म १५ वर्षकी भएँ र हाल कक्षा ९ मा अध्ययनरत छु । मेरो महिनावारी सुरु भएको २ वर्ष मात्र भयो । सुरुमा महिनावारी नियमित भए पनि अहिले नियमित छैन । कहिले १ महिनामा २ पटक त कहिले ३ पटकसम्म भैदिन्छ । मलाई धेरै चिन्ता लाग्छ । कतै यसले कमजोरी वा अन्य समस्या त उत्पन्न गर्दैन ?
उ.
सामान्यत: महिनावारी २१ देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन सम्म हुन्छ । किशोरावस्थामा तथा महिनावारी सुक्ने बेलामा महिनावारी अनियमितता हुनसक्छ । त्यस्तो महिनावारी गराउने हार्मोनहरूको सन्तुलन स्थापना नभएकाले हुन्छ । कसै–कसैमा अण्डवाहिनी नली तथा अण्डाशयको संक्रमण, थाइराइड तथा अन्य हार्मोनको असन्तुलनले पनि महिनावारी अनियमित हुनसक्छ । महिनावारी धेरै पटक हुँदा स्वभाविक रूपमा बढी रगत खेर जान्छ र रक्तअल्पता वा कमजोरी हुन सक्छ । त्यसैले चिकित्सकको परामर्शमा उपचार गराउनु उपयुक्त हुन्छ । यसका साथै पोषिलो खानेकुरा, झोल खानेकुरा एवं आइरन चक्की खानु तथा आराम गर्नुपर्छ ।