• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
पार्टी वेयर फेसन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरस्वती कटुवाल

 पार्टी वेयर फेसन
मंसिर २९, २०७३

 

यतिबेला जताततै विवाहको रमझम छ । यस्तो रमझम फागुनसम्मै जारी रहन्छ । यो अवसरमा आयोजना गरिने भोजभतेरहरूमा मानिसहरूको ठूलै जमघट हुन्छ । यस्ता जमघटमा पुग्नेहरू निकै ठाँटिएका पनि देखिन्छन् । विवाहका नाममा  हुने पार्टी होस् वा अरू कुनै अवसर, त्यहाँ पुग्ने मानिसका पहिरनले सबैलाई आकर्षित गर्छ । कस्ता हुन्छन् त यस्तो अवसरका पहिरनहरू : 

पुरुष पहिरन 

पार्टी तथा भोजहरूमा जाँदा लगाइने पहिरनले पुरुषको व्यक्तित्वलाई टाढैबाट झल्काउँछ । यस्तो पहिरनले नेपाली फेसनमा बेग्लै स्थान ओगटेको छ । आजभोलि पार्टीमा जाँदा लगाइने विशेष पहिरनमा थ्रीपिस अर्थात् सुट पहिलो स्थानमा देखिन्छ । त्यसका अतिरिक्त दौरा–सुरुवालमा कोट तथा स्टकोट लगाएर जाने चलन पनि यतिबेला हिट छ । आजभोलि पार्टीवेयर पहिरनमा फ्युजन अर्थात् कलर कम्बिनेसन पनि थपिएको छ, जसमा मरुन कलरको सर्टमा कालो पाइन्ट, कालो कोट र कालै स्टकोट लोकप्रिय देखिएको छ । 

यस्तो पहिरनमा नीलो रंगको टाई लगाउँदा पुरुष व्यक्तित्वमा थप निखार आएको अनुभव गर्न सकिन्छ । यस्तो पहिरनसँग सुहाउँदो पार्टीवेयर जुत्ता पनि यतिबेला चल्तीमा छ । यसैगरी युवाहरूका लागि थ्रीपिस सुट बढी चलेको देखिन्छ । थ्रीपिस नरुचाउने युवाहरू भने पार्टीमा रफ–टफ नै देखिने गरेका छन् । रफ–टप रुचाउनेहरूको पहिलो रोजाइमा जिन्समाथि टिसर्ट लगाउनु नै देखिएको छ । मौसम चिसो भएकाले युवाहरू टिसर्टमाथि रफ कोट नै लगाउन रुचाउँछन् । यस्तो अवसरमा कतिपय युवा ग्रन्च पाइन्टका साथ देखा पर्छन् ।

 

 यस्ता पाइन्ट केही चहकिला रंगका हुन्छन् जसमा जुनसुकै डिजाइन वा रङका टि–सर्ट सुहाएको देखिन्छ । कतिपय मानिस यस्ता जमघटमा पुग्दा नेपालीपन झल्कने पहिरनमा ठाँटिएको पाइन्छ । नेपाली मौलिकता झल्कने यस्ता परम्परागत पहिरन हाम्रा मूल्य–मान्यता र प्रथासँग समेत जोडिएका छन् । त्यसैले पार्टीहरूमा जाँदा यस्ता पहिरन लगाउने बेग्लै होड पनि अनुभव गर्न सकिन्छ । 

महिला पहिरन

महिलाहरू श्रृंगार एवं पहिरनका दृष्टिले पुरुषभन्दा बढी चुजी र फेसनेबल हुन्छन् । यसैकारण विभिन्न किसिमका पार्टीमा जाँदा उनीहरू दुलहीझैं सिंगारिन रुचाउँछन् । आकर्षक पहिरनदेखि लिएर मेकअपसम्ममा महिलाहरू कतिसम्म चुजी हुन्छन् भन्ने कुराको भेउ पाउन त्यस्ता पार्टीमा पुग्नुपर्छ । महिलाहरूले पार्टीमा लगाउने पहिरनमा पनि फरक स्टाइल भित्रिइसकेको छ । जस्तो, विवाहको पार्टीका लागि महिलाहरूको छनौटमा लेहेंगा तथा डिजाइनर साडीले प्राथमिकता पाउँछन् । 

 

जाडो महिना भएकाले भेल्भेटमा भरेको चोली, वोर्डर प्याच गरिएको चोलीमा विभिन्न रंग खेलेर तयार गरिएको साडी वा लेहेंगा निकै चलेको पार्टीवेयर मानिन्छ । विवाहित वा अविवाहित सबैका लागि म्याच हुने थ्रीपिस लेहेंगादेखि लिएर डिजाइनर गाउन पनि अहिले लोकप्रिय छ । पार्टीवेयरमा ध्यानदिनुपर्ने अर्काे प्रमुख कुरा हो– रंग । 

यदि रातिको पार्टी छ भने चम्किलो रंगका पहिरनले प्राथमिकता पाउँछन् भने दिउँसोको पार्टीका लागि हल्का र उज्याला रंगका पहिरन महिलाहरूको छनौटमा परेको देखिन्छ । यसका अतिरिक्त वानपिस, प्लाजो, लङ गाउन, डिजाइनर फ्रक पनि महिलाहरूबीच पार्टीवेयरका रूपमा लोकप्रिय मानिन्छ । जे भए पनि महिलाहरूले आफ्ना लागि पहिरन छनोट गर्दा शरीरको उचाइ एवं स्किन टोनमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।  

 

बालबालिकाको पहिरन 

मानिसको सबैभन्दा खुसी हुने उमेर भनेकै बाल्यकाल हो । अझ विवाहका पार्टी तथा भोज भतेरहरूमा जान पाउँदा उनीहरूको खुसीको सीमा हुँदैन । पार्टीमा आकर्षक देखिन चाहने बालबालिकाका लागि बजारमा भनेजस्तै किड्स वेयरहरू उपलब्ध छन् । चिटिक्क परेका विभिन्न डिजाइनका किड्स वेयर अहिले लोकप्रिय पनि छन् । छोरीका लागि विभिन्न डिजाइनका फ्रक, लेहेंगा, गाउन, स्कर्ट, फूलकारी बुट्टा भरिएका विभिन्न स्टाइलका पाइन्ट तथा जामा बजारमा जताततै उपलब्ध हुन्छन् । यसैगरी छोराका लागि थ्रीपिस सुट, ढाका तथा भेल्भेटका दौरा–सुरुवाल, जिन्स तथा टि–सर्टले विशेष प्राथमिकता पाएको देखिन्छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik