साप्ताहिक संवाददाता
आगामी बिहीबार काठमाडौंमा सेलिब्रेटीहरू मोडलका रूपमा र्याम्पमा प्रस्तुत हुने फेसन शो ‘डी–सेलिब्रेटी रनवे’ को आयोजना हुँदैछ । नेपाली चलचित्रका ४० जना चर्चित कलाकारले उक्त रनवेमा सहभागिता जनाउने बताइएको छ ।
दरबारमार्गस्थित होटल अन्नपूर्णमा सञ्चालन हुने उक्त फेसन शोमा नेपाली चलचित्र क्षेत्रका नयाँ तथा पुराना कलाकार भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, नजिर हुसेन, सृष्टि श्रेष्ठ, सरोज खनाल, भुवन चन्द, चैत्य देवी, वर्षा राउत, श्वेता खड्का, सञ्चिता लुइँटेल, अनुभव रेग्मी, ऋचा शर्मा, धीरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का आदिका साथ १० जना नयाँ मोडलको समेत सहभागिता रहनेछ ।
यो शोको आयोजना पूनम इन्टरटेनमेन्ट तथा अभिनेत्री गौरी मल्लले संयुक्त रूपमा गरेका हुन् । शोमा भारतीय डिजाइनर विशाल कपुरलगायत विभिन्न डिजाइनरका पहिरन प्रस्तुत हुनेछन् ।