• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
पीडादायक यौनसम्पर्क
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा राजेन्द्र भद्रा

पीडादायक यौनसम्पर्क
श्रावण ६, २०७३

म विवाहित युवती हुँ । मेरो श्रीमान्को उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन । यो सधैं नै पीडादायी हुने गरेको छ, त्यसैले म यौनसम्पर्कबाट टाढा भाग्छु, जसका कारण मेरो श्रीमान् रिसाउनुहुन्छ । ममा यौनसम्बन्धी कुनै रोग पनि छैन । किन यौनसम्पर्क पीडादायी भएको होला ? 

२३८६८ 

 

सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो र यसमा मानिसले उत्कृष्ट सुख प्राप्त गर्ने भएकाले यसलाई चरमसुख पनि भनिन्छ, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायी हुनपुग्छ । पीडादायक तथा अप्ठयारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा Dyspareunia भनिन्छ ।

पुरुषमा पनि यस्तो विभिन्न कारणले हुन्छ, जसमध्ये आधाजसो शारीरिक कारणले भएको मानिन्छ भने आधाजसो मानसिक । लिङ्ग, अग्रचर्म, अण्डकोष, मूत्रनली वा पौरुष ग्रन्थिको शोथ वा संक्रमण पुरुषको यौनसम्पर्क पीडायुक्त हुने शारीरिक कारण हुन् । महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ । यसका पनि दर्जनौं शारीरिक कारण हुन सक्छन् भने मानसिक कारण पनि त्यति नै । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् ।

अन्य शारीरिक कारणहरूमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ । त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडायुक्त हुन सक्छ । योनिद्वार वा Bartholin's Gland को संक्रमण पनि पीडाको कारण हुन सक्छ । मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि यौनसम्पर्क पीडादायक हुन सक्छ । योनिको संक्रमण वा कुनै रसायनका कारण शोथ भएको छ भने पनि पीडा हुने नै भयो । त्यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा अन्य खराबीमा पनि पीडा हुनसक्छ । तपार्इंले आफूमा कुनै यौन रोग नभएको बताउनुभएको छ तर एकपल्ट स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी रोगको निदान गर्नु बेस होला । 

अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । यस किसिमको अवस्थालाई Vaginismus भनिन्छ । धेरैजसो अवस्थामा भय अर्थात् डर नै यसको कारण हुन्छ । कसरी मानसिक समस्याले यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ, यकिनका साथ भन्न गाह्रो छ, तर पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिक रूपमा पीडादायक भएको स्थितिमा त्यसको असर लामो समयसम्म रहन सक्छ । तपाईंहरूको पहिलो यौनसम्पर्कको अनुभव कस्तो रह्यो, तपाईंले केही लेख्नुभएको छैन । त्यसैले तपाईंमा कुनै डर वा भय छ भने पत्ता लगाई त्यसलाई हटाउनु आवश्यक छ ।

योनिको सुख्खापन 

तपार्इंले योनिको सुख्खापन वा पर्याप्त रस नआउने विषयमा केही लेख्नुभएको छैन । थाहा भएकै कुरा हो, मानव जातिमा यौनसम्पर्कलाई सहज बनाउन योनिबाट प्रशस्त रस आउँछ । यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाव बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन्, तर यसको भित्ता नै रसाएर आउँछ । सुरुमा यी रस योनिको भित्र मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिर पनि आउँछ । योनिरस कति मात्रा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ । 

योनि सुख्खा भए यौनसम्पर्क नै पीडादायक बन्छ । आक्कल–झुक्कल योनि सुख्खा हुनु त्यति ठूलो समस्या नहुन सक्छ, तर निरन्तर रूपमा त्यस्तो भए यो चासो विषय बन्न पुग्छ । योनिरस नआए यौनसम्पर्क गर्न नै असजिलो हुन्छ । योनिरस पर्याप्त मात्रामा नभै यौनसम्पर्क गरेका कारणले यस्तो भएको हो र पर्याप्त मात्रामा योनिरस निस्कन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । त्यसका लागि भ्यासलिन वा त्यस्तै कुनै तेल युक्त चिल्लो पदार्थ उपयोगी हुन्छ, तर त्यसले हाम्रो शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकाले त्यसको तुलनामा पानीमा घुल्ने चिल्लो पदार्थ (K-Y jelly) प्रयोग गर्नु बढी उपयुक्त हुन सक्छ । कतिपयले थूकलाई राम्रो विकल्पका रूपमा प्रयोग गर्ने गरेका हुन्छन् ।

श्रीमान् रिसाउने कुरा

अपेक्षा गरेअनुसरूप यौन सुख प्राप्त गर्न नपाएको स्थितिमा रिस उठ्नु स्वभाविक हो, तर तपाईं तथा तपाईंको श्रीमान्ले बुझ्नुपर्ने कुरा के हो भने रिसाएर योसमस्या समाधान हुँदैन । तपाईंहरूबीच यो समस्याका बारेमा खुलस्त कुराकानी हुनुपर्छ । यो समस्या दुवैको हो, त्यसैले दुवैले समाधानका लागि प्रयासरत हुनुपर्छ ।

कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ, त्यसका बारेमा छलफल गर्न सकिन्छ । यौन सुख प्राप्तिका लागि योनि–लिङ्ग यौन सम्पर्कलाई सहज बनाउनेदेखि मुख मैथुन वा अन्य यौन क्रियाकलापका बारेमा छलफल गरी सहमतिमा कार्यान्वयन गर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik