• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
के मलाई एचआईभी सर्‍यो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा राजेन्द्र भद्रा

के मलाई एचआईभी सर्‍यो ?
मंसिर २२, २०७३

 

एक महिनाअघि मैले असुरक्षित यौनसम्पर्क गरेको थिएँ । मलाई एचआईभी भएको छ कि भनेर यौनसम्पर्क गरेको चार दिनपछि रगत परीक्षण गराउँदा केही भएको छैन भनियो, तर डाक्टरले फेरि तीन–चार महिनामा परीक्षण गर्नुपर्छ भन्नुभयो । अहिले मेरो हिपमा पिलो आएको छ । यो एचआईभीको लक्षण त होइन ? फेरि तीन–चार महिनापछि परीक्षण गराउँदा ढिलो हुन्छ कि ? अहिले नै परीक्षण गर्दा थाहा हुन्छ कि हुँदैन ? यदि मलाई एड्स भैहाल्यो भने के–कस्तो उपचार गराउनुपर्ला ?

८६१६३३

के मलाई एचआईभी सर्‍यो ?

तपार्इंले असुरक्षित यौनसम्पर्क भएको कुरा भन्नुभए पनि सम्बन्धित व्यक्तिका बारेमा केही भन्नुभएको छैन । जे होस्, तपाईंलाई एचआईभी सर्‍यो कि भन्ने शंका भएको देखिन्छ । यौनसम्पर्क असुरक्षित हुँदा योनिरस वा वीर्य, जसमा अधिक मात्रामा एचआईभी हुन्छन्, को प्रत्यक्ष सम्पर्कमा आइन्छ र त्यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । तपार्इंलाई एचआईभी सर्न असुरक्षित यौनसम्पर्क राखेको व्यक्तिमा एचआईभी हुनुपर्छ । उहाँमा यदि एचआईभी थिएन वा छैन भने तपाईंमा सर्ने कुरै भएन । जे होस्, तपार्इंमा आफूलाई एचआईभी सर्‍यो कि भन्ने शंका छ र त्यसको निवारण गर्न खोजिरहनुभएको छ । तपाईंलाई किन यस्तो शंका भयो, त्यसका बारेमा पनि विस्तृत जानकारी पाउन सकेको भए तपाईंको समस्या समाधान गर्न सजिलो हुने थियो ।

 

लक्षणका कुरा

एचआईभीको संक्रमण हुनासाथ हल्का फ्लूजस्तो लक्षण देखिन सक्छ, तर कतिले यस्तो लक्षण थाहै नपाउन सक्छन् । एचआईभी शरीरमा भए पनि वर्षौंसम्म कुनै लक्षण नदेखिन सक्छ । एचआईभीको संक्रमण भएर प्रतिरक्षा शक्ति क्षीण हुँदै गएपछि विभिन्न रोग लागेर त्यसैअनुसारका लक्षण देखिएको अवस्था नै एड्स हो । यसका सामान्य लक्षण ज्वरो आउनु, पखाला लाग्नु, वजन घट्नु तथा कुपोषणका लक्षण देखिनु, छालाका विभिन्न समस्या आउनु, मुख तथा घाँटीमा काई (सेतो) देखा पर्नु, हर्पिस आउनु, दाँत वा गिजाका समस्या, खोकी वा सास फेर्न गाह्रो हुनु, चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि हुन्, तर याद गर्नुपर्ने कुरा के हो भने यी लक्षण अन्य कतिपय रोगमा पनि देखिन्छन् । तपाईंको नितम्बमा आएको पिलो एड्सकै कारणले आएको भन्ने आधार छैन । त्यसैले लक्षणकै आधारमा एड्स भए–नभएको भन्न गाह्रो हुन्छ ।

 

तपाईंको मनमा कहिले लक्षण देखिएला भन्ने लाग्न सक्छ । एचआईभीको सन्दर्भमा भने एड्सको स्थितिमा नपुगेसम्म सामान्य खासै लक्षण देखिन गाह्रो छ र यसका लागि दसौं वर्ष वा बढी समय पनि लाग्न सक्छ । कतिपयलाई त त्यसभन्दा बढी समयसम्म पनि एड्सको लक्षण नदेखिएको अवस्था छ । एचआईभी शरीरमा भए/नभएको यकिन गर्न रगत परीक्षण गरिन्छ ।

 

एचआईभी भएको थाहा पाउन

तपाईंले आफूलाई एचआईभी संक्रमण भएको–नभएको भनेर शंका निवारणका लागि रगतको परीक्षण गराउनुभएको देखिन्छ, तर परीक्षणपछि नकारात्मक अर्थात नभएको देखिएपछि पनि फेरि तीन–चार महिनामा परीक्षण गराउनुपर्ने भन्ने चिकित्सकको सल्लाहले केही असजिलो पारेको देखिन्छ । त्यसैले एचआईभी रक्त परीक्षणका बारेमा केही चर्चा गरौं ।

 

सामान्यत: एचआईभी भए–नभएको थाहा पाउन गरिने परीक्षण एचआईभीसँग सम्बन्धित प्रतिजैविकी रगतमा भए–नभएको भनेर गरिने परीक्षण हो । शरीरमा एचआईभी प्रवेश गरेपछि हाम्रो शरीरले त्यसका विरुद्ध प्रतिजैविकीको उत्पादन गर्छ । रगतको परीक्षण गर्दा त्यस प्रकारका प्रतिजैविक छन् कि छैनन् भनेर हेरिन्छ । प्रतिजैविक रगतमा नाप्न सकिने मात्रामा आइपुग्न केही समय लाग्छ । सामान्यत: तीन महिनासम्ममा यो प्रक्रिया पूरा भैसक्ने भएकाले तपाईंका चिकित्सकले त्यसो भन्नुभएको हो । यो कुरा एकदमै ठीक छ । चाँडो परीक्षण गराउँदा तपाईंमा एचआईभी प्रवेश गरेको भए पनि नदेखिने हुन सक्छ । तपाईंले पक्कै एचआईभीका लागि रक्त परीक्षण गराउँदा परामर्श पाएको हुनुपर्छ र यो विषयमा विस्तृत छलफल गरिएको हुनुपर्छ ।

 

किन यति धेरै चासो वा डर ?

यौनसम्बन्धी यस्ता कतिपय कुरामा संलग्न भएपछि वा यौन सम्पर्क गरे पछि आफ्ना आधारभूत मूल्य–मान्यतालाई नमानेको कुराले विचलित हुने भन्दा पनि मानिसहरू एचआईभी/एड्सको कुरालाई लिएर बढी चिन्तित भएको पाइन्छ । नियालेर हेर्ने हो भने त्यसका विभिन्न कारण देखिन्छन् । विशेष गरेर यौनसँग सम्बन्धित कतिपय कुरा नैतिकताको मुद्दासँग गहिरोसँग गाँसिएको हुन्छ । एचआईभी संक्रमणका कारणले आफूले लुकाउन चाहेका कतिपय कुरा बाहिर आउला अनि आफन्त अनि साथीभाइमाझ नैतिक धरातलमा आफू तल गिरुँला कि भन्ने भयले एचआईभी तथा एड्स सर्ने कुरामा निकै चासो र त्रास हुन्छ ।

 

अहिले सकारात्मक परिवर्तन आउँदै गए पनि एचआईभी भएकाहरूलाई खराब वा अनैतिक व्यक्ति भनेर हेय भावले हेरिन्छ वा हेंला गरिन्छ र सामाजिक जीवनको हरेक पक्षमा भेदभाव सहनुपर्ने हुन्छ । कुनै संक्रमण हुनु र त्यसको स्वास्थ्यमा पर्ने असर, मृत्य होला कि आफ्नै चासो वा डर भए पनि एचआईभी संक्रमणका बारेमा भिन्न प्रकारको चासो देखिन्छ । स्वास्थ्य समस्याभन्दा पारिवारिक तथा सामाजिक रूपमा हेय भाव तथा भेदभाव पूर्ण व्यवहारको सामना गर्नुपर्ने त्रासका कारण यस्तो समस्या बढी देखा पर्छ ।

अहिले एचआईभीका निकै प्रभावकारी औषधीहरू उपलब्ध छन् । नियमित रूपमा औषधी सेवन गरे सामान्य रूपमै जिउन सकिने भएकाले अहिले पहिलेजस्तो चिन्ता गरिरहनु पर्दैन । महत्वपूर्ण कुरा के भने तपाईंलाई एचआईभीको संक्रमण नै नभै औषधी सेवन गर्ने कुरा भएन । त्यसैले पहिले एचआईभी भए/नभएको पक्का गरौं, त्यसपछि मात्र उपचारका बारेमा सोचौंला । त्यसैले अनावश्यक रूपमा चिन्ता नलिन सल्लाह दिन्छु ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik