म ५२ वर्षीय पुरुष हुँ र मेरी श्रीमतीको उमेर ४७ वर्ष छ । हामी दुवै जना कष्टरहित गुदा–मैथुन गर्न चाहन्छौं । कृपया उपाय बताइदिनु हुन्छ कि ?
-८१३५
गुदामैथुनप्रति रुचि
धेरैजसोले यौनसम्पर्क भन्नाले योनि–लिङ्ग मैथुनलाई मात्र सम्झन्छन् । यौनसम्पर्क योनि–लिङ्ग मात्र नभै मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग प्रवेश गराई गरिने यौनसम्पर्कलाई गुदा–मैथुन भनिन्छ । धेरैजसो मानिसले गुदा–मैथुन भनेकै समलिङ्गी यौन व्यवहार हो भन्ने मान्छन्, तर वास्तविकता के हो भने यो समान लिङ्गी व्यक्ति तथा विपरीत लिङ्गी अर्थात् पुरुष तथा महिलाको बीच पनि हुनसक्छ । यस्तो किसिमको यौनव्यवहार तपाईंहरूकै जस्तो वैवाहिक जोडीबीचमा पनि हुँदै आएको तथ्य जग जाहेर छ । अझ तपार्इंहरू श्रीमान्–श्रीमती दुवै जनाको यसमा रुचि भएको जानकारीले तपाईंहरूको यौनप्रतिको खुला विचारलाई मात्र संकेत गर्दैन, आफूलाई नौलो लाग्ने यौन क्रियाकलापमा संलग्न हुने चाहना आफैंमा सकारात्मक कुरा हो ।
किन कुनै व्यक्ति गुदा–मैथुनप्रति रुचि राख्छ भन्ने कुराको ठोस जवाफ फेला पार्न सजिलो भने छैन । विचार भिन्न–भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार कै मान्यता पाएको छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग तथा गुदा क्षेत्र शरीरका अन्य अङ्गभन्दा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन् । पुरुषको हकमा प्रोस्टेट अर्थात् पौरुष ग्रन्थी गुदानलीको ठीक अगाडि हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थीको घर्षण हुन्छ । यी सबै कुराले गुदा–मैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई anal eroticism भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई anal eroticism भनिन्छ । अर्कातिर, कतिपय व्यक्तिले मानिस गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द तथा रोमाञ्चता अनुभव गर्छन् । तपार्इंहरूको सन्दर्भमा पनि यो कुरा लागू हुनसक्छ । गुदा–मैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव हुन्छ, त्यसैले पनि मानिसहरू यस किसिमको यौनसम्पर्कका लागि लालायित हुन्छन् ।
गुदा–मैथुनमा किन कष्ट हुन्छ ?
पहिले के कुरा बुझ्नुपर्यो भने योनिको तुलनामा गुदद्वारको संरचना निकै फरक हुन्छ । गुदद्वार यौनसम्पर्कका लागि बनेको प्राकृतिक अङ्ग होइन । यौन उत्तेजना भएपछि योनिमा यौनसम्पर्कलाई सजिलो बनाउने योनिरस आएजस्तो कुनै रस यसमा आउँदैन । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । बाहिरी मांसपेशीलाई हामीले चाहेअनुरूप संकुचित गर्न वा खोल्न (खुकुलो पार्न) सक्छौं भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सक्छौं । लामो अभ्यासबाट पनि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो तुल्याउन सकिन्छ । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे यो मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट समेत लाग्न सक्छ । योनिमा जस्तो योनिरस पनि नहुने अनि गुदद्वार खुकुलो नभएको स्थितिले यौनसम्पर्कका दौरानमा हुने घर्षण नै पीडाको कारण बन्न सक्छ । तपाईंले आफूमा कुनै अन्य लक्षण (जस्तै कि घाउ) देखिएको कुरा त गर्नुभएको छैन, तर केही यौन रोग पनि लिङ्ग दुख्ने कारण हुनसक्छ ।
कष्टलाई कम गर्न के गर्ने ?
गुदा–मैथुनलाई सुखमय बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनावरहित स्थितिमा हुनु आवश्यक हुन्छ । यस्तो स्थितिमा गुदा–मैथुनलाई कष्टरहित बनाउन सकिन्छ । त्यसका साथै योनिमा जस्तो रस नआउने भएकाले पर्याप्त मात्रामा थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ । यसका लागि पानीमा घुल्ने चिप्लो पदार्थ जस्तै M K-Y Jelly वा पर्याप्त थूक प्रयोग गर्न सकिन्छ ।
यो मांसपेशीलाई तनावरहित बनाउन अर्थात् खुकुलो बनाउन निम्न कुरा सहयोगी हुन सक्छन् । गुदद्वार तथा वरिपरिको क्षेत्र अनि लिङ्गलाई राम्रोसँग धुनुहोस् । गुदामैथुन सुरु गर्नुभन्दा पहिले त्यसको सफाइ आवश्यक छ । यहाँ तपाईंले विशेष गरेर श्रीमतीलाई कष्ट नहोस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । त्यसपछि गुदद्वार तथा वरिपरिको क्षेत्रमा हल्का मालिस गर्नुहोस् ।
गुदद्वारमा स्पर्श हुनासाथ त्यसका मांसपेशी संकुचित हुन्छन् । यसरी बिस्तारै मालिस गर्दा संकुचन नभएको स्थिति आउँछ । यसरी गुदद्वारको मांसपेशीमा तनाव नभएको स्थितिमा भएपछि चिप्लो पदार्थ गुदद्वार तथा औंलामा राख्नुहोस् र गोलाकार रूपमा विस्तार चलाउँदै जानुहोस् । यसले ती मांसपेशीलाई खुकुलो बनाउन सहयोग गर्छ र गुदद्वार खुल्छ । अब बिस्तारै–विस्तारै चिल्लो पदार्थ लगाएको औंला कोमल तरिकाले पसाउनुहोस् । यस्तो केही पटकसम्म गर्नुहोस् ।
अब श्रीमती तयार भएको पक्का गर्नुहोस् र पक्का भएपछि मात्र विस्तारै लिङ्ग प्रवेश गराउने कार्य गर्नुहोस् । संकुचन भएको स्थिति छ भने जोड गर्नुहुँदैन् । लिङ्ग प्रवेशको गति तथा गहिराइको नियन्त्रण लिङ्ग प्रवेश गराउने तपाईंले नभै लिङ्ग ग्रहण गर्ने व्यक्ति अर्थात् तपार्इंकी श्रीमतीले गर्नुपर्छ । यसबाट धेरै हदसम्म कम कष्ट हुनेछ । गुदद्वार तथा मलाशयमा केही समस्या भएजस्तो लाग्यो, पीडा भैरह्यो वा दिसा गर्दा रगत आयो भने चिकित्सकीय जाँच गराउनु बेस हुन्छ ।
अन्त्यमा, गुदा–मैथुन गर्दा शारीरिक कष्ट बाहेक मानसिक रूपमा पनि कष्ट नहोस् भनेर आ–आफ्ना सुख अनि असजिलोपन दुवै पक्षका बारेमा खुलेर छलफल गर्नुपर्छ ।