• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
बाहिर झरेको शुक्रकीटले गर्भवती हुन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

बाहिर झरेको शुक्रकीटले गर्भवती हुन्छ
चैत्र ४, २०७२

म २२ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । मेरो श्रीमान्को उमेर २८ वर्ष छ । विवाहदेखि नै हामीबीच असुरक्षित यौनसम्पर्क हुँदै आए पनि श्रीमान्ले वीर्य बाहिर फ्याँक्नुहुन्थ्यो । गत वैशाखदेखि हामीले बच्चा पाउने रहरले वीर्यलाई भित्रै स्खलित गर्न थाल्यौं । म मंसिर १ गते महिनावारी भएको ६ दिनपछि हामीले लगातार यौनसम्पर्क गर्यौं । उक्त महिना १४ गते मात्र यौनसम्पर्क भएन अनि हामीले २६ गतेपछि यौनसम्पर्क राख्न छोड्यौं, किनभने महिनावारी हुने दिन आउनुअघि यौनसम्पर्क राख्दा चाँडै महिनावारी हुन्थ्यो । श्रीमान्सँग वैशाखदेखि नियमित सम्पर्क हुँदा गर्भमा बच्चा बसेन, एकै पटक मंसिरपछि गर्भ रह्यो । मेरो समस्या के हो भने श्रीमान्सँग वैशाखदेखि नियमित यौनसम्पर्क गर्दा गर्भ बसेन, तर मलाई के शंका लागेको छ भने एक दिन मेरो श्रीमान्को साथीले हामी नभएका बेला हाम्रो तन्नामा वीर्य झारेर गए भन्ने मलाई शंका छ । किनभने सोही दिन मैले श्रीमान् घरमा नभएको मौका छोपेर हस्तमैथुन गरे । मेरो श्रीमान्का अनुसार उसको मोबाइलमा अश्लील चलचित्रहरू छन् । कतै श्रीमान्को साथीले हाम्रो तन्नामा झारेको वीर्यमाथि मैले मैथुन गरेकै कारण म गर्भवती भएको त होइन ? तन्नामा झरेको शुक्रकीटबाट कति समयसम्ममा गर्भवती हुन सकिन्छ कि सकिँदैन ? 

च.

महिलाको गर्भवती हुने सम्भावना 

कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधंै यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । मुख्य रूपमा पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण रहन मुख्य रुपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बको असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।

शुक्रकीटसँग मिलन हुन महिलाको पनि डिम्ब निस्किएको हुन जरुरी छ । सामान्यत: महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । सामान्यत: डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अंगभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले सबैभन्दा बढी सम्भावना भएको समय मानिन्छ ।

सामान्यत: महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो वा चाँडो हुन्छ भने यो सम्भावनामा पनि फरक पर्छ । तपाईंले महिनावारी कति–कति समयमा हुन्छ भनेर नखुलाउनु भएकाले यसै भन्न सकिने कुरा भएन । 

शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ ?

तपाईंलाई थाहै होला, पुरुषबाट निस्कने वीर्यमै शुक्रकीट हुन्छन् । शुक्रकीटलाई कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले वीर्यमा उचित पोषण वा वातावरण मिल्ने किसिमले पानी तथा अन्य रसायन हुन्छ । हाम्रो शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ भन्ने कुरा आर्द्रता, तापक्रम, अम्लीयता अनि अन्य कतिपय वातावरणीय तत्त्वहरूमा भर पर्छ । सामान्य रूपमा शुक्रकीट बाह्य वातावरणमा आउनासाथ सुक्ने क्रम सुरु हुन्छ र सुख्खा वीर्यमा शुक्रकीट मर्छ । कपडामा वीर्य पर्दा त्यसको पानी अझ चाँडो सोसिन्छ र वीर्य सुक्ने क्रम थप तीव्र हुन्छ । कपडामा भएका अन्य तत्त्वको प्रभाव पनि शुक्रकीटमा नकारात्मक नै पर्छ । 

सामान्य अवस्थामा यस्तै २० मिनेटमा निष्क्रिय भैसके पनि निकै ओसिलो वा लपक्कै वीर्यले भिजेको स्थितिमा भने यस्तै ६० मिनेट सम्म बाँच्ने कुरा देखिएको छ । कतिपय स्थितिमा शुक्रकीट जीवित रहे पनि त्यसले डिम्ब निषेचन गर्न सक्ने क्षमता भने गुमाइसकेको हुन्छ । यहाँ प्रयोगशालामा चिस्याएर शुक्रकीटलाई जोगाएर राख्ने आधुनिक प्रविधिअन्तर्गत शुक्रकीट बाँच्ने कुरा गर्न सान्दर्भिक भएन ।

गर्भ रहेको होला त ? 

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्ने कुरा बुझि नै सक्नुभयो । बाह्य वातावरणमा योनिमा शुक्रकीट बढी बाँचे पनि डिम्ब निष्कासनको नजिकका दिनमा बाहेक योनिको वातावरण अनि पाठेघरको मुखको रस पनि सर्वोत्कृष्ट रहँदैन । 

उहाँ यौन चलचित्र हेर्नु वा नहेर्नुको तपाईं गर्भवती हुने वा नहुने कुराको कुनै सम्बन्ध छैन । तपार्इंको श्रीमान्को साथीले तपाईको बिछयौनामा हस्तमैथुन गरेको कुरा पनि शंका मात्र हो । उक्त कुराले त्यहाँ पक्कै आलो वीर्य थिएन भन्ने बुझिन्छ । फेरि तपार्इंले हस्तमैथुन गर्दा पनि उक्त वीर्य योनिमा राख्नुभएको पक्कै होइन होला । दुवै जनाले लुगा लगाएर यौनांग घर्षण गर्दा पुरुषको वीर्य स्खलन भएर महिलाको योनिमा वीर्य नपर्दासम्म गर्भ रहने सम्भावना हुँदैन । तपार्इं आफैंले उक्त तन्नामा बसेर वा सुतेर हस्तमैथुन गर्दा त्यो वीर्य तपार्इंको योनिभित्र पर्ने सम्भावना पनि देखिँदैन । माथि भनिएझैं डिम्ब निष्कासनको समय पनि मिल्नुपर्‍यो र शुक्रकीटमा योनिबाट यात्रा गर्दै पाठेघरको मुख, पाठेघर अनि डिम्ब वाहिनी नलीसम्म पुग्ने क्षमता राख्नुपर्‍यो । तपार्इंको सन्दर्भमा तन्नामा कसैले वीर्य झारेको शंकादेखि तपाईंको गर्भसम्मको तालमेल मिलेको देखिँदैन । फेरि तपाईं महिनावारी चक्रको कुन समयमा हुनुहुन्थ्यो भन्ने कुरा पनि तपाईंलाई थाहै होला ।

श्रीमान्सँगको नियमित यौनसम्पर्कबाट नभै यसरी गर्भ रह्यो होला भनी अनावश्यक चिन्ता लिनु उचित होइन । यहाँ चर्चा गरिएको भन्दा फरक कुरा भए कुरा अर्कै हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik