• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
उमेर ढल्कँदै गएपछि सन्तान जन्माउन गाह्रो हुन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

उमेर ढल्कँदै गएपछि सन्तान जन्माउन गाह्रो हुन्छ
फाल्गुन २०, २०७२

म २६ वर्षीय विवाहित पुरुष हुँ । मेरो एक सन्तान पनि छ । मेरी श्रीमती मभन्दा ९ वर्ष जेठी छिन् । यौनसम्पर्कमा अहिलेसम्म हामी दुवै जना खुसी नै छौं, तर अब अर्को सन्तानका लागि मेरी श्रीमती मलाई दबाब दिइरहेकी छिन् । मलाई अहिले नै सन्तान जन्माउन मन छैन, किनभने केही वर्ष विदेश गएर कमाउने सोचमा छु । के उमेर ढल्कँदै गएपछि सन्तान जन्माउन गाह्रो हुन्छ हो ? वा कति उमेरसम्म सन्तान जन्माउन सकिन्छ ? मैले यसरी नै यौन आनन्द लिन सक्छु कि सक्दिनँ ? के उमेरसँगै महिलाहरूको यौनचाहना घट्दै जान्छ ? यदि हो भने यसमा मेरो भूमिका कस्तो हुन्छ ? मैले आफ्नी श्रीमतीलाई यौन सम्पर्कका लागि तयार पार्न के गर्न सक्छु ।

    ६४६३

 

के उमेर ढल्कँदै गएपछि सन्तान जन्माउन गाह्रो हुन्छ ? 

श्रीमती ९ वर्षले जेठी भएको स्थितिले उहाँ अहिले नै ३५ वर्ष पुग्नुभएको देखिन्छ । यौनसम्पर्कका सन्दर्भमा खुसी भएको कुराले मलाई पनि हर्षित बनाएको छ । हुन त उमेर निकै बढी भएपछि पनि महिलाले सन्तान जन्माएका घटना छन् । प्रजनन क्षमताको कुरा गर्दा २० देखि ३० भित्रको उमेरका महिला उत्तम अवस्थामा हुन्छन् । प्रजनन क्षमता यस्तै ३५ वर्षपछि कम हुँदै जान्छ । महिनावारी बन्द हुनुभन्दा केही वर्ष पहिलेदेखि नै महिलाको प्रजनन क्षमतामा ह्रास आइसकेको हुन्छ । महिलाको प्रजनन क्षमतामा कमी आउने मुख्य कारण डिम्बको गुणस्तर वा संख्या दुवैमा कमी आएकाले हुन्छ । पुरुषको पनि उमेरसँगै शुक्रकीटको संख्या तथा गुणमा ह्रास नआउने होइन, तर कुनै उमेरपछि ऊ पिता बन्न लायक छैन भन्ने कुरा लागू हुँदैन । 

महिलाको उमेर जति बढी भयो गर्भधान हुन र सन्तान जन्माउन गाह्रो हुने मात्र होइन, वंशाणुगत वा अन्य समस्याका साथै दोषयुक्त सन्तान जन्मने सम्भावना बढी हुन्छ । छोटकरीमा भन्नुपर्दा गर्भावस्थासँग सम्बन्धित मधुमेह तथा उच्च रक्तचाप, कम तौलको शिशु वा समयभन्दा अघि शिशु जन्मने, शिशुमा म्यधल क्थलमचयmभ हुने, गर्भ तुहिने वा मरेको शिशु जन्मने जस्ता समस्या तुलनात्मक रूपमा बढी हुने देखिएको छ । अहिले चिकित्सा विज्ञानले गरेको प्रगतिका बीच यदि बढी उमेरमा सन्तान पाउने स्थिति आए पहिलेजस्तो चिन्ता लिनु नपर्ने पनि बताइन्छ । 

उमेरसँगै घट्ने यौन चाहनाको लागि के गर्न सकिएला ? 

उमेर बढ्दै जाँदा, युवावस्थाको जस्तै रूपमा यौन क्रियाकलापमा संलग्न हुन नसक्ने स्थिति आउन सक्छ । अङ्ग–प्रत्यङ्गमा अनि त्यसको कार्य सम्पादनमा हुने परिवर्तनका बारेमा राम्रोसँग थाहा नहुँदा मानसिक रूपमा आफू तयार हुन नसकेको स्थिति रहन सक्छ । समयको गतिसँगै उमेर बढ्नु र शरीर अनि यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु एक सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो ।

यसको प्रभाव हाम्रो शरीरका सबै अङ्ग–प्रत्यङ्ग तथा कार्य क्षमता दुवैमा देखिन्छ । यौनसम्बन्धी कुरामा पनि यस्तो हुने नै भयो, तर यस विषयमा आवश्यक जानकारी लिई आफूलाई तयार राखेर ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउँदै जीवनयापन गर्न सजिलो हुन्छ । 

कतिपय शारीरिक संरचना तथा अङ्गहरूका कार्य प्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तैउस्तै हुन्छ, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना तथा त्यसका कार्य प्रणाली एकदमै फरक हुन्छ । उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन तथा यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ–आफ्नै किसिमका परिवर्तन देखापर्छ । महिलामा योनिरसमा कमी आउने वा चरमसुखको स्थितिमा पुग्दा तीव्रता नहुनेजस्तो कुरा देखिन सक्छ भने पुरुषमा लिङ्ग उत्तेजनामा कठिनाइ हुने जस्ता कुरा देखिन्छन् । तपाईंको उमेर यस्तै ४० मा पुग्दा उहाँको उमेर झन्डै ५० मा पुग्न सक्छ । महिनावारी बन्द भैसकेको वा हुने स्थितिमा पुग्न लागेको स्थिति हुने भएकाले अहिले उमेरसँगै पुरुषमा हुने परिवर्तनभन्दा महिलामा हुने परिवर्तनका बारेमा चर्चा गर्छु ।

 

    योनिमा रस आउन केही बढी समय लाग्छ । योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुन्छ । यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्छ ।

    चरमसुखका बेला पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुन्छ ।

    महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जान्छन् । पाठेघर तथा पाठेघरको मुख सानो हुन्छ । थोरै महिलामा चरमसुखमा पुग्दा पीडा अनुभव हुन सक्छ ।

    महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौन चाहना बढ्न पनि सक्छ ।

उमेर महत्वपूर्ण पक्ष भए पनि सबै दोष त्यसलाई मात्र दिनु उचित हुँदैन । पाको उमेरका व्यक्ति यौनसम्बन्धी कुरामा संलग्न नै हुनु हुँदैन भन्ने पनि सोच हुनसक्छ, त्यसलाई हटाउनुपर्छ ।

खुला कुराकानी : दम्पतीबीच आपसमा खुला र प्रभावकारी कुराकानी हुनुपर्छ, जसले गर्दा कुनै असझदारी उत्पन्न नहोस् । आफ्नो रुचिअनुसार आफ्नो यौन साथीलाई के चाहन्छु वा के रुचाउँदिन भन्ने विषयमा स्पष्ट रूपमा कुराकानी गर्नु पर्छ । 

चिप्लो पदार्थको प्रयोग : महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम कम भए धुल्ने किसिमको चिप्लो पदार्थ प्रयोग गर्न सकिन्छ । थूक पनि राम्रो विकल्प हुनसक्छ ।

नयाँ आसनको प्रयोग : एकै नासको आसन दिक्क लाग्दो हुन सक्छ । नयाँ यौन आसनहरूको प्रयोग एकदमै सहयोगी हुनसक्छ । यस्तो गर्न सके आफूलाई उत्तेजक लाग्ने किसिमका क्रियाकलाप र वातावरण बनाउन सजिलो हुन्छ । 

यौनसम्पर्कको समय परिवर्तन : पाको उमेरमा बढी फुर्सद हुनसक्छ । यो सुनौलो अवसरलाई यौन जीवनलाई सुमधुर बनाउन उपयोग गर्न सकिन्छ । रात नपर्खी पर्याप्त आरामपछि कुनै पनि समय यौनसम्पर्कमा सम्लग्न हुन सकिन्छ । रातभरिको आरामपछि बिहानीपख यौनसम्पर्कमा संलग्न हुँदा फाइदा नै हुनसक्छ । यस्तो बेला लिङ्ग राम्रोसँग उत्तेजित अवस्थामा रहने सम्भावना बढी हुन्छ । अन्य स्वास्थ्य समस्या वा त्यसको उपचारको कारणले यौनजीवनमा नकारात्मक प्रभाव परेको हुन सक्छ । कुनै त्यस्तो औषधीको प्रयोग गर्नु भएको छ भने चिकित्सकसँग छलफल गर्नुपर्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik