• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
लिंगको नतन्कने छाला र यौन क्षमतामा असर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

लिंगको नतन्कने छाला र यौन क्षमतामा असर
जेष्ठ १२, २०७५

 

म १७ वर्षीय पुरुष हुँ । मेरो लिंग ठीक छ तर मेरो लिंगको अगाडिको छाला तन्कँदैन । पोर्न भिडियोहरूमा यस्तो छाला पूरै तलसम्मै तन्किएको देखिन्छ । मैले आफैं तन्काउन खोजें, तर त्यसो गर्दा पोल्छ । मलाई यसले पछि गएर समस्या पो आउने हो कि जस्तो लाग्छ । मैले अगाडिको छाला डाक्टरकहाँ गएर काटिदिँदा यो समस्या समाधान हुन्छ भन्ने सुनेको थिएँ । के यो सही हो ?

                                                                                                                      र. 

लिंगको अगाडिको छाला 

लिंग एक विशेष छालाले छोपिएको हुन्छ र यो लिंगको वरिपरि मात्र नभै यसको केही भाग लिंगभन्दा पनि अगाडि आएको हुन्छ । लिंगको मुण्डलाई छोप्ने यो छालाको विशेष पत्रलाई नै अग्रचर्म भनिन्छ । यसैलाई अंग्रेजीमा prepuce अथवा foreskin भनिन्छ । यो छाला जन्मजात नै लिंगसँग नटाँसिई अर्थात फर्काउन मिल्ने गरी आएको हुँदैन । यस्तै ९६ प्रतिशत बालकमा जन्मदादेखि नै लिंगमुण्डसँग अग्रचर्म टाँसिएको हुन्छ । बालक ठूलो हुँदै जाँदा यो बिस्तारै छुट्टिएर आउँछ । त्यसैले बाल्यकालमा यसलाई फर्काउन नमिलेको भए पनि किशोरावस्थामा पुगेपछि भने यसलाई फर्काउन मिल्छ । शिश्न मुण्ड पछाडितिर केही फुकेको घेरा हुन्छ जसलाई coronal ridge भनिन्छ र यसले लिंगको shaft (साफ्ट, नली आकारको भाग) सँग शिष्न मुण्डलाई छुट्टयाउँछ । यसको तलतिर सानो त्रिभुजाकार भाग हुन्छ । छालाको एउटा पातलो त्यान्द्रो जसलाई frenulum भनिन्छ, शिष्नमुण्डमा टाँसिएको हुन्छ ।

तपाईंलाई के भएको ?

तपार्इंले यौन चलचित्रमा अग्रचर्म पूरै तन्कने तर आफ्नो नतन्किने कुरा गर्नुभएको छ । यो कतातिर तन्किने कुरा गर्नुभएको हो स्पष्ट भएन । लिंगको फेदतिर तन्किने कुरा गर्नुभएको हो भन्ने मानेर नै जवाफ दिने प्रयास गरेको छु । माथि भनिएजस्तै किशोरावस्थामा यो प्राय:जसो व्यक्तिमा छुट्टिएर आउँछ र पछाडि फर्काउन मिल्छ । केही स्थितिमा भने यसलाई पछाडि फर्काउन मिल्दैन, जसलाई हामी उजष्mयकष्क भन्छौं । अर्को कुरा तपाईंको सन्दर्भमा यौन चलचित्रका कलाकार यदि पश्चिमा इसाई हुन् भने उनीहरूको समुदायमा बाल्यकालमै अग्रचर्मलाई काट्ने चलन छ र यसले गर्दा अग्रचर्म शिशुकालमै काट्ने चलन नभएका हिन्दूहरूको तुलनामा लिंगको रूप केही फरक देखिन्छ । 

अग्रचर्म किन काट्ने ?

हजारौं वर्षअघि सुरु भएर अहिलेसम्म गरिँदै आए पनि यो शल्यक्रिया गर्ने कि नगर्ने भन्ने विषयमा अनेक विवाद छन् । माथि चर्चा गरिएजस्तै उपचारका लागि यो शल्यक्रिया विशेष गरेर युवावस्था वा वयस्क अवस्थामा गरिन्छ, तर कतिपय समुदायमा धार्मिक वा परम्परागत सांस्कृतिक चलनअनुसार यसलाई निरन्तरता दिइँदै आएको छ । जुदाई, मुसलमानका साथै केही इसाई समुदायमा यो शिशु अवस्थामै गर्ने चलन छ, तर हिन्दु वा सिख समुदायमा अग्रचर्म काट्ने चलन छैन । अग्रचर्म काट्ने चलनमा पनि संसारभर नै तुलना गरेर हेर्दा निकै भिन्नता देखिन्छ । कसैले बढी उमेर भए पछि त कसैले बाल्यावस्थामै यो काम गर्छन् भने अर्कातिर यसलाई कसैले उत्सवका रूपमा मनाउँछन् त कसैले सामान्य रूपमा लिन्छन् । त्यसै गरी कतिपय अफ्रिकी समुदायका मानिस तथा अस्ट्रेलियाली आदिवासीहरूले पनि अग्रचर्म काट्छन् ।

अहिलेको आधुनिक समाजमा हेर्दा धार्मिक प्रयोजन नभए पनि अग्रचर्म शिशु अवस्थामै काटिएको पाइन्छ । केही परिस्थितिमा व्यक्तिले लिंगलाई राम्रो वा भनौं सुन्दर देखियोस् भनेर पनि अग्रचर्म काटेको पाइन्छ भने कतिपयले सरसफाइका कारणले यसो गरिनुपर्ने मान्छन् । शिशु वा बाल्यकालमा शल्यक्रियाका लागि सहमति जनाउन नसक्ने भएकाले उनीहरूका अभिभावकले यस्तो निर्णय गर्नु उनीहरूको अधिकारको हनन हो र यो ‘नैतिक भएन’ भन्नेहरूको आवाज पनि ठूलो हुँदै गएको छ । अध्ययनहरूले अग्रचर्म काट्दा एचआईभी सर्ने सम्भावना निकै कम हुने देखाएकाले कतिपय अफ्रिकी देशमा यसलाई एचआईभी रोकथामको उपायका रूपमा समेत लिइँदैछ । 

अग्रचर्म काट्ने शल्यक्रिया अग्रचर्म काट्न गरिने शल्यक्रियालाई अंग्रेजीमा Circumcision भनिन्छ । यो शल्यक्रिया अग्रचर्म साँगुरो भएको स्थितिका लागि प्रभावकारी उपाय हो । १०–१५ मिनेटमै सकिने यो शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता छैन । शल्यक्रिया गरेको केही बेरपछि नै घर जान सकिन्छ । शल्य चिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने औषधीका साथै अन्य औषधीहरू सेवन गर्नुपर्ने हुन सक्छ । त्यसबाहेक केही दिनपछि तपाईंले आफ्नो घाउ जँचाउन पुन: शल्यचिकित्सककहाँ पुग्नुपर्छ । राम्रो स्थानमा दक्ष चिकित्सकबाट शल्यक्रिया गराउँदा यसका नकारात्मक असरहरू एकदमै न्यून हुन्छन् । अग्रचर्म काटिएको स्थानको संक्रमण तथा रक्तश्राव प्राय:जसो देखा पर्ने असर हुन् । काटिएको स्थानमा रगत जम्मा हुने जस्तो समस्या पनि देखा पर्न सक्छ । अस्पतालको शल्यचिकित्सा ­विभागमा सम्पर्क राखी यो शल्यक्रिया गराउन सकिन्छ । 

यौन क्षमतामा असर

अग्रचर्म यौन सन्देश ओसारपसार गर्ने स्नायुले भरिपुर्ण हुन्छन् । लिंगको उत्तेजना र यौनसम्पर्कको घर्षणका साथै त्यतिबेला हुने तन्काईले यौन सुख प्राप्त गर्न सहयोगी भूमिका खेल्छ । अग्रचर्म अगाडि–पछाडि फर्कने भएकाले यौन सम्पर्कका बेला घर्षणमा सहज हुने बताइन्छ । स्वाभाविक रुपमा अग्रचर्म छुट्टिनुभन्दा पहिले नै शिशु अवस्थामा अग्रचर्म काटिँदा, शिष्नमुण्डको छाला नै फरक किसिमको देखिन्छ । वयस्क अवस्था गरिएको शल्यक्रियामा यस्ता प्रभाव कम भए पनि परिवर्तन त देखिन्छ नै । यी परिवर्तनले शिष्नमुण्डको छाला केही कम संवेदनशील हुन्छ । अग्रचर्म काटिएको लिंग तुलनात्मक रुपमा सुख्खा हुन्छ । 

अग्रचर्म काट्दा यौन सक्षमतामा पर्ने प्रभावका बारेमा भने पक्का जवाफ पाउन गाह्रो छ । अग्रचर्म काटेपछि शिश्नमुण्डको संवेदनशीलतामा कमी आउने भएकाले यौन सम्पर्कका बेला आनन्द कम हुने कुरा कतिपयले बताउँदै आएका छन् भने कतिपयले यौनसम्पर्क थप आनन्ददायक हुने कुरा बताउँदै आएका छन् । मास्टर्स र जोनसनले गरेको अध्ययनमा भने अग्रचर्म काटेका तथा नकाटेका पुरुष माझ खासै भिन्नता देखिएन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik