• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ ?
जेष्ठ २२, २०७२
म ४२ वर्षीय पुरुष हुँ । मेरी श्रीमती मभन्दा ९ वर्षले कान्छी छिन् । हाम्रा दुईजना छोराछोरी छन् । मलाई दैनिक यौनइच्छा हुन्छ र म प्राय: सुतिसकेपछि मध्यरातमा ब्युँझन्छु । मलाई त्यसपछि नै यौन इच्छा हुन थाल्छ । यौन क्रियाकलापका लागि श्रीमतीसँग आग्रह गर्दा उनी रिसाउँछिन् र जबरजस्ती गरेको आरोप लगाउँछिन् । मलाई त्यो समयमा निकै रिस उठ्छ र झगडा पनि गर्छु तर उनी मान्दिनन् । हिजोआज ममा चिडचिडेपन पनि देखिन थालेको छ ।हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ ? यो कस्तो समस्या हो ?

.......................................................................................

यो प्रश्न पढ्दा तपाईंंमा अहिले कुनै चिन्ता छ कि भन्ने बुझिन्छ । चिन्ताको विषयमा श्रीमतीसँग कुरा नभएको हुनसक्छ वा तपाईंंलाई यस्तो समस्या चिन्ताले पनि हुन्छ भन्ने कुरा थाहा नभएको हुनसक्छ । यो समस्याका बारेमा खुलेर चर्चा गर्न तपाईंको निन्द्रा सधैं मध्यरातमा खुल्ने हो कि कहिलेकाहीं मात्र खुल्ने हो, प्रस्ट हुनु आवश्यक छ । यदि सधैंजसो मध्यरातमा निन्द्रा खुल्ने हो भने उदासीपनको लक्षण बुझिन्छ र यसको उपचारका लागि मनोचिकित्सक वा मनोविद्कहाँ तुरुन्तै जानु आवश्यक हुन्छ । यदि कहिलेकाहीं मात्र निन्द्रा खुल्ने हो भने आफ्नी श्रीमतीसँग खुलेर कुरा गर्न र उहाँलाई पहिले नै जानकारी गराउनु आवश्यक छ । मध्यरातमा निन्द्रा खुल्ने समस्या उच्च रक्तचापको वा अन्य कुनै औषधी सेवन, सुत्ने कोठाको वातावरण, राति खाएको खाना आदिका कारणले पनि हुन सक्छ ।

कहिलेकाहीँ यौनका सम्बन्धमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुन्छ । तपाईं मध्यरातमा ब्युँझिनुहुन्छ र आफ्नो चाहना पूरा गर्नेतर्फ लाग्नुहुन्छ भने तपाईंले श्रीमतीको यौनचाहनालाई सम्मान नगरेको बुझिन्छ ।

हरेक व्यक्तिको यौनइच्छा फरक–फरक हुन्छ, कुनै दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् तब उनीहरूले एक–अर्काको यौनइच्छाको फरकपनलाई कसरी एकै खालको बनाउँछन्, त्योचाहिँ महत्वपूर्ण कुरा हो । राति हुने यौनसम्पर्कलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हँुदैन । हुन सक्छ, श्रीमतीसँग आफ्नो यौन इच्छाका बारेमा खुलेर प्रस्टसँग भन्न नसक्दा तपाईंकी श्रीमतीले तपाईंको यौन इच्छाका बारेमा नबुझेको हुनसक्छ ।

तपाईंको प्रश्न पढ्दा यौन प्रवृत्तिमा कुनै खराबी वा भनौं डेभिएसन आएजस्तो लाग्दैन । हाम्रो समाजमा धेरै मानिस दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन् तर प्रेमपूर्ण संवाद, एक–अर्काप्रति व्यक्त गरिने आदर, सम्मान तथा यौनसम्बन्धलाई त्यति महत्व दिएको पाइँदैन । एक–अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह हुन्छ । त्यसले यौन सम्बन्धमा पनि प्रत्यक्ष असर गर्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ । तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुनु आवश्यक हुन्छ । प्रश्न पढ्दा तपाईंहरूबीच एक–अर्काप्रतिको सम्मान गर्ने स्वभावमा कमी आएको पनि बुझिन्छ । दुई जनाबीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । एक–अर्कालाई दोष लगाउँदा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ । यदि तपाईंले इच्छा राख्ने समय श्रीमतीका लागि उपयोगी छैन भने त्यसलाई सम्मान गर्नु आवश्यक हुन्छ । दम्पतीबीच गुणस्तरीय संवाद गर्ने सीपको विकास भएन भने दैनिक जीवनमै असर देखिन थाल्छ । तपाईंमा देखिएको चिडचिडाहट र रिस पछि गएर अझ बढी हुन सक्छ र यसले तपाईंको परिवार र काममा अप्ठ्यारो सिर्जना गर्न सक्छ । कुनै पनि कुरा गुणस्तरीय संवादबाट सुल्झन सक्छ, त्यसैले चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने हो भने दुई जनाबीचको संवादपश्चात् विशेषज्ञको सहयोगसमेत लिन सकिन्छ । यदि श्रीमतीले तपाईंलाई माया गर्नुहुन्छ भने उहाँले यो समस्या पनि बुझ्नु हुनेछ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik