• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
शुक्रकीटको उत्पादन कसरी हुन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

शुक्रकीटको उत्पादन कसरी हुन्छ ?
चैत्र १५, २०७३

 

प्रश्न: केटाहरूले धेरै हस्तमैथुन गर्दा पछि गएर गर्भ रहन्छ कि रहँदैन ?

जेएच रे.

तपाईंलाई थाहै हुनुपर्छ, प्राणीका प्रजातिमा पोथी जातिले गर्भ बोक्छन् न कि भाले जातिले । त्यसैले हस्तमैथुन गरे पनि नगरे पनि वा यौनसम्पर्क गरे पनि नगरे पनि केटा अर्थात् पुरुष जातिमा गर्भ रहँदैन । तपार्इंले पक्कै पनि केटा अर्थात् पुरुषले हस्तमैथुन धेरै गरेको स्थितिमा कतै प्रजनन क्षमता अर्थात् कुनै केटी वा भनौं महिलालाई गर्भवती बनाउन सक्ने क्षमता राख्छ कि राख्दैन भन्नुभएको होला ।

 

पुरुषको सन्दर्भमा गर्भ गराउने क्षमता हुन ?

हामीलाई थाहै छ, गर्भ रहन पुरुषबाट निस्किएको वीर्यमा भएको शुक्रकीटसँग महिलाको डिम्बको मिलन हुनुपर्छ । त्यसका लागि पुरुषले यौनसम्पर्क गरेर महिलाको योनिमा वीर्य स्खलन गर्ने क्षमता हुनुपर्छ । यौनसम्पर्क सफल रूपमा सम्पन्न गर्न लिंगको उत्तेजना आवश्यक छ । अर्कातिर सफल डिम्बको निषेचनका लागि वीर्यमा पर्याप्त मात्रमा स्वस्थ शुक्रकीट हुनु जरुरी छ । त्यसपछि निषेचित डिम्ब (युग्मज) पाठेघरको भित्तामा टाँसिन्छ र विस्तारै विकसित हुँदै शिशुमा परिणत हुन्छ ।

यहाँ तपाईंको जिज्ञासाको जवाफ दिन विशेषत: हस्तमैथुनले वीर्यमा भएको शुक्रकीटको गुणस्तरमा प्रभाव पार्छ कि पार्दैन भन्ने कुरा हेर्नुपर्छ । त्यसैले शुक्रकीटको उत्पादनका बारेमा केही चर्चा गर्नु मनासिब होला ।

 

शुक्रकीटको उत्पादन कसरी हुन्छ ?

तपाईंलाई थाहै होला, शुक्रकीट पुरुषको अण्डकोषमा बन्छ । अण्डकोषभरि नै गुजमुज्ज परेका नलिकाहरू हुन्छन् जसलाई seminiferous tubules तगदगभिक भनिन्छ । यही नलीको यात्रा गर्दै शुक्रकीटको उत्पादन प्रक्रिया पूरा हुन्छ । Spermatogonia देखि शुक्रकीट बन्ने क्रम पूरा हुन यस्तै ७० दिन जति लाग्छ । अण्डकोषभित्र रहेका नलिकाहरूमा यो प्रक्रिया निरन्तर रूपमा चलिरहेको हुन्छ । यसरी शुक्रकीट बन्ने कार्य पूरा भए पनि यो अझै परिपक्व भने भैसकेको हँुदैन । ती शुक्रकिट अझै पौडन सक्ने (गतिशील) स्थितिमा पुगिसकेका हुँदैनन् । अण्डकोषबाट शुक्रकीट अण्डकोषमै टाँसिएको अर्को अङ्ग भ्उष्मष्मथmष्क मा आउँछन् र परिपक्व हुन्छन् । वीर्य परीक्षण गरेर वीर्यमा शुक्रकीटको गुणस्तरसम्बन्धी जानकारी लिन सकिन्छ ।

 

धेरै हस्तमैथुनले के फरक पार्ला ?

तपाईंले धेरै भन्नुभएको कति हो स्पष्ट हुने कुरा भएन । यो कसैका लागि थोरै भने कसैलाई सामान्य हुन सक्छ । यौनसम्पर्क पछिको होस् वा हस्तमैथुन पछिको यौन चरमसुखसम्म पुग्ने अनि वीर्य स्खलन हुने प्रक्रिया उस्तै हो । त्यसमा वीर्यको गुणस्तरमा पर्ने प्रभाव पनि उस्तै हुन्छ । यौनसम्पर्क आफंैमा गर्भ रहन गरिने आवश्यक कार्य हो भने हस्तमैथुनको उद्देश्य विशेषत: सन्तान जन्माउन नभै यौन सुख प्राप्त गर्नु हुन्छ ।

 

सन्तान हुनका लागि शुक्रकीट आवश्यक मात्रा (संख्या) मा हुनुका साथै स्वस्थ (स्वरूप तथा गतिशीलताका सन्दर्भमा) पनि हुनुपर्छ । सामान्यत: एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या संधै एकैनासको नहुन सक्छ, तर यसको संख्या ४ देखि १२ करोड प्रतिमिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटले ओगटेको हुन्छ । शुक्रकीट निकै साना हुन्छन्् । प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ ।

 

चिकित्सकीय दृष्टिकोणले oligo(zoo)spermia अर्थात शुक्रकीट कम भएको भन्न प्रतिमिली वीर्यमा २ करोडभन्दा कम शुक्रकीट हुनुपर्छ । अहिले त २ करोडसम्मलाई सामान्य मान्न थालिएको पाइन्छ । वीर्य परीक्षण गराउँदा केही दिनका लागि वीर्य स्खलन नगराउने सल्लाह दिइन्छ । वीर्य स्खलन चाँडो–चाँडो गरिँदा विशेषत: वीर्यमा शुक्रकीटको संख्यामा कमी आउँछ । यदि सामान्य रूपमा उत्पादन भैरहेको छ भने केही दिन वीर्य स्खलन नगरे पुन: पुरानै अवस्था आउँछ । चाँडो–चाँडो वीर्य स्खलन गर्दा अपरिपक्व शुक्रकीट देखिन्छ ।

 

अर्कातिर धेरै समयसम्म वीर्य स्खलन नगरी पछि वीर्य स्खलन गर्दा पनि स्वरूपमा केही परिवर्तन भएका शुक्रकीट देखिने अध्ययनहरूले बताएका छन् । अब गर्भ रहन्छ कि रहँदैन भन्ने सन्दर्भमा कुरा गरौं । तपार्इंलाई थाहै छ कि सामान्य अवस्थामा हस्तमैथुन गरेका कारणले नै गर्भ रहँदैन । गर्भ रहन यौनसम्पर्क गरेर योनिमा वीर्य स्खलन गर्नु आवश्यक छ । केही दिन (यस्तै ३–५ दिन) को वीर्यस्खलनको परहेजदेखि बाहेक तपार्इंले जति यौनसम्पर्क गरेर योनिमा वीर्य स्खलन गराउनुभयो गर्भधारणको सम्भावना त्यति नै बढी हुन्छ ।

 

वीर्य परिक्षण

शुक्रकीटको संख्यामा कमी हुनु वा त्यसको गतिशीलता, स्वरूप इत्यादिमा प्रभाव पर्ने अनेक कुरा हुन सक्छन् । भावनात्मक तनाव, यौन क्रियाकलापमा भएका समस्या, लिंग उत्तेजनाको समस्या, अण्डकोष लामो समयसम्म तातो वातावरणमा हुनु, लागूपदार्थ सेवन, धूमपानदेखि कतिपय पोषक तत्वको कमीले वा वातावरणीय प्रदूषणले शुक्रकीटको उत्पादनमा वा गुणस्तरमा कमी ल्याउँछ । अर्कातिर पर्याप्त मात्रामा स्खलन नभए पनि शुक्कीटको पूर्ण संख्यामा कमी आउन सक्छ ।

तपार्इंलाई कुनै शंका छ भने एकपटक राम्रो प्रयोगशालामा गएर वीर्य परीक्षण गराउन सल्लाह दिन्छु । सबै कुरा ठिक छ भने चिन्ताको कुरा भएन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik