• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
गर्भनिरोधक औषधि धेरै खाँदा के हुन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

गर्भनिरोधक औषधि धेरै खाँदा के हुन्छ
कार्तिक १७, २०७४

 

म २९ वर्षीया विवाहित युवती हुँ । यौनसम्पर्क भएपछि आफूलाई शंका लाग्छ अनि म औषधी खान्छु— 72 dej । यो औषधी धेरै खाँदा के हुन्छ ? 

                                                                            -मन्जु

 

 

 

के–को शंका र कुन औषधी ?

तपाईंलाई के कुराको शंका लाग्छ, पत्रमा स्पष्ट रूपमा उल्लेख छैन, तर यौनसम्पर्क भएपछिको कुरा गर्नुभएकाले गर्भ बस्यो कि भन्ने आशंका हुनुपर्छ । यही सन्दर्भमा औषधी खाने कुराले तपाईंले आकस्मिक गर्भनिरोधको कुरा गर्नुभएको मानेको छु । तपाईंले औषधीका बारेमा जिज्ञासा राख्दा त्यसको वैज्ञानिक–रसायनिक नाम लेखिदिनुभएको भए जवाफ दिन सजिलो हुने थियो । प्रायश: त्यस्तो नाम अति नै साना अक्षरमा लेखिएका हुन्छन्, तर व्यापारिक नाम भने आकर्षक र ठूला अक्षरमा प्रस्तुत गरिन्छन् । यस्ता व्यापारिक नाम उस्तै–उस्तै भए पनि रसायनिक रूपमा औषधी निकै फरक किसिमका हुन सक्छन् भने नाम निकै फरक भए पनि वास्तविक औषधी एउटै हुन सक्छन् । अर्को कुरा, तपाईंले नेपाल तथा भारतमा पाइने केही आकस्मिक गर्भनिरोधका औषधीको नाममा ७२ लेखिएको पाइन्छ, सम्भवत: तपार्इंले त्यसैलाई भन्नुभएको हुनुपर्छ ।

 

आकस्मिक गर्भनिरोधको औषधी

नेपालमा सबै किसिमका आकस्मिक गर्भनिरोधका साधन उपलब्ध नभए पनि प्रोजेस्टिन मात्र भएका, प्रोजेस्टिन तथा इस्ट्रोजन दुवै भएका तथा कपर–टी उपलब्ध छन् भने संसारमा अन्य किसिमका आकस्मिक गर्भनिरोधका साधनहरू पनि पाइन्छन् । खाने चक्कीकै कुरा गर्दा पनि त्यसलाई मोटामोटी रूपमा चार प्रकारमा विभाजित गर्न सकिन्छ । पहिलो किसिमका औषधीमा प्रोजेस्टिन वा लेभोनोर्जेस्ट्रेलजस्ता औषधी हुन्छन् । प्रोजेस्टिन मात्र भएका औषधीले गर्भ रहने सम्भावना यस्तै ८८ प्रतिशतसम्म घटाउन सक्छन् र त्यसका नकारात्मक प्रभाव पनि कम हुन्छन् । 

 

 दोस्रो किसिमको आकस्मिक गर्भनिरोधको साधनमा प्रोजेस्टिन तथा इस्ट्रोजन जस्ता दुवै प्रकारका हार्मोन हुन्छन् । इस्ट्रोजेनजस्ता हार्मोनका कारणले तुलनात्मक रूपमा वाकवाकी लाग्ने वा वान्ता हुने प्रतिक्रिया बढी देखिन्छ ।

 

 तेस्रो किसिमको औषधीमा ulipristal acetate हुन्छ र यो अहिले केही सिमित पश्चिमा देश जस्तै कि अमेरिका र युरोपमा पाइन्छ । 

 

 चौथो किसिमको आकस्मिक गर्भ निरोधको चक्कीमा न्यून मात्रामा mefepristone भनिने औषधी हुन्छ, तर यो केही सीमित देशजस्तै चीन, भियतनाम तथा रूसमा मात्र पाइन्छ । 

 

अहिले आकस्मिक गर्भनिरोधको कुरा गर्दा चक्कीको बढी चर्चा भएको पाइन्छ, तर कपर–टी निकै समयदेखि उपलब्ध निकै प्रभावकारी गर्भ निरोधक साधन हो । आकस्मिक गर्भनिरोधका रूपमा प्रयोग गरेपछि यसलाई निरन्तरता दिई नियमित गर्भनिरोधको साधनका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

 

धेरै प्रयोग गर्दा के–कस्तो असर पर्छ ?

यी औषधी खाएपछि तपाईंले वाकवाकी लाग्ने अनुभव त गर्नुभएकै होला । यसका अल्पकालीन दुष्प्रभाव वाकवाकी लाग्ने वा वान्ता आउने नै हुन् । खाली पेटमा नखाई अर्थात् केही खाएर मात्र औषधी सेवन गरे असर कम हुन्छ । टाउको दुख्नु, रिँगटा लाग्नु, मांसपेशी बाउँडिनु वा स्तन छाम्दा दुख्नु यसका अन्य दुष्प्रभाव हुन्, तर ती प्रभाव प्राय:जसो २४ घण्टाभन्दा बढी रहँदैनन् । यसका अन्य असरको कुरा गर्दा महिनावारी ठीक समयमा नहुन सक्छ र यसको अवधिमा केही फरक पर्न सक्छ । केही महिलामा गर्भ डिम्बवाहिनी नलीमा हुन सक्छ, जसले गम्भीर समस्या निम्त्याउन सक्छ । 

 

दीर्घकालीन वा धेरै प्रयोग गरे के हुन्छ भन्ने प्रश्न धेरैमा हुन्छ । अहिलेसम्मका अध्ययनहरूले गम्भीर किमिसको स्वास्थ्य असर पार्ने कार्य गर्दैन भन्ने नै देखिएको छ । यसलाई नियमित रूपमा प्रयोग गरिँदा यसको प्रभावकारीता घट्छ अर्थात् गर्भ रहन सक्छ । तपाईंलाई थाहै छ, यो हार्मोनयुक्त औषधी हो र यसका आफ्नै किसिमका असरहरू हुन्छन् नै ।

 

नबुझिने कुरा

तपाईले सन्तान भएको कुराको उल्लेख गर्नुभएको छैन । तपाईं विवाहित हुनुहुन्छ, तैपनि सन्तानको इच्छा नहुनु आफैंमा नबुझिने कुरा हो । श्रीमान्सँग छुट्टिएर नबसेको स्थितिमा नियमित रूपमा यौनसम्पर्क हुने नै भयो । यस्तो स्थितिमा गर्भ निरोधको नियमित साधन प्रयोग नगरी आकस्मिक गर्भ निरोधको साधनमा भर पर्नु उचित हुँदैन । नियमित यौनसम्पर्क हुने स्थितिमा प्रभावकारी गर्भनिरोधको साधन नियमित रूपमा प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik