• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
सन्तान जन्माउन नसक्नुका अनेक कारण हुन सक्छन्
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

सन्तान जन्माउन नसक्नुका अनेक कारण हुन सक्छन्
माघ ४, २०७३

 

प्रश्न : म २६ वर्षीय विवाहित पुरुष हुँ । करिब १७–१८ वर्षको हुँदा मेरो अण्डकोष केही सुन्निएको थियो । उपचारपश्चात् अहिले मेरो अण्डकोष केही सानो भएको छ । विवाह भएको तीन वर्षभन्दा बढी भयो । हाम्रो सन्तान भएको छैन । हामीले परिवार नियोजनको कुनै पनि साधन प्रयोग गरेका छैनौं । के कारणले सन्तान नभएको हो ? उतिबेला अण्डकोषमा देखिएको खराबीका कारण सन्तान नभएको त होइन ? 

 

अण्डकोषको काम 

लिङ्गको फेदनिर भएको छालाको पातलो थैलीभित्र रहेको चेप्टो अण्डा आकारको अङ्ग नै अण्डकोष हो । अण्डकोष दायाँ र बायाँ गरी दुईवटा हुन्छन् । तपाईंलाई थाहै होला, शुक्रकीट पुरुषको यही अण्डकोषमा बन्छ । अण्डकोषभरि नै गुज्जमुज्ज परेको नलिकाहरू हुन्छन् जसलाई कझष्लषभचयगक तगदगभिक भनिन्छ । यही नलीको यात्रा गर्दै शुक्रकीटको उत्पादन प्रक्रिया पूरा हुन्छ । क्उभचmबतयनयलष्ब देखि शुक्रकीट बन्ने क्रम पूरा हुन यस्तै ७० दिनजति लाग्छ । अण्डकोषभित्र रहेका नलिकाहरूमा यो निरन्तर रूपमा चलिरहेको हुन्छ । यसरी शुक्रकीट बन्ने कार्य पूरा भए पनि यो अझै परिपक्व भने भैसकेको हँुदैन । ती शुक्रकीट पौडन सक्ने हुने स्थितीमा पुगिसकेका हुँदैनन् । अण्डकोषबाट शुक्रकीट अण्डकोषमै टाँसिएको अर्को अङ्ग भ्उष्मष्मथmष्क मा आउँछन् र परिपक्व हुन्छन् । 

 

अण्डकोष सानो हुनुको अर्थ 

अण्डकोष विभिन्न कारणले सानो हुन वा सुकेर जान सक्छ । अण्डकोषको संक्रमण हुनु, अण्डकोष बाहिर नआउनु र भित्रै अड्किनु, पिटयुटरी ग्रन्थिले आफ्नो कार्य गर्न नसक्नाले अण्डकोषको विकास नहुनु, रेडियो विकिरणको प्रभाव पर्नु, महिला हार्मोनयुक्त औषधी वा वस्तुको प्रभाव पर्दा तथा क्यान्सर निको पार्ने केही औषधीको प्रयोग आदि प्रमुख कारण हुन् । हाँडेका कारण पनि अण्डकोष सुक्न सक्छ । तपाईंले सुन्निएको भन्नुभएकाले पक्कै संक्रमणको भएको हुनुपर्छ । अण्डकोषको संक्रमण विभिन्न जीवाणु तथा विषाणुका कारणले हुन सक्छ । विषाणुले गराउने संक्रमणमध्ये धेरैजसो स्थितिमा हाँडे आउनुको कारणले हुन्छ । तपाईंमा त्यतिबेला हाँडे आएको थियो कि थिएन उल्लेख गर्नुभएको छैन, लगभग ३० प्रतिशत हाँडे आएका व्यक्तिमा अण्डकोषको संक्रमण हुन सक्छ । यो विशेष गरी किशोरावस्थामा प्रवेश गरिसकेको केही समयपछि केटाहरूमा देखिन्छ ।

 

अण्डकोष सानो भएको वा सुकेको स्थितिमा यसमा कत्तिको क्षति पुगेको छ भन्ने कुरामै प्रजनन क्षमता भर पर्छ । केही स्थितिमा अण्डकोषमा नराम्रोसँग दखल पुगेको छ भने उक्त अण्डकोषले मात्र काम गर्न नसक्ने होइन कि अर्को अण्डकोषमा समेत त्यसको असर पर्न सक्छ । एउटा अण्डकोष सुकेर गए पनि अर्को अण्डकोषबाट उत्पादित वीर्यमा शुक्रकीटको मात्रा र गुण राम्रो भए सन्तान उत्पादन हुन सक्छ । त्यसैले सो कुरा थाहा पाउन वीर्य परीक्षण गर्नु आवश्यक छ । पुरुषहरूमा सहायक यौन चिह्नहरूका साथै यौनेच्छा राम्रै छ भने तपाईंको अण्डकोषले रागरसको उत्पादन राम्रोसँग गरिरहेको संकेत गर्छ, तर तपाईंले यस विषयमा केही लेख्नुभएको छैन । अर्को कुरा, एकपल्ट अण्डकोष पूरै सुकेको स्थितिमा त्यसलाई पुरानै स्थितिमा फर्काउनु असम्भवजस्तै कुरा हो । शुक्रकीटको उत्पादनमा समस्या हुँदा सन्तान जन्माउने कार्यमा बाधा उत्पन्न हुन्छ । 

 

के गर्नुपर्ला ? 

कुनै दम्पतीले सन्तान जन्माउन नसक्नुका अनेक कारण हुन सक्छन् । कतिपय पुरुषसँग सम्बन्धित हुन्छन्, कतिपय महिलासँग भने कतिपय दुवैको संयुक्त रूपमा । यहाँ तपाईंले भन्नुभएअनुसार अण्डकोष सानो भएको कुराले अण्डकोषमा असर परेको देखिन्छ । सर्वप्रथम अण्डकोष वास्तवमै सुकेको हो–होइन, पक्का गर्नुपर्छ । यसमा चिकित्सकले सहयोग गर्न सक्छन् । यदि अण्डकोष सानो भएको हो भने यसको प्रमुख काम शुक्रकीट उत्पादन गर्न सक्छ कि सक्दैन भन्ने हेर्नु महत्वपूर्ण पाटो हो । उक्त कुरा वीर्य परीक्षणबाट थाहा पाउन सकिन्छ ।

 

वीर्य परीक्षण 

अण्डकोषमै शुक्रकीट उत्पादन हुने भए पनि वीर्य पनि यहीवाट उत्पादन हुन्छ भन्ने होइन । वीर्यथैली तथा पौरुष ग्रन्थिबाट आउने रस नै वीर्य हो र त्यही वीर्यमा अण्डकोषमा उत्पादन भएको शुक्रकीट मिसिएको हुन्छ । वीर्य परीक्षण गर्दा अण्डकोषमा उत्पादन भएका शुक्रकीटको मात्रा, गति तथा संरचनागत स्वस्थताजस्ता कतिपय कुरालाई हेरेर प्रजनन क्षमता अनुमान गरिन्छ । 

 

सन्तान हुनका लागि शुक्रकीट आवश्यक मात्रामा हुनुका साथै स्वस्थ (स्वरूप तथा गतिशीलताको सन्दर्भमा) पनि हुनुपर्छ । सामान्यतया एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या सधैं एकनासको नहुन सक्छ, तर यसको संख्या ४ देखि १२ करोड प्रतिमिलिसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटको मात्राले ओगटेको हुन्छ । शुक्रकीट निकै साना हुन्छन् । प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ ।

 

सामान्यभन्दा कम शुक्रकीट हुनुलाई संख्या कम भएको मान्न सकिए पनि चिकित्सकिय दृष्टिकोणले शुक्रकीट कम भएको भन्न प्रतिमिली वीर्यमा २ करोडभन्दा कम शुक्रकीट हुनुपर्छ । तपाईको वीर्यमा कति शुक्रकीट छन्, स्पष्ट छैन । एकपल्ट वीर्य परीक्षण गराए यथार्थ थाहा भैहाल्छ । अहिले अनावश्यक रूपमा पीर लिनुभन्दा समाधानको बाटो खोज्नु ठीक हुन्छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik