साप्ताहिक संवाददाता
श्रावण ८, २०७४
मेहन्दीलाई सगुन तथा गुडलकका रूपमा समेत लिइन्छ । त्यसैले हरेक शुभ कार्य विवाह, तीज तथा पवित्र महिना साउनभरि नै मेहन्दी लगाउने चलन छ । मेहन्दी डिजाइनअनुसार विभिन्न नामले चिनिन्छ । विशेष गरी मेहन्दीलाई १० प्रकारमा वर्गीकरण गरिएको छ ।
जस्तै— इन्डियन, अरेबिक, पाकिस्तानी, इन्डो अरेबिक, मोरोक्कन, ग्लिटर, मुगाली, मल्टी कलर, फ्लोरियल, बंगाली आदि । यी डिजाइनभित्र पनि विभिन्न मेहन्दी डिजाइन छन् । नेपालमा सुरुदेखि नै इन्डियन मेहन्दी बढी चलेको पाइन्छ । यो साउनमा हेबी इन्डियन डिजाइनभन्दा इन्डो इन्डियन डिजाइन, अरेबिकी डिजाइन विशेष रोजाइमा छ भने कलरफूल मेहन्दी तथा फ्लोरल मेहन्दीको क्रेज पनि उत्तिकै पाइन्छ ।
-कुलदीप वाष्र्णेय, मुम्बई मेहन्दी, डिल्लीबजार