४ मा बेलायत जानुअघि नेपालमै रहँदा पनि उनले मिस वल्र्ड, मिस युनिभर्स, इन्डियन आइडललगायतका लागि ड्रेस डिजाइन गरेकी थिइन् । उनी कान्तिपुर पब्लिकेसनको ‘नारी’ मासिकको नियमित फेसन स्तम्भकारसमेत हुन् । 

फेसन डिजाइनिङमा संयुक्ताले प्राप्त गरेको सफलता कैयौं चर्चित अन्तर्राष्ट्रिय फेसन म्यागेजिन र टेलिभिजनहरूमा फिचर भएको छ । उनी लन्डनको प्रतिष्ठित सोर्स एवार्डबाट पनि सम्मानित भइसकेकी छिन् । उनलाई सोर्स एवार्डअन्तर्गत ग्लोबल एवार्ड्स फर सस्टेनेबल फेसनमा हाइली कमेन्डेड ब्रान्ड लिडर डिजाइन एवार्ड प्रदान गरिएको थियो ।

वेडिङ बुटिक अफ दि इयर, २०२० एवार्ड पाउँदा कस्तो अनुभूति भयो ? 

बेलायतमा रहेका दुलहीहरूबाटै छनोटमा परिने यो एवार्ड पाउनु चानचुने कुरो पक्कै होइन । जब नोमिनेसनमा परेको खबर आयो, एकछिन त बोल्नै सकिनँ । एक त नेपाली समुदायबाट गएकी, त्यसमा पनि मजस्ता डिजाइनर त कति–कति ? तर मेरा ग्राहकहरूले मलाई विश्वास गरी, मेरो काम रुचाई नोमिनेसन गरिदिनुभयो । भोटिङमार्फत एवार्ड पाउँदा भाग्यमानी ठानेँ ।

एवार्ड हात पर्दा सबैभन्दा पहिला के कुरा सम्झनुभयो ?

परिवार र नेपाललाई सम्झें । मैले फेसन डिजाइनिङ सुरु गर्दा नेपाली सेलिब्रेटी, मिडिया र ग्राहकले साथ नदिएको भए यो दिन आउने थिएन भन्ने कुरा मनमा आइरह्यो । त्यसैले यो एवार्ड नेपालका लागि समर्पित गर्न चाहन्छु ।

नेपालबाट लन्डन गएर काम सुरु गर्दा कत्तिको गार्‍हो थियो ?

कठिन परिस्थिति नभई ठूलो सफलता पाउन सकिँदैन । लन्डनमा बुटिक खोल्नु मेरो ठूलो सपना थियो । सच्चा मनले देखेको सपना पूरा हुन्छ भनिन्छ नि । मेरो हकमा त्यस्तै भयो । मैले देखेको सपनालाई ठाउँ र रुचिअनुसार थिम बनाएर पूरा गर्न मिहिनेत गरेँ । मैले एसियन दुलहीहरूलाई लक्षित गरेकाले नयाँपन देखियो । त्यही भएर छोटो समयमै आफ्नो सिर्जना देखाउने र पहिचान बनाउने मौका पाएँ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik