साप्ताहिक संवाददाता
फाल्गुन ७, २०७४
गर्मी मौसममा ब्याक्टेरियल डायरियाको प्रकोप देखिएजस्तै अहिलेको मौसममा पनि भाइरल डायरियाको समस्या सिर्जना हुनसक्छ ।
यस्तो मौसममा रोटा तथा नोरो भाइरसका कारणले झाडापखाला लाग्छ । बालबालिका तथा युवामा यस्ता समस्या उत्तिकै मात्रामा देखा पर्छन् ।
दूषित पानी, बासी खानेकुरा तथा सरसफाइको कमीका कारण झाडापखाला लाग्छ ।
त्यसैले सरसफाइ तथा खानपानमा ध्यान पुर्याउनुपर्छ ।
बासी तथा खुल्ला राखिएका खानेकुरा एवं दूषित पानी सेवन गर्नु हुँदैन । झाडापखाला लागे जीवनजल सेवन गर्नुपर्छ ।