• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
मुख मैथुन गर्नु नराम्रो हो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा राजेन्द्र भद्रा

मुख मैथुन गर्नु नराम्रो हो ?
आश्विन ३, २०७१
म ३३ वर्षीय विवाहित पुरुष हुँ। हामी दुई जनामा खुलेर यौनसम्पर्क हुन्छ र सन्तुष्टि पनि प्राप्त हुन्छ। मेरै करले गर्दा हामीले मुखमैथुन पनि गर्ने गरेका छौं। यसले पछि गएर असर गर्छ कि गर्दैन ? मुख मैथुन गर्नु नराम्रो हो ? यसले हाम्रो दाम्पत्य जीवनमा असर पुर्‍याउँछ कि भन्ने डर पनि लाग्छ। के होला ?

-७३२२

तपाईंहरूको बीचमा खुलेर यौनसम्पर्क हुने र सन्तुष्टि पनि प्राप्त हुने कुराले खुसी लागेको छ। तपाईंले मुखमैथुन गर्ने कुरा त गर्नुभएको छ तर त्यसका बारेमा अझ स्पष्ट हुनुभएको भए जवाफ दिन सजिलो हुने थियो।

मुख मैथुन के हो ?

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायक तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। मुखमैथुनबाट यौन आनन्द प्राप्त  गर्न रुचाउने व्यक्ति वा जोडीहरू बढ्दै गएका छन्।

कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्, निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुख भित्र राखेर अघिपछि गर्ने), अन्त:सन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्ब लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जीब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलिन नभए सम्म दबाउने)।

मुखमैथुन भन्नाले १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख मैथुन (Anilingus) लाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनिमुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा पनि हुनसक्छ। तपाइर्ंहरूको बीचमा कस्तो मुखमैथुन हुन्छ भन्ने कुरा पत्रमा स्पष्ट उल्लेख छैन, तर तपाइर्ंको लिङ्ग र श्रीमतीको मुख भएको अनुमान भने गर्न सकिन्छ।

के मुखमैथुन नराम्रो हो ?

मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन वा पछि गएर त्यसले कुनै हानि गर्छ कि भन्ने शंका धेरैमा पाइन्छ। स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित नै हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि पुग्दैन। स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरस त्यसमा आफंैमा कुनै हानि वा खराबी गर्ने कुरा हुँदैन। त्यसैले यस्तो वीर्य वा योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि गर्दैन। तपाईंहरू दुवैलाई मुख-मैथुन मन पर्ने भए यसबाट भरपूर आनन्द लिन सक्नुहुन्छ।

स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने डर हुँदैन। यदि यौनरोग छ भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कमा पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्ता क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। सुरक्षित बनाउन मुखमैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ। अहिले यही प्रयोजनका लागि सुगन्धित कन्डम पनि उपलब्ध हुन थालेका छन्। योनि-मुख मैथुनका लागि डेन्टल ड्याम (रबरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ। डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ। मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा ख्याल गर्नुपर्छ।

करले मुखमैथुन

यौनसम्पर्क दुवै व्यक्तिको सहमतिमा हुनुपर्ने कुरा हो। यौन सम्पर्कमा कर वा दबाब दिनु सुखमय यौनसम्बन्धका दृष्टिले पनि उचित हुँदैन।

तपाईंले करले मुखमैथुन गरेको कुरा उल्लेख गर्नुभएको छ। यसले तपाईंकी श्रीमतीमा यसप्रति कि त रुचि छैन अथवा कुनै किसिमको असजिलो छ भन्ने प्रस्ट हुन्छ। व्यक्तिमा मुख मैथुनप्रति रुचि नहुन सक्छ। दबाबमा वा जबरजस्ती मुखमैथुन गर्नु वा योनिरस वा वीर्य निल्न दवाब दिइनु भने मनासिब होइन। कसैकसैलाई योनिरस वा वीर्यको स्वाद, गन्ध आदि मन नपर्न सक्छ। यस्तो स्थितिमा क्षणिक रूपमा वाकवाक लाग्न सक्छ।

मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइ रामोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्गका रूपमा लिन्छौं, तर वास्तविकता त्यसो होइन।

यस विषयमा आफ्नी श्रीमतीसँग राम्रोसँग कुराकानी गर्नुहोस्। कुनै चासो वा चिन्ता छ भने त्यसलाई हटाउने प्रयास गर्नुहोस्। यसबाट हानि नहुने अनि यो स्वास्थ्य यौन क्रियाकलाप नै हो भन्ने कुरा सम्झाउनुहोस्, जसले तपाईंलाई पक्कै सहयोग मिल्नेछ, तर यदि यी सबै कुराका बाबजुद तपाईंकी श्रीमतीलाई मुखमैथुनमा संलग्न हुन मन छैन भने उनका कुरालाई स्वीकार गर्दै जोर जबरजस्ती नगर्नुहोस्। यसरी समझदारीमा यौनजीवन अघि बढाउन सकियो भने पक्कै भावी यौन जीवनमा कुनै असजिलो नआउला।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik