• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
तर मेरो लिङ्ग उत्तेजित हुँदैन। यसका लागि के गर्नुपर्छ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तर मेरो लिङ्ग उत्तेजित हुँदैन। यसका लागि के गर्नुपर्छ?
माघ १०, २०७०
म १८ वर्षको भएँ, तर मेरो लिङ्ग उत्तेजित हुँदैन। यसका लागि के गर्नुपर्छ?

१०७२

लिङ्ग कसरी उत्तेजित हुन्छ?

लिङ्ग उत्तेजित नहुने कुरा गर्नुभन्दा पहिले यो कसरी उत्तेजित हुन्छ भन्ने विषयमा चर्चा गरौं। हामीले इन्दि्रयहरूबाट ग्रहण गरेका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं। विभिन्न अङ्ग (स्रोत) बाट सन्देशहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं। यौन उत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक-फरक हुन सक्छ। यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ। यसरी लिङ्गमा रगत भरिन्छ अनि लिङ्ग कडा, मोटो र लामो हुन्छ। यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौं। यौनक्रिया मात्र शारीरिक क्रिया नभै मानसिक तथा भावनात्मक सम्बन्धहरूको मिश्रणसहितको एक जटिल कार्य हो। यौन उत्तेजनाका सन्देश मस्तिष्कसम्म यौन अङ्गबाहेक अन्य इन्दि्रयबाट पनि आउँछन् जस्तै स्पर्श, दृष्टि, ध्वनि इत्यादि। लिङ्गको कडापन तथा त्यसको निरन्तरता उत्तेजनाको स्रोत तथा व्यक्तिको शारीरिक तथा मानसिक स्थितिमा भर पर्छ। तपाईंलाई पक्कै थाहा होला, यौनका सम्बन्धमा सोच्दा मात्र पनि उत्तेजना हुनसक्छ।

लिङ्ग उत्तेजित नहुने कारण के होला?

तपाईंको लिङ्ग कहिल्यै पनि उत्तेजित नहुने हो कि यौनसम्पर्कका बेला उत्तेजित नहुने हो, स्पष्ट छैन। चाहिएको बेला, चाहेजस्तो गरी लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा राख्न नसक्ने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ।

राम्रोसँग लिङ्ग उत्तेजित नहुने कारण शारिरीक तथा मानसिक दुवै हुन सक्छ। लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ। मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या उत्पन्न गर्न सक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि त्यसका कारण हुनसक्छन्। पार्किनसन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीहरूले पनि त्यस्तो गराउन सक्छ। साह्रै थकाइ लागेकाले होस् वा अधिक मादक पदार्थको सेवनले होस् लिङ्ग उत्तेजनामा नकारात्मक असर परेको हुनसक्छ।

त्यसैगरी तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनवाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोगजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुनसक्छन्।

हस्तमैथुन गर्दा राम्रोसँग उत्तेजित हुन्छ भने शारीरिक पक्ष ठिकै भएको मान्नुपर्छ। कहिलेकाहीं मात्र यस्तो समस्या भए खासै चिन्ता लिनुपर्दैन। तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। सामाजिक मूल्य-मान्यताबाहिर यौनसम्बन्ध राख्दा वा प्रयास गर्दा पनि एक किसिमको तनाव हुन्छ। समाजबाट लुक्नुपर्ने मात्र होइन, मनमा पनि द्वन्द्वात्मक स्थिति उत्पन्न हुन सक्छ। विश्वासिलो व्यक्तिबाहेकको सन्दर्भमा रोग सर्ने चिन्ता पनि मनमा हुनसक्छ। त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भएसमस्या अझ चर्को हुनसक्छ। यस्तो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाबले हुने चिन्तालाई हामी sexual performance anxiety (यौनकार्य सम्पादनको चिन्ता) भन्छौं।

Performance anxiety कम गर्न के गर्नु पर्ला?

किशोरावस्था तथा युवा अवस्थामा लिङ्गको उत्तेजना सजिलै भए पनि अनपेक्षित रूपमा यसरी लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन्छ। निरन्तर प्रयासपछि पनि सफलता हासिल गर्न नसक्दा समस्या अझ चर्को हुनसक्छ। सर्वप्रथम त त्यसको कारण नै पत्ता लगाउनुपर्ने हुन्छ, किनभने त्यसको उपचार वा समाधान त्यसैमा भर पर्छ। कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ। कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमतामै ह्रास आउन थाल्छ। कति त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधंै चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन। त्यसैले मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीं औषधीसमेत सेवन गर्नुपर्ने हुनसक्छ। कतिपयले यसमा हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन्।

यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ। यसमा आफ्नो यौन साथीको सहयोग तथा समझदारी उत्तिकै महत्त्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ। यौनसाथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक पर्न सक्छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik