चैत्र २१, २०७१
सबु.
गर्भनिरोधका लागि कन्डम निकै प्रचलित अस्थायी साधन हो । यसले एचआईभीलगायत अन्य यौनरोगहरूबाट जोगाउने तथा अन्य कुनै नकारात्मक असर नपर्ने भएकाले यसलाई राम्रो गर्भनिरोधकका रूपमा लिइन्छ । यो ९४ देखि ९८ प्रतिसत सम्म प्रभावकारी छ । यसको प्रभावकारिता यसको उचित प्रयोगमा भर पर्छ । कन्डम राम्रोसँग प्रयोग नगरे फुट्न सक्छ । त्यस्तो अवस्थामा गर्भ रहन सक्छ । गर्भ रहे महिनावारी रोकिन्छ भने पिसाबको परीक्षण गरेर पनि गर्भ रहेनरहेको जानकारी प्राप्त गर्न सकिन्छ ।