• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
यौनसम्पर्क गर्दा चिलाउने समस्याबाट कसरी छुटकारा पाउने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

यौनसम्पर्क गर्दा चिलाउने समस्याबाट कसरी छुटकारा पाउने ?
आश्विन २४, २०७२

 

गुदद्वार किन चिलाउँछ   ? 

गुदद्वार चिलाउने समस्या प्रायश: देखिने समस्या हो   । गुदद्वार अनि त्यस वरिपरिको छाला चिलाउँछ र कतिपय समयमा त यो यति तीव्र हुन्छ कि नकन्याई बस्नै सकिँदैन   । यस्तो स्थितिले असजिलो स्थितिसमेत निम्त्याउन सक्छ   । गुदद्वार चिलाउने यस्तो स्थितिलाई  Pruritus ani  भनिन्छ   । चिलाउनुका साथै कतिपय स्थितिमा पोल्ने अनि दुख्ने वा जलन हुने पनि हुन सक्छ   । कारणअनुसार यी लक्षणमा भिन्नता हुन सक्छन्   । यसरी गुदद्वार चिलाउने कतिपय समस्याको चिकित्सकीय उपचार आवश्यक नपर्न सक्छ, तर विशेष गरी कडा किसिमको वा एक महिनाभन्दा बढी समयसम्म निरन्तर यसरी चिलाए वा गुदानलीबाट रगत आए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ   । गुदद्वार चिलाउने प्रमुख कारणहरूका सम्बन्धमा छोटकरीमा चर्चा गरौं   । 

१. छालामा विभिन्न कारणले हुने जलनले यस्तो समस्या निम्त्याउन सक्छ   । घर्षण अनि बढी कसिलो हुँदा पनि यस्तो हुन सक्छ   । सुगन्ध युक्त पदार्थ, रङ्ग वा छालालाई कोमल बनाउने तत्व भएका साबुन, ट्वाइलेट पेपरजस्ता कुराले पनि गुदद्वारमा जलन हुने वा चिलाउने हुनसक्छ   । यस्ता सामानको अधिक प्रयोगले समस्यालाई बढाउन सक्छ   ।

२. पखाला धेरै लाग्दा पनि यस्तो हुन सक्छ   । थाहै नपाई दिसाको केही मात्रा गुदद्वार क्षेत्रमा रहँदा पनि यस्तो समस्या हुन्छ   ।

३. गुदद्वार क्षेत्रमा भएका रक्तनशा फुलेर दिसा गर्दा नदुखे पनि रगत देखा पर्ने स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ   । 

४. संक्रमण र कतिपय यौन रोग पनि गुदद्वार चिलाउने कारण हुनसक्छ   । बाल्यावस्थामा चुर्ना (pinworm) पर्दा गुदद्वार चिलाउने धेरैले अनुभव गरेका हुन्छन् र एकै घरका वयस्कमा पनि चुर्नाको समस्या हुन सक्छ   । ढुसीको संक्रमण, जुन योनि चिलाउने एउटा प्रमुख कारण हो, पनि गुदद्वार चिलाउने कारक हुनसक्छ   । 

५. छालाको समस्या जस्तै psoriasis वा  contact dermatitis जस्तो स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ   । 

६. अति नै विरलै हुने गुदद्वारको ट्युमर पनि यसको कारण हुन सक्छ   । 

समस्या के त   ?

अब तपाईंलाई के भएको होला भन्ने मूल प्रश्नमा आऔं   । तपाईंले दिनु भएको सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति छैन   । माथि उल्लेख गरिएका गुदद्वार चिलाउने केही स्थिति तपाईंलाई नै थाहा भएकाले त्यसैअनुरूप आफूलाई के भएको हो, अनुमान गर्न अनुरोध गर्छु   । गुदामैथुन गर्दा यौनसंक्रमण हुन सक्छ, जसले गर्दा गुदा चिलाउँछ   । अब गुदामैथुन र यौन सक्रमणका बारेमा केही कुरा गरौं   । 

गुदामैथुन र यौन संक्रमण 

धेरैजसोले यौन सम्पर्क भन्नाले योनि–लिङ्ग मैथुनलाई मात्र सम्झन्छन्   । यौनसम्पर्क योनि–लिङ्ग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ   । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदामैथुन भनिन्छ   । धेरै मानिसले गुदामैथुन भनेकै समलिङ्गी यौनव्यवहार हो भन्ने मान्छन् तर वास्तविकता के हो भने यो समान लिङ्गीहरू तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाको विच पनि हुन सक्छ   । वैवाहिक जोडी बीच पनि यस्तो किसिमको यौनव्यवहार हुने गरेको तथ्य अहिले जग जाहेर छ   । 

मानिसले किन गुदामैथन गर्छन् भन्ने कुराको जवाफ पाउन सजिलो भने छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहारकै रुपमा मान्यता पाएको छ   । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरका अन्य अङ्गहरूभन्दा बढी यौन संवेदनशील हुन्छन्   । योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्,  जुन यौन संवेदनशील हुन्छन्   । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ   । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई anal eroticism भनिन्छ   । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई anal orgasm भनिन्छ   । अर्कातिर कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्य भन्दा फरक किसिमको कार्य गर्दा एउटा विशेष प्रकारको आनन्द एवं रोमाञ्चताको अनुभव गर्छन्   । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्छन्, त्यसैले पनि यस किसिमको यौन सम्पर्कका लागि लालायित हुन्छन्  । 

विचार गर्नुपर्ने कुरा के भने योनिको भन्दा गुदद्वारको संरचना निकै फरक हुन्छ   । गुदद्वार यौनसम्पर्कका लागि प्राकृतिक रूपमा बनेको अंग होईन   । योनिमा यौन उत्तेजना भएपछि यौनसम्पर्कलाई सजिलो बनाउन योनिरस आएजस्तो रस त्यसबाट आउँदैन   । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ   । बाहिरी मांसपेशीलाई चाहेअनुरूप संकुचित वा खोल्ने (खुकुलो पार्ने) गर्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन   । लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो तुल्याउन सकिन्छ   । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे यो मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट पनि लाग्न सक्छ   । गुदामैथुन गर्दा पानीमा घुल्ने चिप्लो पदार्थ जस्तै कि K-Y Jelly वा पर्याप्त थुक प्रयोग गर्न सकिन्छ   । गुदामैथुन गर्न तपाई आफू मानसिक रूपमा तयार हुनुपर्छ   । यसका बारेमा दुवैले राम्रोसँग कुराकानी गरी यौनसुख प्राप्तिमा दुवैको सहभागीता होस् भन्ने कार्यमा लाग्नुपर्छ   । यसमा जोर जबरजस्ती गरिनु हुँदैन   । 

यदि यौनसाथीमा संक्रमण छ भने कुुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन्   । एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ   । यसलाई निदान गर्न चिकित्सकसँग सम्पर्क राख्नुहोला   । संक्रमण हुन नदिन कन्डम प्रयोग गर्नु उत्तम उपाय हो   । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik