• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
भगांकुरको आकार कस्तो हुन्छ अनि यो योनिमा कहाँ हुन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

भगांकुरको आकार कस्तो हुन्छ अनि यो योनिमा कहाँ हुन्छ ?
चैत्र १४, २०७०
भगांकुरको आकार कस्तो हुन्छ अनि यो योनिमा कहाँ हुन्छ ?

    ४०१६

तपाईं पुरुष हुनुहुन्छ कि महिला जानकारी भएन। जे भए पनि भगांकुरका बारेमा जिज्ञासा छ। वास्तविकता के हो भने आफ्ना यौन अंगहरूका बारेमा धेरैजसो महिलालाई जानकारी हुँदैन। हाम्रो जस्तो देशमा त्यस्ता महिलाहरूको संख्या बढी छ किनभने एकातिर यहाँ यौनअंग अवलोकन गर्ने अवसर छैन भने अर्कातिर सामाजिक रूपमा बर्जित गरिए समान छ। यौनअंगका बारेमा छलफल गर्नु नराम्रो मानिन्छ भने सही जानकारीसम्म धेरैको पहुँच छैन। त्यसैले धेरैजसो महिलालाई भगोष्ठ, यौन केश वा भगांकुरका बारेमा पर्याप्त जानकारी हुँदैन र उनीहरू अलमलमा पर्छन्। त्यसैले तपाईंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले महिलाका प्रमुख यौन अंग के-के हुन् एकपल्ट हेरौं।  हुन त प्रत्यक्ष रूपमा योनिलाई नै महिलाको प्रमुख यौनअंग मानिन्छ तर योनिबाहेक अन्य विभिन्न अंग पनि यौनका दृष्टिले संवेदनशील हुन्छन्। महिला आफैंले ती अंग कस्ता देखिन्छन् भनेर जानकारी लिन वा नियालेर हेर्न एउटा सानो ऐना नै सहायक हुनसक्छ। सुरुमा असजिलो लागे पनि आफ्ना यौन अंगहरूसँग परिचित भए पछि विस्तारै अभ्यस्त र सहज भइन्छ।

भगक्षेत्र

पुरुषको तुलनामा महिलाका यौनअंगहरू बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैनन्। झट्ट हेर्दा छालाको दुई पत्र एक-अर्कामा टाँसिएजस्तो मात्र देखिन्छ। त्यसैलाई हामी समग्रमा भग भन्छौं र यसभित्रै अन्य सबैजसो अंग हुन्छन्। महिलाहरूमा यही भगको माथि पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ जसले यौन तथा प्रजनन अंगहरूलाई सुरक्षा प्रदान गर्छ। यौनांग क्षेत्रको उक्त भागलाई mons pubis (मोन्स प्युविस) भनिन्छ। महिलाको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वार जस्ता विभिन्न अंग देख्न सकिन्छ।

ठूलो तथा साना भगोष्ठ

यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो। यसमा दायाँ-बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्। ती ठूला भगोष्ठलाई बाहिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देख्न सकिन्छ। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्छ। यी ठूला तथा साना भगोष्ठ छेउ, माथि र तलतिर एक-अर्कामा जोडिएको हुन्छ। भगोष्ठको आकृति व्यक्ति-व्यक्तिअनुसार एकदमै फरक हुन सक्छ। भगोष्ठ यौन संवेदनशील हुन्छ र यौन उत्तेजनाका बेला सामान्य अवस्थाभन्दा आकारमा पनि केही ठूलो देखिन्छ।

भगांकुर

सम्भवत: महिला शरीरमा भएको यो नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवै तिरबाट एकआपसमा जोडिन्छन्। महिलालाई यौन सुख दिनुनै यसको एकमात्र कार्य भएको देखिन्छ। भगांकुरको टुप्पोलाई पनि पुरुषको जस्तै glans (ग्ल्यान्स) नै भनिन्छ। व्यक्ति-व्यक्तिअनुसार यसको आकार फरक-फरक हुनसक्छ तर यसको आकार केराउको दानाजत्रो हुन्छ। यसको shaft (साफ्ट) भने शरीरमा जोडिएको हुन्छ। भगांकुरलाई छालाको एक पत्रले छोपेको हुन्छ जसलाई clitoral hood (क्लाइटोरल हुड) भनिन्छ। भगांकुरको glans (ग्ल्यान्स) यौन संवेदनशील हुन्छ र स्पर्श गर्दा वा यौन उत्तेजनाका बेला पुरुषको लिंगजस्तै उत्तेजित हुन्छ। दु:खको कुरा के भने अझै पनि कतिपय महिलालाई प्रमुख रूपमा यौन सुख दिने यो अंगका बारेमा पर्याप्त जानकारी छैन।

योनि

भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ त्यसको मुनितिरको अर्कोलाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। यो मांशपेसीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। त्यसबाहेक महिलाका अन्य अंग पनि यौन संवेदनशील हुन्छन् जस्तै- स्तन, मुख तथा अधर, नितम्ब, तीघ्रा, चर्म (छाला) आदि।

योनिमा यो कहाँ हुन्छ ?

माथिको वर्णनबाट पक्कै पनि जानकारी पाइसक्नुभयो होला यो योनिमा हुने नभै त्यसभन्दा केहीमाथि बाहिर भगक्षेत्रमा हुन्छ। यौन उत्तेजनाका बेला यो पनि उत्तेजित र ठूलो हुने हुँदा यसलाई छामेर थाहा पाउन सकिन्छ। यौन संवेदनशील हुने भएकाले यसमा विशेष स्पर्शको अनुभव हुन्छ। भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो। यो यस्तै ९० प्रतिशत महिलाका लागि यौन संवेदनशीलताको केन्द्र मानिन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। यसलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गरिनुपर्छ भन्नेे छैन। आफूंलाई मन पर्ने कुनै पनि तरिका कुनै पनि व्यक्ति विशेषका लागि ठीक हुनसक्छ। चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय अपनाउन सकिन्छ। भगांकुरमा पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजक मान्छन्।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik