• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
गर्भ कसरी रहन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा राजेन्द्र भद्रा

गर्भ कसरी रहन्छ ?
श्रावण १३, २०७३

म २० वर्षीय युवक हुँ । पुरुषले परिवार नियोजन (कन्डम) को साधन प्रयोग गरेर सम्भोग गरेको अवस्थामा पनि कुनै कारणले योनिभित्र वीर्य झरे गर्भ रहन्छ कि रहँदैन ? कन्डम फुटेर वीर्य योनिभित्र झरे के हुन्छ ? समाधानका उपाय पनि उल्लेख गरिदिनुहोला ।

७३२६१

 

गर्भ कसरी रहन्छ ? 

गर्भ रहन पुरुषको वीर्यमा भएको शुक्रकीट तथा महिलाको डिम्बको मिलन आवश्यक छ । यसका लािग अनेक कुराको तालमेल मिल्नुपर्छ । १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा गर्भ रहनका लागि आवश्यक हुन्छ । सामान्यत: महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा गर्भ रहने सम्भावना कम हुन्छ भने डिम्ब निस्कने बेलातिर गर्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यदि महिनावारी ढिलो–चाँडो हुने गरेको भए यी दिनहरू पनि फरक पर्न सक्छन् ।

यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको हुने रहेछ भने २८–१८ = १० हुन्छ, अर्थात दसौं दिनदेखि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । ३०–११ = १९ हुन्छ, अर्थात १९ औं दिनभन्दा पहिले यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । तपाईंले आफ्नो र आफ्नी केटी साथीको स्थिति बुझ्नु नै भयो होला । 

कन्डम के हो ?

कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला एक विशेष किसिमको रवरले बनेको लिङ्गमा लगाउने पातलो खोल हो । अहिले बजारमा उपलब्ध कन्डम ल्याटेक्स रवरबाट तयार हुन्छ । अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको छ ।  सही तरिकाले प्रयोग गर्दा कन्डमको प्रभावकारिता उच्च छ । 

कन्डम च्यातिए वा फुटे

कन्डम फुटेको स्थितिमा यौन रोगको संक्रमण हुने वा गर्भरहने सम्भावना हुन्छ । कन्डम च्यातिएर वीर्य योनिमा झरेको स्थितिमा गर्भ रहन सक्छ । सामान्यत: महिनावारी सुरु भएको यस्तै १४ दिनपहिले डिम्ब निस्कासन हुन्छ । यदि त्यस दिनको हाराहारीमा यौनसम्पर्क भै योनिमा वीर्यस्खलन भएको छ भने गर्भ रहने सम्भावना बढी हुन्छ । 

कन्डम फुटे के गर्नुपर्छ ?

यौनसम्पर्कको बेला कतिपय स्थितिमा कन्डम फुट्न सक्छ । कन्डम फुट्दा सम्बन्धित दुवै व्यक्तिमा निकै चिन्ता हुन सक्छ । यस्तो स्थिति परे के गर्ने त ? कन्डम फुटेको स्थितिमा तपाईंकी केटी साथीको पनि विशेष सहयोग चाहिन्छ । 

 कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहन प्रयास गर्नुपर्छ, जसले सही निर्णय गर्न सहयोग गर्छ ।

 यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोक्नुपर्छ र लिङ्ग निकाल्नुपर्छ ।

 वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ ।

 त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ । 

 कन्डम फुटेको कुरा र त्यसको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत रूपमा कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनुपर्छ । 

 

आकस्मिक गर्भ निरोध 

कन्डम फुटेर गर्भ रहने सम्भावना रहेको स्थितिमा गर्भ नरहोस् भनेर आकस्मिक गर्भनिरोधको साधन प्रयोग गर्न सकिन्छ । यसको पहिलो मात्राख  यौन सम्पर्क भएको १ सय २० घण्टा (५ दिन भित्र) लिइसक्नुपर्छ भने दोस्रो मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ । आकस्मिक गर्भ निरोधका लागि प्रोजेस्टेनरोन मात्र भएको औषधी ओके (OK) तथा इकोन बजारमा उपलब्ध छन् । निलोकन चक्की पनि आकस्मिक गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ, तर यसको प्रयोग गर्दा एक मात्रामा चार चक्की खानुपर्छ । त्यसैगरी Cu-T (कपर टी) पनि यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भ निरोधका रूपमा प्रयोग गर्न सकिन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik