
साप्ताहिक संवाददाता
- पानीमा भिजाइएको हर्रो राति खानापछि चपाएर खाँदा पेट सफा हुन्छ भने ग्याँसको समस्या पनि समाधान हुन्छ।
- काँचो हर्रोको चटनीले पखाला, आउँ आदिमा राहत पुर्याउँछ।
- हर्रोको चूर्ण १ चम्चा र २ वटा किसमिस खाँदा अम्लपित्त (एसिडिटी) कम हुन्छ।
- बिहान-बेलुका कालो नुनसँग हर्रोको चूर्ण खानु कफको समस्यामा लाभदायक सिद्ध हुन्छ।
- हर्रोको चुर्णमा मह मिसाएर चाट्दा वान्ताको समस्यामा लाभ मिल्छ।
- खोकी लागेेको वा घाँटी दुखेको स्थितिमा हर्रो चुस्न सकिन्छ। हर्रोलाई पोलेर चुस्नु अझ राम्रो मानिन्छ।
- सामान्य अवस्थामा पनि हर्रो चुस्नु उपयोगी हुन्छ।
टेक्नो टिप्स
- कतिपयमा मोबाइल खेलाउने लत नै बसिसकेको हुन्छ। अनावश्यक रूपमा मोबाइलमा व्यस्त हुनु राम्रो होइन।
- मोबाइलको लतबाट छुट्कारा प्राप्त गर्न आफूलाई अरू नै काममा व्यस्त राख्नुपर्छ।
- आफ्नो सेलफोनमा त्यस्तो के चीज छ, जसले तपाइर्ंको ध्यान तानिरहन्छ? बुझ्नुपर्छ। मोबाइललाई मनोरञ्जनका लागिभन्दा पनि अत्यावश्यक कामका लागि प्रयोग गर्नुपर्छ।
- अनावश्यक अतिरिक्त फिचरहरू डिलिट गर्नु राम्रो हुन्छ।
- कसैसँग अनावश्यक वा लामो कुराकानी गर्दा समय त बर्बाद हुन्छ नै, अर्को व्यक्तिलाई झर्को पनि लाग्न सक्छ।
म्यारिड लाइफ
- मासिक स्रावका बेला श्रीमतीको विशेष हेरचाह एवं सहयोग गर्नुपर्छ।
- मासिक श्रावमा पेट, ढाड तथा टाउको दुख्ने समस्या हुनसक्छ। उनीहरूलाई काम गर्न जाँगर चल्दैन र अरूसँग कुरा गर्दा झर्को लाग्न सक्छ।
- मासिक श्रावका बेला पत्नीको व्यवहारमा देखा पर्ने परिवर्तनलाई स्वाभाविक रूपमा लिनुपर्छ।
- श्रीमतीलाई घरधन्दाको काममा सघाउनुपर्छ।
- श्रीमती तनावमा आउने वा थकित महसुस गर्ने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा श्रीमतीलाई खुसी तुल्याउने प्रयास गर्नुपर्छ।
- मासिक श्रावका बेला यौनांगको सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुपर्छ।
- श्रीमतीको अनुमतिबिना सहवास गर्ने जिद्दी गर्नु हुँदैन।
इनरवेयर टिप्स
- अन्तर्वस्त्र धुन चिसो पानी नै प्रयोग गर्नुपर्छ। तातो पानीले त्यसको इलास्टिक तन्किएर बिग्रन सक्छ।
- अन्तर्वस्त्र सफा गर्न ब्लिचिङ पाउडर प्रयोग गर्नु हुँदैन। कागतीको रसजस्ता प्राकृतिक सामग्री प्रयोग गर्नुपर्छ। ब्लिचिङ पाउडरले फेबि्रक बिग्रन सक्छ।
- भिन्न-भिन्न रंगको अन्तर्वस्त्र एउटै भाँडोमा राखेर धुन हँुदैन। यसो गर्दा एक-अर्काको रंग सर्न सक्छ।
- धोइसकेपछि अन्तर्वस्त्रलाई निचोर्नु हुँदैन। त्यत्तिकै सुकाउनुपर्छ।
फिटनेस फर्मुला
- नियमित व्यायामले शरीरका लागि आवश्यक ऊर्जा प्राप्त हुन्छ।
- व्यायामले रक्तप्रवाह तीव्र हुन्छ, जसले छालाको सौन्दर्यमा निखार ल्याउँछ ।
- मांसपेशी, हड्डी एवं रक्तसञ्चारलाई सुषुप्त अवस्थावाट जागृत एवं उत्तेजित गर्नुका साथै त्यसको कार्यप्रणाली ठीक ढंगले सम्पन्न गर्न व्यायाम आवश्यक हुन्छ।
- हरेक उमेर समूहका लागि व्यायाम आवश्यक हुन्छ, यद्यपि व्यायाम उत्तेजित ढंगले गर्नु हुँदैन।
- वृद्ध, गर्भवती एवं मुटुसम्बन्धी समस्या भएकाहरूले चिकित्सकको परामर्श अनुसार व्यायाम गर्नुपर्छ ।
बेडरुम टिप्स
फेङसुईबाट ह्याप्पी लभ लाइफ
स्फटिक : श्रीमान्-श्रीमतीबीच मधुर सम्बन्ध स्थापित गर्न शयनकक्षको दक्षिण-पश्चिममा स्फटिकको दुईवटा गोला झुन्डयाउनुपर्छ। यसबाट दुवैलाई एक-अर्काबाट कसैले अलग गर्न सक्दैन।
फोटोग्राफ्स : शयनकक्षको दक्षिण-पश्चिम दिशाको कुनामा आफ्नो र जीवनसाथीको तस्बिर टाँग्नुपर्छ। यसबाट आपसी प्रेम वृद्धि हुन्छ।
मेडरिन डोभ : प्रेम सम्बन्धलाई मजबुति प्रदान गर्न शयनकक्षको दक्षिण-पश्चिम दिशामा मेडरिन डोभको प्रतिभा राख्नुपर्छ। मेडरिन डोभ प्रेमको प्रतीक मानिन्छ। यसको उपस्थितिबाट श्रीमान-श्रीमतीबीच प्रेम बढ्छ।
शयनकक्षमा बेड : शयनकक्षमा डबल बेडमा सिंगल गद्दा राखेर एक साथ सुत्नुपर्छ। डबल बेडमा दुईवटा अलग-अलग गद्दा राख्नु ठीक हुँदैन। त्यसो गर्दा आपसी टक्कर बढ्ने र सम्बन्ध टुक्रने संभावना हुन्छ।
पानी : शयनकक्षमा पानी वा पानी रहने कुनै वस्तु, फिस ट्याङ्क, पानीले भरिएको बाउल, पानीको तस्बिर आदि राख्नु ठीक होइन। यसबाट दम्पतीबीच झगडा हुन्छ।
शयनकक्षमा ऐना : शयनकक्षमा ऐना राख्नु हुँदैन। यसबाट श्रीमान्-श्रीमतीका बीच बारम्बार विवाद भैरहन्छ। ऐनाबाट निस्कने ऊर्जा दम्पतीका बीच सम्बन्ध विच्छेदको कारणसमेत बन्न सक्छ। यदि ऐना हटाउन सकिँदैन भने राति सुत्दा वा सुत्नुपूर्व ऐनालाई कपडाले छोप्नु उपयुक्त हुन्छ।
ब्रेकअप टिप्स
- ब्रेकअपले प्रेमी/प्रेमिकालाई केही फाइदा पुग्छ। जस्तो, उनीहरूले स्वयं आफ्ना लागि समय व्यतीत गर्न सक्छन्।
- प्रेमी/प्रेमिकालाई छाडेपछि अन्य साथीहरूसँग समय बिताउने मौका मिल्छ।
- नयाँ सम्बन्ध बनाउने बाटो खुल्छ।
- अध्ययन वा करियरमा ध्यान केन्दि्रत गर्न सकिन्छ।
- स्वतन्त्रता महसुस हुन्छ।
- आफ्नो लक्ष्य एवं उद्देश्यमा केन्दि्रत हुन सकिन्छ।
ब्युटि टिप्स
- शरीरको अनावश्यक रौं उखेल्न सकिन्छ। यद्यपि रौं एक सेन्टिमिटरसम्म वढेपछि मात्र वाक्सिङ गर्नु राम्रो हुन्छ।
- कतिपय संवेदनशील छालामा वाक्सिङ पछि पोल्नेलगायत अन्य समस्या देखा पर्न सक्छ। त्यसैले वाक्सिङ गर्नुअघि शरीरको कुनै भागमा ट्रायल गर्नुपर्छ।
- वाक्सिङ गर्नुअघि छालालाई राम्रोसँग सफा गर्नुपर्छ।
- वाक्सिङ वढी पीडादायक भैरहेको छ भने, त्यसको विधि उपयुक्त नभएको मान्न सकिन्छ। त्यसैले सहि विधि अपनाएर वाक्सिङ गर्नुपर्छ।
- वाक्सिङपछि उक्त ठाउँमा आइसक्युब दल्नुपर्छ।


