विश्वको उत्कृष्ट ब्रान्ड द मिलानो गत वर्षमात्र नेपाल भित्रिएको हो । एक वर्षको छोटो अवधिमै द मिलानोका एसेसरिज तथा फेसनेवल पहिरनले नेपालीहरूको मन जितेको छ । नेपाली फेसन बजारमा द मिलानोको प्रभाव विस्तार हुनुका बलिया आधारहरू छन् । फेसन पारखीहरूका लागि मिलानोको कलर कम्बिनेसन र स्टाइलले प्रभावकारी भूमिका खेलेको छ । यस्तै, द मिलानोमा गुणस्तर र समानता पाइन्छ । विभिन्न कलर र स्टाइलका साथै आधुनिक ट्ेरण्डमा उत्पादित द मिलानोका आइटम नेपाली बजारमा भित्रिएसँगै नेपाली फेसनमा नयाँ बहार थपिएको महसुस गरिएको छ ।
द मिलानो उच्च प्रविधि र सिर्जनशील अवधारणाको उपज हो । क्लासिकल लुक्स तथा आधुनिक ट्ेरण्ड दुवैको झझल्को दिने द मिलानोका उत्पादनहरू काठमाडौंको दरबारमार्गस्थित एक मात्र शोरुमबाट बिक्री भैरहेको छ । यहाँ ह्याण्ड ब्याग, ट्राभल ब्याग, वालेट, प्रोटोफोलियो ब्याग, लेडिज बेल्ट तथा जुत्ता, कम्प्युटर ब्याग, कार्ड केस जस्ता एसेसरिजहरू पनि पाइन्छन् ।
नेपाली फेसनका सन्दर्भमा फेसन पारखीहरू फरक–फरक अवधारणा राख्छन् । एकथरि फेसन पारखीहरू लामो समय टिक्ने तथा गुणस्तरीय फेसनप्रति आकर्षित छन् भने अर्काथरि छोटो समय झल्याकझुलुक देखिने ट्ेरण्डी फेसनप्रति आकर्षित छन् । टिकाउ होस् वा नहोस् एकदुई पटक लगाए पुग्छ भन्ने मान्यता राख्नेहरू पनि बढ्दै गएका छन् । यसका अतिरिक्त लगाउने बित्तिकै च्यातिने वा रंग उडेर जाने फेसनप्रति पनि कतिपय प्रयोगकर्ताहरू रमाइरहेका पाइन्छन् तर द मिलानो गुणस्तर, टिकाउ र फेसन तिनै कुराको संगम भएकाले यसतर्फ अहिलेका युवाहरूको आकर्षण ह्वात्तै बढेको छ ।
के हो द मिलानो ?
विश्वमै उत्कृष्ट फेसन ब्राण्डका रूपमा परिचित द मिलानो शुद्ध छालाबाट एसेसरिज उत्पादन गर्ने लोकप्रिय इटालियन कम्पनी हो । यसले आफ्ना उत्पादन विगत ६० वर्षदेखि बजारमा उपलब्ध गराउँदै आएको छ । द मिलानो विश्वमै अत्यन्तै रुचाइएको लोकप्रिय युरोपेली ब्राण्ड हो । गुणस्तर तथा उत्कृष्ट फेसनको अवधारणाअनुसार उत्पादन गरिने द मिलानोका एसेसरिजले अहिले दक्षिण एसियाको बढ्दो बजारमा आक्रामक बजार नीतिका साथ प्रवेश गरेको छ । त्यसैअनुरूप यो नेपालमा पनि उपलब्ध हुन थालेको हो ।
पछिल्लो समय जसरी नेपालीहरू ब्राण्ड कन्सियस हुँदै गएका छन् उसैगरी उनीहरूमा ब्राण्डप्रतिको चेतना र आकर्षण दोब्बर भएको छ । त्यसैले फराकिलो बन्दै गएको फेसनको संसारमा नेपालीहरूले गुणस्तर खोज्न थालेका छन् ।
ब्राण्डका सन्दर्भमा नेपाली फेसन चेतनाले विगतको तुलनामा अहिले निकै ठूलो छलाङ मारिसकेको छ । हाल नेपाली बजारमा विश्वभर लोकप्रिय ४० भन्दा बढी ब्राण्डको खरिद बिक्री भैरहेको छ । त्यस्ता ब्राण्डले अहिले नेपाली ग्राहकलाई नै लक्षित गरेर आफ्नो बजार नीति पनि तयार पार्न थालेका छन् ।