• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
साडीको बदलिँदो रूप
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

साडीको बदलिँदो रूप
भाद्र २९, २०७३

 

साडी नेपाली मात्र होइन, दक्षिण एसियाकै महिलाहरूको सदावहार पहिरन हो । साडीलाई महिलाहरूको महत्वपूर्ण पहिरन मानिन्छ । नेपालमा चौबन्दी चोलो र साडीलाई भद्र पोसाकका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी नारीका लागि परम्परा धान्न पनि साडी अनिवार्य छ ।

 

बिहेबारी, चाडपर्व, पार्टी, पारिवारिक जमघट आदिमा साडी अनिवार्य मानिन्छ । हिन्दू नारीहरू साउन महिनामा हरियो तथा तीज र दसैंमा रातो साडीलाई प्राथमिकता दिन्छन् । बार्‍ह हाते साडी र ब्लाउजमा सजिनुको आनन्द नै अर्कै छ । कुर्ता, सलवार तथा पाइन्टभन्दा साडीको इज्जत बढी छ । चाडपर्वमा साडीको महत्व बढी हुन्छ । कुनै बेलाको ट्ेरडिसनल आउटफिट साडी यतिबेला अन्यन्त सेक्सी र ग्ल्याम्मरस बन्न थालेको छ । आधुनिकतासँगै साडीको लुक र स्टाइल पनि परिवर्तन हुँदै गएको छ ।

 

बारुले कम्मरमा आकर्षक मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्युँ खुला भएको ब्लाउज नलगाए साडीको गरिमा नै घटेजस्तो थालेको छ । साडी लगाउँदा नाभी र पिठ्युँ नदेखिए महिलालाई ‘पुरानो पाराकी’ भन्न थालिएको छ । पछिल्लो समयमा युनिक र स्टाइलिस साडीका कारण महिलाहरू सेक्सी र ग्ल्याम्मरस देखिन थालेका छन् । साडीकी सौखिन बौद्ध, काठमाडौंकी फेन्सी व्यवसायी नीता अधिकारी बजारमा नयाँ फेसनका रूपमा भित्रिएका साडी नबिराई किन्छिन् । ‘नयाँ साडीमा सजिएर मन्दिर जान मात्र नभै चाडबाडमा आफन्तहरूकहाँ जान पनि सजिलो लाग्छ,’ उनले भनिन् । नेपालमा साडीको फेसनले बृहत् रूप लिँदै गएको नीताको बुझाइ छ । 

 

कस्ता–कस्ता साडी ?

जब टेलिभिजन तथा चलचित्र रंगीन भए त्यसपछि साडीको फेसनले एउटा नयाँ रूपप्राप्त गर्‍यो । हिजोआज ट्ेरडिसनल साडी पनि विकिनी ब्लाउजमाथि लगाए बोल्ड र ग्लाम्मरस देखिन्छ । नेट जालीदार तथा हलुका साडीका साथै बनारसी साडी नेपाली महिलाहरूको रोजाइमा पर्छ । त्यसबाहेक सिल्क, सिफन, नेट, लेहंगा, जर्जेट साडी पनि नेपाली महिलाहरूको छनौटमा पर्छन् । प्रिन्टेड लेस, नेट बोर्डर, जर्जेट सिमर आदि फेब्रिकमा फिक्स साडी पनि धेरैले रुचाउँछन् ।

 

 न्युरोडस्थित काष्ठमण्डप साडी सेन्टरका दिपेश डंगोल भन्छन्, ‘फिक्स साडी धेरैको रोजाइमा पर्छ किनभने यो साडीमा मुजा पनि फिक्स नै हुन्छ त्यसैले लगाउने र समात्ने झन्झटबाट मुक्ति पाइन्छ ।’ हिजोआज साडी लगाउने पुस्ता पनि एकदमै चुजी छ । सबैको रोजाइ फरक–फरक हुन्छ । यद्यपि रातो, हरियो, गोल्डेन, रानी, ओरेञ्ज तथा पर्पल रंगका साडी धेरैको रोजाइमा पर्छन् । ब्लाउज पनि थरीथरीका छन् जसमध्ये क्रेप सिल्क, समर भेल्भेट, जर्जेट तथा फूलकारी धेरैको छनौटमा पर्छ । 

कहाँ जाँदा कस्तो साडी ?

साडी जहाँ मन लाग्यो त्यहीं लगाएर जाने पोसाक होइन । डान्सपार्टी वा डेटिङमा जाँदा साडी लगाउने कुरै आउँदैन । विवाह, व्रतबन्धका भोज तथा भेटघाट, चाडबाड आदिमा साडीको रूपरंग तथा लगाउने तौरतरिकाले व्यक्तित्व निर्धारण गर्छ । त्यसैले यसमा सजग रहनु पर्ने सल्लाह फेसन डिजाइनर तथा कोरियोग्राफरहरूले दिँदै आएका छन् ।

 

यतिबेला चाडबाडको मौसम भएकाले साडी लगाउँदा रंग तथा डिजाइन छनौटमा विशेष ध्यान पुर्‍याउनुपर्छ । तीज तथा दसैंमा रातो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विभिन्न कलर कम्बिनेसन गरेर साडी तयार पार्ने चलन बढ्दो छ । तीजमा व्रत बस्नुपर्ने भएकाले यसमा केही सजगता अपनाउनुपर्छ । 

दिनभरि भोकै बसेर घाम–पानी नभनी पूजापाठ एवं नाचगान गरिने भएकाले धेरै हेभी साडी लगाउन हुँदैन । अहिले साडीमा हाफ इम्ब्रोइडरी तथाी हाफ प्याचको चलन बढ्दो छ । महिलाहरूको हाइट र कम्प्लेक्सअनुरूप प्याचको कलर एवं डिजाइन निर्धारण गर्नुपर्छ । रातो साडीमा सिल्भर भेल्भेट प्याच वर्क, रेडमा प्यारोट ग्रिन तथा ओरेञ्जको कम्बिनेस उपयुक्त मानिन्छ । विवाह तथा भेटघाटमा पनि साडी लगाउने कुरामा विशेष ध्यान दिनुपर्छ ।

 

चाडबाडमा लाइट पिंक, ग्रिनको एल्लो सेड, लेमन ग्रिन, पिच, डार्क पर्पल, रानी, रोयल ब्लु आदि कलरलाई रातोमा मिक्स गरिएको साडी लगाउन सकिन्छ । रातो साडीमा फरक कलरमा हेभी वर्क गरिएको ब्लाउज अझ बढी खुल्छ । रातोमा हरियो, गोल्डेन, ओरेञ्ज, एल्लो, पर्पल, ब्लु, अफ ह्वाइट जुनसुकै कलर त्यत्तिकै सुहाउने भएकाले रातो साडीमा आफूलाई मन परेको कलर एवं फेब्रिक प्रयोग गरी डिजाइनर लुक्स दिन सकिन्छ । पार्टी वा विशेष कार्यक्रमहरूमा नीलो तथा कलेजी रंगको साडी प्रयोग गर्न सकिन्छ । 

 

मूल्य थरीथरीका 

नेपालमा धेरैजसो साडी भारतबाट आयात गरिन्छ । नेपालमा जापान र बंगलादेशबाट पनि साडी आउँछन्, तर त्यहाँका साडी नेपालमा डिजाइन चेन्ज गरेर बिक्री गरिन्छ । मोती, सितारा, पोते, पत्थर भरेर साडीलाई नयाँ डिजाइन दिइन्छ । डिजाइनअनुसार यसको मूल्य फरक–फरक हुन्छ । नेपालमा चाडबाडको समयमा ५ हजारदेखि ५० हजारसम्मका साडी बढी बिक्री हुने व्यवसायीहरू बताउँछन् । 

बजारमा जर्जेट, नेट, भेल्भेट तथा फ्रेञ्च सिफनका भरेका साडीको माग पनि उत्तिकै छ । सिफन तथा नेटमा पाइने यस्ता साडीको मूल्य ८ हजारदेखि ३५ हजारसम्म पर्छ । नेटको साडी भने सिफनभन्दा दोब्बर महँगो हुन्छ । नेटको साडी ६ हजारदेखि ५० हजार रुपैयाँसम्ममा आउँछ । जर्जेट तथा टिसुको मूल्य ५ हजारदेखि ४५ हजार 

रुपैयाँसम्म पर्छ ।  

नायिका, रेखा थापा 

साडी मलाई सबैभन्दा मन पर्ने पहिरन हो । म विशेष अवसरहरूमा साडी नै लगाउँछु । साडी आफैंमा ग्ल्यामरस पहिरन भएकाले पनि यसप्रति मेरो आकर्षण जोडिएको हो । मेरो नजरमा साडी सबै वर्ग र उमेरका महिलाहरूका लागि उत्कृष्ट पहिरन हो । साडीले नारीलाई पूर्णता दिने भएकाले पनि अरू पहिरनसँग यसको तुलना हुन सक्दैन । जब म टिनएजमा थिएँ त्यतिबेला साडी कसरी लगाउनुपर्छ भन्ने खुल्दुली हुन्थ्यो ।

 

जब मैले साडीको महत्त्व थाहा पाएँ, साडी लगाउन सिकें त्यसपछि मलाई के लाग्यो भने महिलाहरूका लागि सबैभन्दा उत्कृष्ट र आकर्षक पहिरन भनेकै साडी हो । अन्य पहिरन जतिसुकै ग्ल्यामरस र आकर्षक भनिए पनि ती पहिरनले साडीको ग्ल्यामरलाई चुनौती दिने हैसियत राख्दैनन् । कम्मर तथा नाभी क्षेत्रको आकर्षणलाई राम्रोसँग झल्काउने भएकाले पनि साडीको सेक्सीनेससँग अरू पहिरनले प्रतिस्पर्धा गर्न सक्छन् जस्तो लाग्दैन । 

 

डिजाइनर सरिता महर्जन, स्टाइलिस्ट बुटिक, कुपन्डोल समयसँगै साडीको फेसनमा समेत निकै परिवर्तन आइसकेको छ । साडीको फेसनमा विविधता पाइन्छ । आधुनिक डिजाइनले साडीको दायरालाई फराकिलो बनाएको छ । साडीको फेसनमा अहिले जोइन्ट साडी पहिलो नम्बरमा छ । सिफन तथा जर्जेटमा तयार गरिने यो साडी विवाहित तथा अविवाहित दुवै वर्गप्रति लक्षित छ । सिफनको साडीलाई दुई फरक रंगमा कम्बिनेसन गरेर पनि डिजाइन गरिन्छ । दुई फरक रंग प्रयोग गर्दा प्राय: सादा सिफनलाई फरक–फरक तरिकाले रंग्याइन्छ । यसबाहेक विभिन्न रंगको कम्बिनेसन गरेर जोइन्ट साडी तयार गर्न पनि हाम्रा डिजाइनरहरू खप्पिस छन् ।

 

कलर कम्बिनेसन मिलाइएका जोइन्ट साडीमा बोर्डर राखेर वा सादा लेसमा डिजाइन गर्ने चलन पनि अहिले लोकप्रिय छ । यस्तो साडीको लेयरमा एउटा रंग हुन्छ भने सप्कोमा अर्कै रंग हुन्छ । यसरी फरक–फरक रंगमा डिजाइन गरिएका जोइन्ट साडीलाई कतिपय अवस्थामा स्टिचसमेत गर्नुपर्छ । यस्तो साडी पार्टी वा अन्य कुनै अवसरमा लगाउन आरामदायक तथा आकर्षक मानिन्छ । जोइन्ट साडी फेसनमा आउनुको कारण लगाउन कम समय लाग्नु तथा यसले लेहेंगा र साडी दुवैको काम गर्नुनै हो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik