बन्दाबन्दीका अघिकांशले समान्य अवस्थामा भन्दा फरक ढंगले दैनिकी पुरा गरे । यो बन्दाबन्दीले कतिपयको रोजगारी गुम्यो, लगानी खेर गयो भने धेरैलाई विभिन्न किसिमका आर्थिक र शारीरिक भार समेत बोकायो । केही दिनअघि अछामको बयलपाटा अस्पतलाका एक कर्मचारीले रोजगारी गुमेकै कारण शरीरमा आगो लगाएर आत्मदाह गरे । बन्दाबन्दीको यो अवधिमा नेपालमा झण्डै १२ सयले आत्महत्या गरेको एक तथ्यांकले पुष्टि गर्यो । मानसिक चिकित्सा क्षेत्रका बिशेषज्ञहरु कोभिड–१९ को संत्रासले अझ धेरै मानिसमा मानसिक समस्या देखाउने र यो क्रम बर्षौपछि पनि देखापर्न सक्ने तर्फ सजग गरिरहेका छन् ।
अहिलेको अवस्थाले मानिसमा अनिश्चितता देखापरेको छ । फलस्वरुप मानिसको सोच, भावना र व्यवहारमा परिवर्तन आउन थालेको छ । त्यो परिवर्तनले समस्या उत्पन्न गर्न पनि सक्छ । भोक, निद्रा र दिनचर्यामा परिवर्तन आएमा विशेषज्ञको सल्लाह र उपचार आवश्यकता पर्ने बताउछन् । लामो समयको लकडाउनले देखा पार्ने विभिन्न समस्याहरूको व्यवस्थापन र समाधान कसरी गर्ने र मानसिक रुपमा कसरी स्वस्थ रहने भन्ने बिषयमा कान्ति बाल अस्पतालका चिकित्सक मनोविद रामपुकार साहले भिडियो मार्फत् दिनु भएको जानकारी ।