जेष्ठ ३२, २०७२
री.
योनिमार्ग चिलाउनुको कारण भजाइनल क्यान्डियासिस हुनसक्छ । यो एक किसिमको फङ्गल संक्रमण हो र सर्ने रोग हो । यसलाई सजिलै ठीक गर्न सकिन्छ तर यौनसाथीको पनि उपचार गराउनुका साथै सरसफाइमा ध्यान पुर्याउनुपर्छ । अण्डरवेयरबाट पनि यसका जीवाणु सर्न सक्ने भएकाले सावधानी अपनाउनुहोला । मसिना राता बिबिरा फन्जाईको संक्रमणमा पनि देखा पर्छ । सेतो बिबिराजस्तो छ भने भाइरल अर्थात् वार्ट (मुसा) हुन सक्छ । यस्ता संक्रमण सजिलै ठिक हुने भएकाले चिन्ता लिनु पर्दैन । प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर औषधि सेवन गर्नुहोला ।