• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
लिंग कसरी उत्तेजित हुन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

लिंग कसरी उत्तेजित हुन्छ ?
वैशाख ५, २०७४

 

प्रश्न :  म ३२ वर्ष पुगें । मेरो विवाह भएको पनि तीन वर्ष भयो, तर म अहिले नेपालबाहिर बस्छु । मेरो मुख्य समस्या लिङ्ग राम्रोसँग उत्तेजित नहुनु हो । यदि भए पनि केही समयका लागि मात्र हुन्छ र कडा पनि हुँदैन । मेरो लिङ्गमा त्यति शक्ति भएजस्तो पनि लाग्दैन । कारण के होला ?

एएम 

 

तपाईंकी श्रीमतीको बसाइ

तपाईंले अहिले आफू नेपालबाहिर बस्ने कुरा गर्नुभएको छ । तपाईंकी श्रीमती पनि तपाईंसँगै हुनुहुन्छ कि हुनुहुन्न स्पष्ट भएन । वैदेशिक रोजगारी होस् वा अध्ययनको सिलसिलामा घर–परिवार विशेष गरेर श्रीमतीबाट टाढा बस्दा अन्य कठिनाइका साथसाथै यौनसम्बन्धी अनेक असजिलोपन सहेर बस्नुपर्ने बाध्यता छ । अन्य कतिपय असजिलालाई सजिलै भन्न सकिए पनि यौनसम्बन्धी असजिलोपनको चर्चा गर्न त्यति सजिलो छैन । यस्तो स्थितिमा विदेशमा रहेका युवाहरूलाई असजिलो भएजस्तै यहाँका विवाहिता श्रीमतीहरूलाई पनि असजिलो हुन्छ । 

 

लिंग कसरी उत्तेजित हुन्छ ?

लिङ्ग उत्तेजित नहुने कुरा गर्नुभन्दा पहिले यो कसरी उत्तेजित हुन्छ भन्ने चर्चा गरौं । हामीले इन्द्रियहरूबाट ग्रहण गरेका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा उक्त कुरा थाहा पाउँछौं । विभिन्न अङ्ग (स्रोत) बाट सन्देशहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनको माध्यमवाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देश प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक–फरक हुनसक्छ । यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ भने लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ ।

 

यसरी लिङ्गमा रगत भरिन्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ । यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौं । यौनक्रिया शारीरिक क्रिया मात्र नभै मानसिक तथा भावनात्मक सम्बन्धहरूको मिश्रणसहितको जटिल कार्य हो । यौन उत्तेजनाका सन्देश मस्तिष्कसम्म यौन अङ्गबाहेक अन्य इन्द्रियबाट पनि आउँछन्, जस्तै— स्पर्श, दृष्टि, ध्वनि अदि । लिङ्गको कडापन तथा त्यसको निरन्तरता उत्तेजनाको स्रोत तथा व्यक्तिको शारीरिक एवं मानसिक स्थितिमा भर पर्छ । 

 

लिंग राम्रोसँग कडा नहुने कारण के होला ? 

राम्रोसँग लिङ्ग उत्तेजित नहुने विभिन्न कारण हुन सक्छन् । यी शारीरिक तथा मानसिक दुवै हुन सक्छन् । लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पार्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसका कारण हुन सक्छन् ।

 

पार्किन्सन्स वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीहरूले पनि यस्तो गराउन सक्छ । साह्रै थकाइ लागेकाले होस् वा अधिक मादक पदार्थको सेवन गरेकाले होस्, लिङ्ग उत्तेजनामा नकारात्मक असर पारेको हुनसक्छ । त्यसैगरी तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भन्ने चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग जस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुन सक्छन् । अर्काे कुरा, यदि श्रीमतीबाट टाढा बस्नुभएको छ भने यौनेच्छा शान्त पार्न पक्कै हस्तमैथुन गर्नुभएको होला । हस्तमैथुन गर्दा यदि लिङ्ग राम्रोसँग उत्तेजित हुन्छ भने तपाईंमा लिङ्ग राम्रोसँग उत्तेजित नहुने कुनै शारीरिक कारण छैन भन्ने मान्नुभए हुन्छ । 

 

समाधान के त ? 

चाहिएको बेला चाहेजस्तो गरेर लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै समयमा गरेका हुन्छन् । यसरी अपेक्षित रूपमा लिङ्ग उत्तेजित नहुँदा त्यस विषयमा निकै चासो तथा चिन्ता हुन्छ । हाम्रा सबै दिनका कार्य सम्पादन एकैनासका हुँदैनन् । यो कुरा यौन क्रियाकलापमा पनि लागू हुन्छ । कहिलेकाँही यस्तो हुनुलाई चिन्ताको विषय बनाउनु ठीक होइन । 

कतिपय पुरुषलाई मनभित्र आफ्नो यौन क्षमता प्रदशित गर्नुपर्ने दबाब हुन सक्छ । त्यस्तो स्थिति भए तपाईंको समस्या थप चर्को हुनसक्छ ।

 

यस्तो स्थितिलाई peformance anxiety भनिन्छ । मुख्य कुरा त तनाव, चिन्ता तथा भयलाई कम गर्न सक्नुपर्छ । आत्मविश्वास बढाउने कार्यतिर लाग्नुपर्छ । तपाईंले आफ्नी श्रीमतीसँग कत्तिको कुराकानी गर्नुभएको छ थाहा भएन, तर श्रीमतीसँग लिङ्ग उत्तेजित हुने गरी यौनसम्पर्करहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ । दुवैले आफ्नै समस्या हो भन्ने मानेर समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे यो समस्या समाधान गर्न सकिन्छ । समस्या कायमै रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ताकि समस्याको सही निदान गरी त्यसैअनुसार उपचार गर्न सकियोस् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik