• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
मेरा सन्तान हुन्छन् कि हुँदैनन् ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा राजेन्द्र भद्रा

मेरा सन्तान हुन्छन् कि हुँदैनन् ?
कार्तिक ११, २०७३

 

म २५ वर्षको भएँ । मेरा दुवै अण्डकोष छैनन् । वीर्य स्खलन पनि हुन्छ । मेरा सन्तान हुन्छन् कि हुँदैनन् ? हुँदैनन् भने सन्तान हुने सम्भावना छ कि छैन ? यदि छ भने त्यसको उपाय के होला ?

अण्डकोष (testis) के हो ?

अण्डकोष (अण्डाशय) पुरुषमा भएको एउटा प्रमुख प्रजनन अङ्ग हो । पुरुषमा बन्ने मानव प्रजनन कोष जसलाई हामी शुक्रकीट भन्छौं त्यसको उत्पादन यही अङ्गमा हुन्छ । त्यसका साथै पुरुषत्व प्रदान गर्ने हार्मोन निकाल्ने अङ्ग पनि यही नै हो । यो लिङ्गको फेदनजिक झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र हुन्छ । यो दायाँतिर र बायाँतिर गरी दुईवटा हुन्छ । 

अण्डकोषभित्र अति नै मसिना नली आकारका गुँडुल्किएको (coiled) अवस्थाका अवयवहरू (seminiferous tubules) पनि हुन्छन् र त्यसैमा वीर्यमा पाइने शुक्रकीटको उत्पादन हुन्छ ।

 

सामान्य अवस्थामा पुरुषमा किशोरावस्थामा एकपल्ट वीर्य बन्ने तथा शुक्रकीट उत्पादन हुने प्रक्रिया सुरु भएपछि जीवनपर्यन्त निरन्तर चलिरहन्छ, तर यहाँ बनेका शुक्रकीट परिपक्व भैसकेको हुँदैनन् । अण्डकोषसँगै रहेको अङ्ग edididymis को यात्रा गर्ने क्रममा शुक्रकीटले परिपक्वता हासिल गर्छ अर्थात् महिलाको डिम्बलाई निषेचित गर्न सक्ने तथा गति लिन सक्ने क्षमता प्राप्त गर्छ ।

 

वीर्य र शुक्रकीट एउटै हो ?

कतिपयले वीर्य र शुक्रकीटलाई एउटै मान्छन् तर यी दुवै एउटै कुरा होइनन् । चरमसुख प्राप्त हुने हाराहारीमा मूत्रद्वारबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ । यही वीर्यमै शुक्रकीटहरू हुन्छन् । सम्भवत: तपार्इंलाई थाहा होला, मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, त्यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने त्यसमा पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । 

अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ । मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम हुन्छ । सामान्यत: एकपल्ट वीर्य स्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चिया चम्चाजति) निस्कने वीर्यमा शुक्रकीटको संख्या ४ देखि १२ करोड हुन्छ । हामीले देख्ने वीर्यको सानो अंश मात्र शुक्रकीटले ओगटेको हुन्छ । त्यसैले तपाईको प्रजनन प्रणालीका अन्य अवयवले कार्य गरिरहेको अवस्थामा शुक्रकीट नभए पनि वीर्यको उत्पादन तथा स्खलन हुन सक्छ । 

अण्डकोष किन नभएको ?

सामान्यत: शिशु जन्मदा उसको अण्डकोष पनि अण्डकोष थैलीमा आइपुगेको हुन्छ र आइनपुगेको भए पनि केही समयमा आउँछ । केहीमा पछिसम्म पनि अण्डकोष थैलीमा झरेको हुँदैन, जसलाई undescended testicle भनिन्छ । कतिपयमा एउटा अण्डकोष मात्र नझरेको हुन्छ ।

केहीमा भने अण्डकोष झरेको भए पनि माथि जाँघ (तिघ्रा र पेट जोडिएको भाग) तिर जान्छ । यस्तो स्थितिलाई retractile testicle भनिन्छ । कतिपयमा दुवै अण्डकोष नै जन्मजात नभएको स्थिति हुन्छ, जसलाई anorchia भनिन्छ । तपाईंले वीर्य परीक्षणजस्ता कुरा पनि गराउनुभएको थियो कि ? भन्ने कुरा प्रश्नमा उल्लेख छैन ।

 

तपाईको पनि यस्तै स्थिति भएको हुन सक्छ । तपाईंले अहिलेसम्म चिकित्सकलाई जँचाउनुभएको छ कि छैन र उहाँहरूले के भन्नुभएको थियो जस्ता कुराको जानकारी पनि दिनुभएको भए बेस हुने थियो । तपाईंले लिङ्गका बारेमा केही नभने पनि वीर्य स्खलन हुने कुरा गर्नुभएकाले तपाईंको स्थिति असामान्य छ जस्तो लाग्दैन ।

तपाईंले सहायक यौन चिह्नहरू जस्तै कि दाह्री जुँगा, चौडा छाती, स्वर धोद्रो हुने जस्ता लक्षण देखिए कि देखिएनन् भन्ने कुरा पनि लेख्नुभएको छैन । त्यसबाहेक तपाईको यौनेच्छा कस्तो छ ? हस्तमैथुन वा यौनसम्पर्क गर्दा चरमसुख प्राप्त हुन्छ कि हुँदैन अनि सामान्य रूपमै वीर्य स्खलन हुने गरेको छ ?

अण्डकोष छ तर नझरेको हो भने बाल्यकालमै त्यसको शल्यक्रिया गरेर अण्डकोष थैलीमा राख्न सकियो भने प्रजनन क्षमता कायम हुन्छ । शुक्रकीट उत्पादनका लागि हाम्रो शरीरको भन्दा केही कम तापक्रमको आवश्यकता पर्ने भएकाले शरीर वा जाँघमा नै भएको स्थिति शुक्रकीट उत्पादन गर्न सक्दैन । यो शल्यक्रिया गर्न जति ढिलो हुन्छ त्यति नै प्रजनन क्षमता कम हुँदै जान्छ । त्यसबाहेक तपाईंले बुझि नै सक्नुभयो होला कि अण्डकोष नै नहुँदा शुक्रकीट उत्पादन हुने कुरै भएन । 

के गर्ने ?

जन्मजात नै अण्डकोष नभएर त्यतातिर कसैले ध्यान नदिनु र उपचारको खोजी नगरिनु दुर्भाग्यपूर्ण स्थिति हो । यस्ता कुरामा कुराकानी गर्न वा परिक्षण वा उपचार गराउन लाज मान्नु हुँदैन ।

तपाईंको समस्याको कारणको तहसम्म पुग्न सर्वप्रथम चिकित्सकबाट परीक्षण गराउनुपर्ने हुन्छ । शारीरिक परीक्षणबाहेक अन्य परीक्षण पनि गराउनुपर्ने हुन सक्छ । अण्डकोष राम्रोसँग नझरेको स्थितिमा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ । तपाईंबाट सन्तान हुने सम्भावना छ कि छैन सोका बारेमा पक्का हुन चिकित्सकले सहयोग गर्न सक्छन् ।

 

यहाँ कतिपय व्यक्तिले तपाईंलाई उपचारको आशा देखाई अनेकन् प्रलोभनमा पार्न सक्छन्, जसका कारणले तपाईंलाई भन्दा तिनै व्यक्तिलाई फाईदा हुने स्थिति हुन्छ । परीक्षण गर्दा प्रतिष्ठित संस्था वा व्यक्तिवाट गराउनुहोला र आफूलाई स्पष्टसँग कुरा राख्न भन्नुहोला । त्यसका साथै तपाईंले कठोर स्थितिको सामना गर्न पनि तयार रहनुपर्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik