
साप्ताहिक संवाददाता

डा. राजेन्द्र भद्रा
मुखमैथुन
एक व्यक्तिको यौनाङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् Oral Sex भनिन्छ । कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । नेपालमा राम्रोसँग अध्ययन हुन बाँकी रहेकाले यसलाई यौन क्रियाकलापमा संलग्न गर्ने जोडी कति छन् भन्न सकिने स्थिति छैन । मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ ।
वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग–मुख मैथुन (Fallation), २. योनि–मुख मैथुन (Cunnilingus)ऋगललष्ष्लिनगक० ३. गुद्द्वार–मुख मैथुन (Annilingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीचमा हुन सक्छ भने योनि–मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीचमा हुन सक्छ । प्रसिद्ध ग्रन्थ ‘कामसूत्र’ मा ऋषि वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ ।
उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन् । ती हुन्— निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखी मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्ग अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुख भित्र राखेर अघि–पछि गर्ने), अन्त:सन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बक लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने) ।
मुखमैथुन स्वस्थकर हो–होइन भन्ने कुरामा धेरैमा शंका पाइन्छ ।
स्वस्थ व्यक्तिकाबीच हुने मुखमैथुन सुरक्षित हुन्छ । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । यदि यौनरोग छ भने सर्न सक्छ, जुन कुरा लिङ्ग–योनि वा अन्य किसिमको यौनसम्पर्कमा पनि लागू हुन्छ । यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको छ अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । श्रीमान्–श्रीमतीबीच मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन । कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि हुन्छ कि भनेर चासो हुनसक्छ । स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दैमा कुनै हानि पुग्दैन ।
ध्यान दिनुपर्ने कुरा
मुखमैथुनका लागि अर्को महत्वपूर्ण कुराचाहिँ यौनअङ्गहरूको सरसफाइ हो । यौन अङ्गहरूलाई सादा साबुन–पानीले धुनु नै पर्याप्त हुन्छ । पानी मनतातो भए बेस नै हुन्छ । धेरै कडा साबुन वा धेरै नै सुगन्धित सावुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौन अङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्याउन सक्छ । योनिलाई सफा राख्न भनेर डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन ।
गुदामैथुन के हो ?
सामान्य रूपमा भन्नुपर्दा यौन साथीको दिसा आउने नली अर्थात् गुदानलीमा लिङ्ग पसाई गरिने यौन सम्पर्कनै गुदामैथुन हो । धेरै मानिस गुदामैथुन भनेको नै समलिङ्गी यौन व्यवहार हो भन्ने मान्छन्, तर वास्तविकता यो समानलिङ्गी व्यक्ति तथा विपरीतलिङ्गी अर्थात् पुरुष तथा महिलाबीच पनि हुन सक्छ ।
व्यक्तिले किन गुदामैथुन गर्छन् भन्ने कुराको जवाफ प्राप्त गर्न त्यति सजिलो छैन, तर भिन्न भए पनि यो प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार हो भन्ने मान्यता छ ।
फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदाक्षेत्र शरीरका अन्य अङ्गहरूभन्दा बढी यौन संवेदनशील हुन्छन् । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई बलब Anal Eroticism भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई बलब Anal Orgasm भनिन्छ । अर्कातिर, कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द एवं रोमाञ्चता अनुभव गर्नेहरू पनि छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्छन् ।
यदि आफ्नो साथीमा कुनै संक्रमण छ भने कुुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा भन्नुपर्दा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन् । एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसो हुनुको कारण गुदानलीमा योनिमा जस्तो रस निस्कँदैन र त्यसको भित्री छाला पनि पातलो र कमलो हुने भएकाले यौनसम्पर्कले चोट पुर्याउँछ र सजिलै रोगको संक्रमण हुन सक्छ ।
यौनरोगका अतिरिक्त मलाशयमा अन्य रोग गराउने जीवाणु पनि हुन्छन् । यदि दुवै जनामा कुनै यौन रोग छैन भने पनि गुदामैथुनपछि लिङ्ग–योनि मैथुन गरे योनि वा मूत्र प्रणालीको संक्रमण हुन सक्छ । मलद्वारमा एउटा गोलाकार मांसपेशी हुन्छ, जुन खुम्चिएको अवस्थामा यसले मलद्वारलाई पूर्ण रुपमा बन्द गर्छ । यही मांसपेशी प्रयोग गरेर उपयुक्त समय नभएसम्म हामी दिसा आउन रोक्छौं । मांसपेशी संकुचित भएर मलद्वार बन्द भएको अवस्थामा जबरजस्ती लिङ्ग, औंला वा अन्य वस्तु वारम्बार पसाउँदा उक्त मांसपेशी कमजोर हुने सम्भावना हुन्छ । यस्तो भए दिसालाई रोकेर राख्न केही गाह्रो हुन्छ । त्यसैले उक्त मांसपेशीको कसरत गरे त्यसलाई बलियो बनाउन सकिन्छ, जसले गर्दा समस्या कम हुनसक्छ ।
के कस्तो सावधानी अपनाउनुपर्ला ?
जबरजस्ती नपसाई यो मांसपेशी खुकुलो भएको आवस्थामा मात्र लिङ्ग पसाउनुपर्छ । योनिमा जस्तो रस नआउने भएकाले पर्याप्त मात्रामा थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ । गुदद्वारमा बढी हानिकारक कीटाणु हुने भएकाले संक्रमण नसरोस् भनेर कन्डमको नियमित तथा सही प्रयोग पनि उत्तिकै
आवश्यक छ ।