
यस पटक हरियो रंगको फेब्रिकमा अन्य कलर मिक्स गरी नयाँपन प्रदान गर्ने चलन चलेको छ । साडी लगाउने महिलाहरू कम भएकाले अन्य पहिरनमा पनि अनेक किसिमका डिजाइन गराइन्छ । विवाहित तथा कामकाजी महिलाहरू साउनमा हरियो कलरका साथमा अरेञ्ज, सुगा कलर, ओलिभ ग्रिन, सी ग्रिन, एल्लो, पिच कलरका पहिरनमा मोर्डन टच दिएर लगाउन चाहन्छन् ।
अहिले सरारा, प्लाजो, सीधा पाइन्टमा लामो कुर्ता फेसनमा छ । यो साउनका लागि लब्ली ग्रिन, डार्क ग्रिन, लेमन ग्रिनमा ब्राइट रेड फेबरेट मानिएका छन् । ग्रिन र रेडको कम्बिनेसनसँगै एल्लो पनि अहिले ट्रेन्डमा छ । साथमा अरूभन्दा फरक देखियोस् भन्ने चाहनाले साउनमा पूरै हरियो पहिरन भने प्रयोग हुनेछैन ।
पूजाआजा गर्दा वा मन्दिर जाँदा सिफन वा नेटको प्लेन वा किनारामा गोल्डेन, पिंक, एल्लो बोर्डर सारी पनि राम्रो देखिन्छ । यसमा कन्ट्रास कलरको सेल्फ वर्क भएको नेटको ब्लाउज आकर्षक मानिन्छ, जसले गर्दा फरक लुक्स प्राप्त हुन्छ, जुन सजिलो छ र गर्मी पनि हुन दिँदैन ।
-सविना महर्जन अवाले, लाइक्रा बुटिक
मोडल: रीता कट्टेल
मेकअप: मनोज लामा
पहिरन: सौभाग्य बुटिक, नक्साल