• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
मेड इन नेपाल, मेक इन नेपाल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लक्ष्मी भण्डारी थापा

मेड इन नेपाल, मेक इन नेपाल
जेष्ठ १८, २०७६

डेली वेयरका लागि पनि उपयुक्त र क्यारी गर्न सहज यी परिहन लुक्समा पनि कुनै अन्तर्राष्ट्रिय ब्रान्डभन्दा कम थिएनन् । इन बुटिककी डिजाइनर अमृता पुनले डिजाइन गरेको अल्लो र खादीका पहिरन प्रदर्शन हुँदा दर्शकदीर्घा तालीको गडगडाहटले गुन्जायमान भएको थियो । 

स्वदेशी उत्पादन प्रवर्द्धनका लागि फेडरेसन अफ बिजनेस एन्ड प्रोफेसनल वुमन नेपालको आयोजनामा काठमाडौंको होटल याक एन्ड यतिमा फेसन फ्रम होम–२०१९ सम्पन्न भएको छ । उक्त अवसरमा भीभीआईपी इन्टरनेसनल डेलिगेट्स, राजदूत, कूटनीतिज्ञ एवं व्यवसायीहरूका साथै विभिन्न क्षेक्रका राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यत्तित्वहरूको सहभागिता थियो । कुडोज ब्यान्डका चार जना युवतीको भ्वाइलिन बादनको सुमधुर संगीतबाट प्रारम्भ भएको फेसन शोलाई ५ विधामा विभाजन गरिएको थियो । दोस्रो सिक्वेन्सबाहेक बाँकी प्रत्येक विधामा विशुद्ध नेपाली पहिरनमा सजिएका व्यवसायिक मोडलहरूको क्याटवाकले नेपाली उत्पादन एवं नेपाली सीपको उच्च गुणस्तरीयता वर्णन गरिरहेको थियो । 

शोमा हरेक नेपाली उत्पादनको प्रस्तुति अब्बल रह्यो । ढाका, अल्लो, बाँस, गाँजा, अंगुरा, खादी आदिका पहिरनका अतिरिक्त रिसाइकलद्वारा तयार पारिएका चित्ताकर्षक परिधान उक्त शोका विशेष आकर्षण रहे । उक्त रनवेको पहिलो प्रस्तुति डिजाइनर मुक्ता श्रेष्ठद्वारा डिजाइन गरिएका ढाकाका स्टायलिस्ट वेयरेवल पहिरनमा व्यवसायिक मोडलहरूको क्याटवाक थियो भने दोस्रो सिक्वेन्समा फेडरेसन अफ बिजनेस एन्ड प्रोफेसनल वुमन नेपालका युवा सदस्यहरूद्वारा सिर्जना गरिएका बाँस र अल्लोका पहिरन रहे ।

‘मेड इन नेपाल’ मात्र होइन, सिर्जनात्मक सोचद्वारा सृजित ती परिधान ‘मेक इन नेपाल’ का लागि सहयोगी हुने आयोजक डिजाइनरहरूको भनाइ थियो । डेली वेयरका लागि पनि उपयुक्त र क्यारी गर्न सहज यी परिहन लुक्समा पनि कुनै अन्तर्राष्ट्रिय ब्रान्डभन्दा कम थिएनन् । इन बुटिककी डिजाइनर अमृता पुनले डिजाइन गरेको अल्लो र खादीका पहिरन प्रदर्शन हुँदा दर्शकदीर्घा तालीको गडगडाहटले गुन्जायमान भएको थियो । 

फेसन फ्रम होमको चौथो सिक्वेन्समा डाँफेका डिजाइनर अनुजा जोशी र मनिष जोशी तथा हात्ती–हात्तीकी रेनु श्रेष्ठद्वारा रिसाइकलमार्फत डिजाइन गरिएका पहिरनको प्रस्तुति रह्यो भने पांचौं सिक्वेन्समा फेसन डिजाइनर अनु श्रेष्ठको ह्यान्डमेड कालिस्तो डिजाइनका आकर्षक सारीको प्रस्तुति लोभलाग्दो रह्यो । 

सिक्वेन्सको बीच–बीचमा फिलरका रूपमा प्रस्तुत गरिएको कौरा एवं कुमारी नृत्यका कारण दर्शकहरू मन्त्रमुग्ध देखिन्थे ।

त्यसबाहेक शोको आकर्षक बढाउन दिगो विकासको लक्ष्यसँग जोडिएर फेडरेसन अफ बिजनेस एन्ड प्रोफेसनल वुमनले विश्वका सयझन्दा बढी मुलुकमा महिला विकास र आर्थिक सशक्तीकरणका लागि गरिरहेका सकारात्मक त्रियाकलाप झल्कने डकुमेन्ट्री प्रदर्शन तथा मिस नेपाल वर्ल्ड–२०१० अनुष्का श्रेष्ठ तथा मिस नेपाल युनिभर्स–२०१९ प्रदिप्ता अधिकारीको मन्तव्य विशेष रहे ।

कार्यक्रममा करिब ३० वटा हस्तकलाका स्टलमा स्वदेशी कपडा, हातबुना नेपाली पहिरन, उनीका सामग्रीहरू, उपहार सामग्रीहरू, स्वदेशी डिजाइनका गरगहना, नेपालीकाष्ठ तथा कला–कौशलका सामग्रीहरू लगायत प्राङ्गारिक (अर्गानिक) परिकारका स्टलहरू समेत प्रदर्शनीमा राखिएको थियो ।

दिनभर विभिन्न व्यवसायिक स्टलमा मेलाको भीडभाडका साथ साँझ च्यारिटी डिनरसहितको यो फेसन शो स्वदेशी उत्पादन, उद्यमशीलता, व्यवसायीकरण तथा सशक्तीकरणमा लागेका उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित गरिएको बीपीडब्लू नेपालकी अम्बिका श्रेष्ठले बताइन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik