आईइसी कलेज अफ आर्ट एण्ड फेशनको आयोजनामा नेपालका टप मोडलले सोही कलेजका फेशन डिजाइनिङ विधाका विद्यार्थीका क्रियटिभ पहिरनमा र्याम्प वाक गरेका थिए ।
उक्त फेसन शोमा नेपालका चल्तीका मोडल, अभिनेत्री तथा पुर्व मिस नेपाल शोस्टपरका रुपमा प्रस्तुत भएका थिए ।
आईईसी डिजाइनर्स रनवे– ८ मा आईईसीद्धारा उत्पादित ५२ जना डिजाइनरका फरक कला शोकास्ट गरिएको थियो । जिन्स र ढाकालाई फ्युजन गरिएका फरक डिजाइनले यसपटक सबैको ध्यान तानेको थियो ।
इस्टर्न–वेस्टर्न मिक्सड ह्वाइट गाउन पृथक देखियो । सिर्जना बस्नेत, सरिना गुरुङ तथा कल्पना कुमालको मिक्सड मेटल थिममा तयार पारिएका परिधान चित्ताकर्षक देखिन्थे ।
वेयरएवल र क्रियटिभ थिममा केन्द्रित रहेर तयार पारिएका डिजाइनमा पुर्व मिस नेपाल अस्मी श्रेष्ठ, अभिनेत्री करुणा श्रेष्ठ, मिस ग्य्राण्ड नेपाल उरुषा जोशी, मिस्टर ग्य्राण्ड नेपाल तथा अभिनेता दिक्पाल कार्की शोस्टपरका रुपमा र्याम्पवाक गरेका थिए ।
डिजाइनर पेम्बा शेर्पा, सागर बुढा मगर, निशा राइ र ममता सुर्य मगरद्धारा सृजना गरिएका नोभेल फेम थिमका पहिरनमा मोडलहरु र्याम्पमा हिड्दा दर्शकदिर्घाबाट तालीको गडगडाहट सुनिएको थियो ।
द पावर अफ एक्सप्रेशन तथा नोयर व्युटी थिममा तयार पारिएका पहिरन कार्यक्रमको वोल्ड प्रस्तुतीमा दरियो ।