
साप्ताहिक संवाददाता

पोखरामा अन्तर्राष्ट्रिय फेसन विक नेपाल भैरहेको छ । नेपाली नयाँ वर्ष–२०७६ का अवसरमा पोसाक महासंघ नेपाल तथा डिजाइनर एसोसिएसनको संयुक्त आयोजनामा उक्त फेसन विक सञ्चालन भैरहेको हो ।
फेसन विकमा पोखरा, काठमाडौं, हेटौंडा, चितवन तथा विराटनगरका २१ जना महिला एवं ५ जना पुरुष गरी कुल २६ जना सहभागी छन् । द काठमाडौं पोस्टको प्रस्तुति रहेको फेसन विक भोलि शनिवार ३० गतेसम्म जारी रहनेछ ।
गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल आदिले आ–आफ्नो प्रस्तुति दिइरहेको फेसन शोका क्रममा कल्चरल नृत्य समेत प्रस्तुत भैरहेको छ । साँझ ६ बजेदेखि राति ११ बजेसम्म चल्ने यो फेसन विक कुल २१ वटा सिक्वेन्समा विभाजित छ ।