• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
फेसनमा रोमान्सको उमंग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फेसनमा रोमान्सको उमंग
फाल्गुन ३, २०७४

 

 

रोमान्टिक फेसन महिलाका लागि आफ्नो पहिरनको हेमलाइन घुँडाभन्दा दुई इन्च माथि नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । घुँडाभन्दा दुई इन्चमाथिको पहिरनमा व्यक्ति ग्ल्यामरस त देखिन्छ तर ठीक तरिकाले बस्न जानिएन भने त्यही फेसन भद्दा र आपत्तिजनक स्थिति निम्त्याउने खालको हुनसक्छ । यो शैलीमा लिटिल ब्ल्याक ड्रेस पर्फेक्ट हुन्छ तर यो शैली अँगाल्दा खुट्टाको देखिने भागहरू राम्रोसँग टोन्ड तथा ब्याक्सिङ गरिएको हुनुपर्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । जुत्ता आफूलाई हिँड्न र यताउति गर्न सहज र आराम हुने खालको हुनुपर्छ । 

एक्सेसरिज चयन गर्दा ओभरलोड नहोस् भन्ने कुरामा ध्यान पुुर्‍याउनुपर्छ । साधारण क्लच, रिङ, ब्रासलेट, इयररिङ तथा नेकलेस प्रयोग गर्नुपर्छ । यदि स्टाइल स्टेट्मेन्टमा ध्यान दिने हो भने आफ्नो क्लचसित जुक्ताको मेल गराउनु राम्रो हुन्छ । ड्रेस कोट वा कोट केप उपयोगी हुन्छ । यदि च्वाइस लाउड छ भने म्युटेड शेड्स र प्याटर्नमा पनि प्रयास गर्न सकिन्छ । त्यसको कट् र स्टाइलमा प्रयोग गर्न सकिन्छ । आफूलाई कभर अप गर्न चाहने हो भने भी नेक प्रयोग गर्नु उपयुक्त हुन्छ । यदि ओपन अप हुन मन छ भने लङ स्लिभ भएको मिनी ड्रेस प्रयोग गर्न सकिन्छ । 

वातावरणको तापक्रम अनुरूप आफ्नो शरीरको तल्लो भागलाई छोप्न पाइन्ट वा ट्राउजर प्रयोग गर्न सकिन्छ, तर आफ्नो खुट्टालाई कभर गर्ने र साथमा कामुक पनि देखिने हो भने बुट कट् वा सत्तरी दशकताकाको बेलबटम राम्रो विकल्प हुनसक्छ । आफ्नो बटम वेयरलाई प्लेन राख्न सकिन्छ, जस्तै डेनिम वा ब्ल्याक पाइन्ट । यस्तो अवस्थामा आफ्नो अपर वेयरमा एक्सपेरिमेन्ट गर्न सकिन्छ । लेसी वा शियर टप रिस्क विनाको सिडक्टिभ अप्रोच हुनसक्छ । यदि पाइन्ट लुज छ भने फिटेड टप प्रयोग गर्नु उपयुक्त हुन्छ । यदि पाइन्ट साइड तिर टाइट शैलीको छ भने टप सिल्की टाइपको हुनुपर्छ ।

यदि भ्यालेन्टाइन डेट क्याजुयल मुडको छ भने सोहीअनुरूपको पहिरन छनौट गर्नुपर्छ । फिटिङ जिन्सका साथमा अफ शोल्डर पिस वा सिम्पल लङ टप लगाउन सकिन्छ । फिटेड ब्लेजर लेडर ज्याकेटका साथमा लेस ट्रिम ट्याङ टप उपयुक्त हुन्छ । यो शैलीमा हिल जुत्ता नै लगाउन सकिन्छ । स्लीभलेस टप माथि राम्रो खालको फिटेड ज्याकेट वा लिटिल ब्ल्याक ड्रेसका साथमा शियर स्टकिङ प्रयोग गर्नु उचित हुन्छ । ट्युनिक सित लेसी लेगिङको जोडा मिलाउन सकिन्छ । 

यो अवसरका लागि पूर्वीय शैलीलाई पनि सहज रूपमा प्रयोगमा ल्याउन सकिन्छ । सिम्पल सियर सिफन साडीका साथमा क्युट क्लचको कम्बिनेसन प्रयोग गर्न सकिन्छ । प्रिटी नेकलेसका साथमा सिल्क साडीको जोडा पनि उत्तिकै शोभनीय हुन्छ । सुन्दर खालको कुर्तालाई ब्रोकेड सिल्क स्लीभलेस ज्याकेट तथा चुडीदार सित कम्बाइन गरी क्याजुयल लुक पनि अँगाल्नसकिन्छ । 

भ्यालेन्टाइन डेलाई अझ बढी रोमान्टिक बनाउन पोल्का डट्स, हार्ट प्रिन्ट युक्त पहिरन लगाउनु उपयुक्त हुन्छ । हाई कोलर वा डीप नेक भएको कामुक पहिरन पनि लगाउन सकिन्छ । साँझको पार्टीका लागि रातो रंगको गाउन वा शर्ट ड्रेस परफेक्ट हुन्छ भने दिउँसोका लागि स्किनी जिन्स र बुट्सका साथमा रातो औपचारिक टप प्रयोग गर्न सकिन्छ । एलिगेन्ट अन्दाजका लागि क्लासिक फ्लोर लेन्थ ड्रेस राम्रो विकल्प हुनसक्छ । स्ट्रेपलेस भी नेकयुक्त स्पेगेटी ड्रेस ट्राई गर्न सकिन्छ । कतिपय पुरुषलाई लामो कर्भी हगिङ स्कीनी जिन्स मनपर्ने भएकाले आफ्नो प्रियतमको मन जित्न यो शैलीका साथमा हिल भएको थाई हाइ बुटको जोडा मिलाउनु उपयुक्त हुन्छ । 

क्रप्ड बाइकर लेदर ज्याकेट भ्यालेन्टाइन डेका लागि उत्तम विकल्प हुनसक्छ । सिक्विन्स अहिले प्रचलनमा छ, तसर्थ सिक्विन्ड स्कर्ट प्रयोग गर्न सकिन्छ । लिटिल ब्ल्याक ड्रेसलाई सदाबहार मानिन्छ, भ्यालेन्टाइन डेमा यसलाई उपयोगमा ल्याउन सकिन्छ ।

भ्यालेन्टाइन ड्रेसिङमा पुरुषले रातो रंगको गाढा शेड्स अपनाउनु उचित हुन्छ । यदि रंगसित सम्बन्धित समस्या छैन भने हरियो वा नीलो रंगको ज्याकेट र टिशर्टको कम्बिनेसन उपयुक्त हुन्छ । लुज फिटिङ सर्टबाट जोगिनुपर्छ । फिट सर्टले आफ्नो व्यक्तित्वमा सकारात्मक सन्देश प्रवाह गर्छ । यसले आफ्नो शरीर र व्यक्तित्वसम्बन्धी आत्मविश्वास पनि झल्काउँछ । आफ्नो सुगठित शरीर नै प्रदर्शन गर्ने हेतुले बडी हगिङ टिज भने प्रयोग गर्नु हुँदैन । 

महिलाहरू आफ्नो जुत्ता र एक्सेसरिजका सम्बन्धमा जति सचेत हुन्छन् त्यति नै उनीहरू पुरुष व्यक्तित्वको मूल्यांकन गर्दा ती कुरामा ध्यान दिन्छन् । अत: पुरुषले आफ्नो जुत्ताका सम्बन्धमा सजग हुनुपर्छ । राम्रो क्वालिटीको छालाको जुत्ता वा आरामदायक औपचारिक जुत्तालाई प्राथमिकता दिनुपर्छ । त्यस्तै सुन्दर खालको नाडी घडीलाई पनि अनिवार्य आइटमका रुपमा प्रयोग गर्नुपर्छ । 

हट स्टाइलको कुरा गर्नु पर्दा यो भ्यालेन्टाइन डेका अवसरमा पुरुषले आफ्नो जिन्स सित मरुन रंगको स्वेटर प्रयोग गर्नु उपयुक्त हुन्छ । ब्लेजर कोटका साथमा स्कीनी फिट डेनिमको जोडा दिउँसोका कार्यक्रमका लागि फिट हुन्छ भने रातिका कार्यक्रममा पनि शोभनिय हुन्छ । बटन डाउन भेस्टका साथमा रेट्रो जेन्टलमेन लुकका लागि फिटेड क्याजुयल कोट प्रयोग गर्न सकिन्छ । स्टाइलिस लुकका लागि रातिका कार्यक्रममा क्याजुयल पहिरन नै उचित विकल्प हो । भी नेक टि शर्ट र डेनिम जिन्सको जोडा एलिगेन्ट हुन्छ । छालाको जुत्ताबाट यो लुकलाई अझ प्रभावकारी बनाउन सकिन्छ । लन्चका लागि जाने हो भने लाइट पेस्टल शेड्समा क्याजुयल पहिरन सुहाउँदिलो हुन्छ । कालो रंग सकेसम्म प्रयोग गर्नु हुँदैन । 

फर्मल डेट हो भने फर्मल पहिरनलाई प्राथमिकतामा राख्नुपर्छ । फर्मल डिनरका लागि ब्ल्याक सुट सबैभन्दा बढी सुहाउँछ । यसमा सादा सर्टको जोडा उपयुक्त हुन्छ । ब्लेजर र टाईले यो शैलीलाई प्रभावकारी बनाउँछ । म्युजिक कन्सर्ट वा डान्स पार्टीमा जाने हो भने फंकी लुक ठीक हुन्छ । जसमा ब्यागी पाइन्ट र टर्टल नेक टी सर्ट सबैभन्दा उपयुक्त मानिन्छ । साधारण पहिरन लगाउँदा पनि पाइन्ट र सर्ट फ्रेस ड्राई क्लिन गरिएको र राम्रोसँग प्रेस गरिएको हुनुपर्छ । सोलिड ब्ल्याक ड्रेस पाइन्ट, क्रिस्प व्हाइट सर्ट तथा इलेगेन्ट्ली सेक्सी टाई सहजै अपनाउन सकिने विकल्प हुन् । कालो टाई, कालो मोजा र कालो जुत्ता म्याच गरी लगाउनसकिन्छ ।

यो अवसरमा आफ्नी प्रेमिकालाई आफ्नो वाइल्ड साइड डिस्प्ले गर्न सकिन्छ । लुज सर्ट अधिकांश पुरुषलाई सुहाउँदैन अत: नाइस फिटेड सर्ट प्रयोग गर्नुपर्छ र यदि बडी टोन्ड र फिट छ भने शर्टको माथिल्लो एकाध बटन खुला राखेर आफ्नो शरीर प्रदर्शन गर्न सकिन्छ । केशलाई हेयर मुज प्रयोग गरी स्टाइल दिनसकिन्छ । अशोभनीय हेयर स्टाइलबाट भने जोगिनुपर्छ । यदि कोट लगाउने योजना छैन भने नाडी घडी लगाउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik