• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
हस्तमैथुन भनेको के हो?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

हस्तमैथुन भनेको के हो?
चैत्र ७, २०७०
हस्तमैथुन भनेको के हो?

५६८३

मानिस जन्मजात नै यौनिक हुन्छ। विवाहभन्दा पहिले मानिस यौनिक नहुने र विवाहपछि तुरुन्तै यौनिक हुने होइन। मानिस स्वभावतः जिज्ञासु हुन्छ। उसले आफ्नो वरिपरिको मात्र होइन भित्री कुरा पनि अन्वेषण गर्छ र त्यसका बारेमा सक्दो जान्न खोज्छ। यसैक्रममा उसले आफ्नो शरीरका बारेमा पनि खोजीनीति गर्छ र कुन अङ्गको स्पर्शबाट कम र कुन अङ्गको स्पर्शबाट बढी सुखानुभूति हुन्छ थाहा पाउन थाल्छ।

फ्रायडका अनुसार अनुसार पूर्वलंैगिक अवस्थामा यौन उत्तेजनाको केन्द्र यौन अङ्गहरूमा हुँदैन। जन्मदेखि एक वर्षसम्मको उमेरमा यौन उत्तेजनाको केन्द्र मुखमा हुन्छ। उनका अनुसार बालकले स्तनपान वा अन्य केही चुसेर आनन्द प्राप्त गर्छ। त्यसपछिको समयमा उक्त केन्द्र मलद्वारमा हुन्छ र दिसा गर्दा बालकले आनन्द पाउँछ। यो अवस्था १ देखि ३ वर्षसम्मलाई मानिएको छ। त्यसपछि बालक लैंगिक अवस्थामा प्रवेश गर्छ। उक्त अवस्थामा पुगेपछि पनि मुख, ओठका साथ मलद्वार क्षेत्र यौन आनन्दको एक प्रमुख अङ्गका रूपमा कायम रहन्छ। यो अवस्थाको सुरुको समय अर्थात् ३ वर्षदेखि ५ वर्षको उमेरमा यौन उत्तेजनाको केन्द्र यौनाङ्गंगमा हुन्छ। केटाहरूमा लिंग यसको केन्द्र हुन्छ भने केटीहरूमा भगांकुर। यो अवस्थामा छोराहरू आफ्नै आमाप्रति र छोरीहरू पिताप्रति आकषिर्त हुन्छन्। केटाहरूका लागि यो अवस्थालाई ओडिपल अवस्था र केटीहरूका लागि इलेक्ट्रा अवस्था भनिन्छ। त्यसपछि सुसुप्तावस्था प्रारम्भ हुन्छ। ५ वर्षको उमेरपछि किशोरावस्थाको नभएसम्म बालबालिका यही अवस्थामा रहन्छन्। किशोरावस्थामा बयस्क हुने क्रमको थालनी हुन्छ। यौन परिवर्तनका लागि आवश्यक आन्तरिक रसहरूको स्राव सुरु भएपछि किशोरावस्थाको थालनी सँगै यो लैंगिक अवस्था वयस्कको जस्तै भएर जान्छ।

आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन व्यवहारलाई नै हामी हस्तमैथुन भन्छौं। कुनै पनि समाजमा यही नै किशोरावस्थामा यौन सन्तुष्टि प्राप्त गर्न गरिने प्रमुख क्रियाकलाप हो। कतिपयले त पहिलो यौन चरमसुख यही विधिबाट पाएका छन्। किशोरावस्थामामा शिखरमा रहने यो यौन क्रियाकलाप बयस्क अवस्थाको उत्तरार्धमा आफैं कम भएर जान्छ। पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्ने भए पनि महिलाहरूको तुलनामा पुरुषहरूमा यो क्रियाकलाप बढी पाइन्छ। प्रायः सबैजसोले जीवनमा कुनै न कुनै बेला हस्तमैथुन गरेकै हुन्छन्। धेरैले महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने मान्छन् तर यथार्थ त्यस्तो छैन। महिलाको यौन जीवनमा पनि हस्तमैथुनको ठूलो भूमिका हुन्छ।

पुरुषले विशेषतः लिङ्गलाई हात अघिपछि चलाएर वा दबाब दिएर हस्तमैथुन गर्छ भने महिलाले गर्ने हस्तमैथुनमा विविधता छ। उनिहरूले भगाङ्कुर चलाउने, योनिमा केही पसाउनेदेखि अन्य यौन संवेदनशील अङ्ग जस्तै कि स्तनको मर्दनसम्म गरेर हस्तमैथुन गर्छन्। चरमसुख प्राप्त गर्ने कुरामा भगाङ्कुरको महत्वपूर्ण स्थान भए पनि योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्नु अर्को प्रमुख हो। योनिमा औंला पसाउनेबाहेक लिङ्ग आकारको वस्तु पनि पसाइन्छ। अहिले यौन प्रसाधनका रूपमा लिङ्गको स्वरूप जस्तो वस्तु बजारमा नपाइने होइनन् तर परापूर्वकालदेखि नै प्राकृतिक वस्तु वा अन्य घरायसी वस्तु प्रयोग हुने गरेको पाइन्छ।

के हस्तमैथुनले हानी गर्छ?

तपाईंले किन यो प्रश्न गर्नु भयो थाहा भएन तर कतै यसले हानी गर्छ कि धेरैलाई चासो र चिन्ता हुन्छ। किशोरावस्थामा यौन इच्छा सबैभन्दा तीव्र र बढी हुने बेला बन्देज बढी छ। विवाह हुने उमेर पछाडि धकेलिएपछि यो यौन आनन्द पाउनेबाटो, यौन सम्पर्क गर्न पाउने उत्तम विकल्प हो।

यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छन्। मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराएर मात्र यौन आनन्द पाउँछ भन्ने होइन। सिद्वान्ततः संभोग गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो। त्यसैले सम्भोग गर्दा हानी हुँदैन र हस्तमैथुन गर्दा हानी हुन्छ भन्न मिल्दैन। यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेक मिथ्या धारणाहरू व्याप्त छन्। हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन्। यसले स्मरण शक्तिमा ह्रास आउने पनि होइन।

बरु फाइदा पो छ

हस्तमैथुनका सम्बन्धमा अनेक भ्रम भए पनि यसले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मदत पुर्‍याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौन सम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोग आदिबाट पनि जोगाउँछ। अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि जोगिन सकिन्छ। हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हिनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ। मानिसले बाल्यकालदेखि नै ठूला व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसकै आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ। त्यसैले यसमा सामाजिक मूल्यमान्यताको ठूलो हात हुन्छ। प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्यमान्यता ले यस्ता नकारात्मक असर देखाउँछन्।

बुझ्नु पर्ने कुरा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी यस्ता कुनै हानी-नोक्सानी गर्दैन। अनावश्यक रूपमा चिन्ता गरे वा हिनताबोध गरे त्यसको नकारात्मक असर पर्न सक्छ। त्यसलाई आफ्नो मनबाट निकाल्न सक्नुपर्छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik