• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
स्तन सानो पार्न के गर्नुपर्ला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

स्तन सानो पार्न के गर्नुपर्ला
चैत्र १६, २०७२

म १६ वर्षीया युवती हुँ । मेरो स्तन एकदमै ठूलो छ र तल झरेको पनि छ । बजारमा अहिले स्तन सानो पार्ने अनेकन प्रोडक्ट उपलब्ध छन् तर मलाई डर लाग्छ कतै त्यसले नकारात्मक असर त गर्ने होइन ? स्तन सानो पार्न के गर्नुपर्ला ? 

एबीसीडी

स्तनको आकार 

विशेष गरी किशोरावस्थामा आफ्नो शरीरमा भैरहेका विभिन्न परिवर्तनका सम्बन्धमा निकै चासो हुन्छ । यसै क्रममा किशोरीहरूमा स्तनको आकारका बारेमा पर्याप्त चासो हुन्छ । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । किशोरावस्थामा शरीरमा भैरहेका यी परिवर्तनप्रति कतिपय किशोरी सहज हुन सकिरहेका हुँदैनन् । वास्तवमा स्तन सामान्य रूपमा हुनुपर्नेभन्दा ठूलो नभए पनि आफ्नो स्तन निकै ठूलो भएजस्तो लाग्न सक्छ । आफैंभित्र असजिलो भएका कारणले विकास हुँदै गएको आफ्नो स्तनमै सबैको ध्यान गएजस्तो लाग्छ । तपार्इंलाई पनि यस्तै त भएको होइन, एकपटक विचार गर्नुहोला । स्तनको नाप सामान्य भए पनि तपाईंलाई ठूलो लागेको हुन सक्छ ।

स्तनको नाप कसरी लिने ?

सकिन्छ भने शरीरको माथिल्लो भागको सबै वस्त्र फुकालेर नाप लिनुपर्छ । लचिलो नाप्ने फित्ताले नाप्नुपर्छ र नाप लिँदा धेरै कसिलो वा खुकुलो नभई ठिक्क गरी लिनुपर्छ । फित्ता दुवै काखी हुने गरी स्तनका सबैभन्दा बढी उभार भएको स्थानमा रहेको हुनुपर्छ । अब नाप कति भयो भनेर टिप्नुुपर्छ । फित्ता अनुसार इन्च वा सेन्टिमिटरमा नाप लिनुपर्छ । यसले महिलाको छातीको नाप दिन्छ । 

यदि तपाईंले स्तनको ‘थुन’ (कल्चौँडो) वा भनौं ‘कप’ साइज पनि एक महत्त्वपूर्ण पक्ष हो । यसले उचित नापको थुनचोली खरिद गर्न मद्दत गर्छ । नाप्ने फित्ताको सहयोगमा स्तनको ठीक मुनिबाट छातीको गोलाइको नाप लिनुहोस् । यो नाप बिजोडी भए ५ इन्च र जोडी भए ४ इन्च जोड्नुहोस् । जोडेर आएको संख्याले थुनचोलीको ‘Band’ साइज दिन्छ । उदाहरण : ३१+५=३६ Band size हुन्छ । अब स्तनको सबैभन्दा उभारयुक्त वा भरिलो भागबाट लिएको नाप (छातीको नाप) बाट band size लाई घटाउनुहोस् । यसले थुनचोलीको कपको साइज दिन्छ । उदाहरणका लागि यदि यो नाप ३८ इन्च छ भने Cup साइज B हुन्छ । स्तनको कप A (१ इन्च), B (२ इन्च), C (३ इन्च), D (४ इन्च) र DD (Double D) (५ इन्च) भएअनुसार यी आकारका कपको साइज भएका थुनचोलीहरू पाइन्छन् । ठूला आकारका साईज चाहिँ F,G, H वा अझै ठूला आकार हुन्छन् । 

स्तनलाई किन सानो बनाउने ? 

तपाईं मध्य किशोरावस्थामा हुनुहुन्छ र अझै तपाईंको स्तनको विकास भैरहेको छ । सामान्यत: विकिसित अर्थात् उन्नत स्तनलाई आकर्षक मानिन्छ र धेरै महिलाले यसलाई बढाउने चेष्टा गर्छन् । तपाईंले किन स्तन सानो बनाउने कुरा सोच्नुभयो, थाहा भएन । तपाईंले आफ्नो स्तनको नाप उल्लेख नगर्नुभएको हुनाले तपाईंको स्तनलाई तपाईंले ठूलो मान्नु भएको मात्र हो वा साँच्चिकै ठूलो हो, भन्न सकिएन । शरीरको बनौट र मोटाइमा पनि स्तनको आकार भर पर्छ । निम्न स्थितिमा भने उपचार आवश्यक पर्ने गरी स्तनको आकार ठूलो भएको मानिन्छ । स्तनलाई सानो बनाउनुपर्ने आधारहरूको कुरा गर्दा, स्तनकै कारणले एक वा एकभन्दा बढी निम्न समस्या परेको हुनुपर्छ :

    शरीरको संरचनाको तुलनामा स्तनको आकार अति नै 

ठूलो हुनु ।

    स्तनको मुन्टो नै तल फर्कने गरी भारी तथा पेन्डुलमजस्तो स्तन हुनु ।

    दुई स्तनमध्ये एक स्तन अर्को स्तन भन्दा निकै ठूलो हुनु ।

    स्तनको वजनका कारणले ढाड, गर्धन वा काँध दुख्नु ।

    स्तनमुनिको छालामा पास्सिएर पोल्नु ।

    थुनचोली को Straps ले काँधमा गहिरो डाम पार्नु ।

    स्तनको आकार तथा तौल बढी भएकैले शारीरिक क्रियाकलाप गर्न बाधा हुनु । 

    स्तन ठूलो भएका कारणले आफ्नो शारीरिक स्वरूपप्रति अति नै असन्तोष हुनु ।

धेरैजसो अवस्थामा ‘स्तन न्यूनीकरण’ गरिने आधार शारीरिक नै हुने भए पनि प्लास्टिक सर्जरीको क्षेत्रमा यस किसिमको शल्यक्रिया सुन्दरता बढाउन प्रयोग गरिँदै आएको छ ।

स्तन सानो बनाउन के गर्ने ?

स्तनको आकार अर्थात् आयतन ठूलो हुनुमा मुख्य भूमिका त्यसमा भएको बोसोले निर्धारण गर्छ । यही बोसोलाई कम गरेर स्तनको आयतन कम गरिन्छ । तपाईंले बजारमा प्रचार गरिएका वा पाइने क्रिम, लोसन, जेलजस्ता उत्पादनको कुरा गर्नुभएको छ । यी उत्पादक कम्पनीले सफलता अनि प्रभावकारिताको दाबा गरे पनि यस्ता उत्पादनको दीर्घकालीन प्रभावका बारेमा पर्याप्त वैज्ञानिक अनुसन्धान अनि पुष्टि अझै पनि भैसकेको स्थिति छैन । त्यसैले तिनको प्रयोग त्यति बुद्धिमानी नहोला । ती उत्पादनले पनि स्तनमा बोसो जम्मा हुन नदिने कुरा नै गर्छन् । 

प्रभावकारी रूपमा स्तन सानो बनाउन ‘स्तन न्यूनीकरण’ (Reduction Mammoplasty) भनिने शल्यक्रिया गर्नुपर्छ । शल्यक्रियाको तयारी आवश्यकताअनुरूप शल्यचिकित्सकको सल्लाहअनुसार गर्नुपर्ने हुन्छ । त्यसका साथै ‘पर्न सक्ने’ नकारात्मक असरहरूका बारेमा पनि शल्यचिकित्सकसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ । केही परिस्थितिमा स्तनपानलाई नकारात्मक असर पार्न सक्छ । आफ्नो नयाँ शारीरिक रूप तथा मानसिक व्यवस्थापन गर्न केही समय लाग्छ । शल्यक्रिया नगर्ने स्थितिमा शरीरको तौल बढी छ भने त्यसलाई घटाउनु र व्यायाम गर्नु स्वस्थ उपाय हो । 

अर्को कुरा भाग्यवश स्तन छोपेर राखिने अङ्ग हो । थुनचोलीजस्ता भित्री पहिरन होस् वा बाह्य पहिरन, त्यसको सही छनौट गर्न सकियो भने पनि स्तनको उभारलाई एक हदसम्म लुकाउन सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik