• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
हस्तमैथुनले लिंग बांगो हुन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

हस्तमैथुनले लिंग बांगो हुन्छ
श्रावण ११, २०७५

म २५ वर्षको भएँ । मैले १९ वर्षको उमेरमा विवाह गर्नुभन्दा पहिले ३ वर्षदेखि लगातार हस्तमैथुन गरेको थिएँ । त्यसैको प्रभावले हो वा के ले हो कुन्नि मेरो लिंग बांगो भएको छ । पिसाब गर्दा पनि बांगो नै झर्छ । म अहिले पनि हस्तमैथुन गरिरहेको छु । यसले भविष्यमा कुनै दुष्प्रभाव पार्छ कि ? हस्तमैथुन गरेको दिन किन ढाड असाध्यै दुख्छ । मेरो लिंग के कारणले बांगो भयो बुझाइ दिनुपर्‍यो । 

                                                                                                  –एस. 

 

तपार्इंहरूको यौन र प्रजनन स्वास्थ्यसम्बन्धी कुनै समस्या छ भने हामीलाई 

[email protected] मा इमेल गर्नुहोस् । हामी सम्बन्धित डा. बाट समाधान दिनेछौं ।

बांगो लिंग

पहिले लिंगको संरचनाका सम्बन्धमा केही कुरा गरौं । लिंग मुख्यतया तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ । लिंगको माथितिर दुईवटा Corpus Cavernosa भनिने भाग हुन्छन् भने तलतिर ऋयचउगक क्उयलनष्यकगm । लिंग उत्तेजित हुँदा यिनै संरचनामा रगत भरिन्छ र लिंग मोटो र कडा हुन्छ । उत्तेजित नभएका बेला लिंग एउटा लचिलो अंगका रूपमा रहन्छ र त्यसको बांगोपनको खासै आभास हुँदैन । उत्तेजित हुँदा मात्र त्यसको बांगोपन स्पष्ट देखिन्छ । 

व्यक्ति–व्यक्तिअनुसार लिंगको नाप र आकारमा भिन्नता हुन्छ । यो लिंगको विकासका क्रममै देखिने कुरा हो । हाम्रो शरीरको पनि दायाँ–बायाँ भाग ठयाक्कै बराबर हुँदैन, केही फरक हुन्छ । शरीरको बीचमा पर्ने भएकाले शरीरको विकासको क्रममा लिंगमा पनि त्यसको प्रभाव देखिन्छ । सबै पुरुषको लिंगको आकार एकै किसिमको हुँदैन र उत्तेजित अवस्थामा एकदम सीधा नभै लिंग आफैंमा केही मात्रामा टेढो (बांगो) हुन्छ । यो सामान्य कुरा हो । तपाईंले आफ्नो लिंग कुन अर्थमा बांगो मान्नुभएको हो तथा कसरी आफ्नो लिंग सामान्यभन्दा बांगो भएको थाहा पाउनुभयो भन्ने कुरा बुझ्नु आवश्यक छ । कतिपयले लिंग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बांगोपनको कुरा गर्छन् । 

टेढोपन निकै छ भने समस्या गम्भीर हुन सक्छ, तर त्यस्तो स्थिति विरलै हुन्छ । मूत्रनलीको विकासमा गडबडी भएर टेढोपन भएको (hypospadias) स्थितिमा लिंग तलतिर बांगो हुन्छ । लिंग निश्चित (स्थायी) रूपमा बांगो भएको अवस्थालाई chordee भनिन्छ । मूत्रद्वारको संक्रमण पनि बांगोपनको कारण हुन सक्छ । Peyronie's disease मा सामान्य लिंग अकस्मात् निकै बांगो हुन गै यौनसम्पर्क नै गर्न नसक्ने स्थिति उत्पन्न हुन्छ र दुख्छ पनि । पक्का रूपमा कारण थाहा नभएको यो रोग अक्सर ४० वर्षभन्दा माथिका मानिसलाई लाग्छ, जुन तपाईंलाई हुने कुरा भएन । यस्ता गम्भीर समस्याहरूका लागि 

मात्र चिकित्सकको सहयोग आवश्यक हुन्छ । 

बांगो लिंग र यौनसम्पर्क

तपाईं विवाहित भैसक्नु भएकाले यौनसम्पर्कमा कुनै कठिनाइ भए–नभएको त पक्कै अनुभव गर्नुभएको होला, तर यहाँ तपाईंले उल्लेख नगर्नु भएका कारण यौनसम्पर्कमा कठिनाइ नभएको कुरालाई संकेत गर्छ । पुरुषलाई निकै चिन्ता हुने भए पनि हल्का किसिमको लिंगको बांगोपनले यौनसम्पर्कलाई कुनै किसिमको बाधा पुर्‍याउँदैन र यौनसुख लिन तथा दिन दुवै सकिन्छ ।

आसन मिलाउन सकिएको खण्डमा एक हदसम्मको लिंगको बांगोपनले महिलालाई यौन सुख प्रदान गर्न मद्दत नै गर्छ । बांगोपनले लिंगको मोटोपन बढी भएको जस्तो कार्य गर्छ र त्यसले पीडा भएको हो भने लिंग प्रवेश र त्यसपछिको गतिलाई आसन र कोण मिलाउन सकिए एक हदसम्म पीडा कम गर्न सकिन्छ । बांगोपन धेरै भएको स्थितिमा भने यसको उपचार गर्ने प्रयास गर्नु उचित हुन्छ ।

अधिकांश महिलाको यौन संवेदनशील अंग भगांकुर बाहिर नै हुन्छ र त्यसको घर्षणका लागि लिंग नै चाहिने होइन । त्यसैले समस्या गम्भीर नहुँदा आफ्नो लिंग सोझ्याउने तिर लाग्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने कुरा बुझ्नतिर लाग्नु बुद्धिमानी हुन्छ ।

पिसाबको बांगो धारा

मूत्रनली गोलो नभै माथि–तल गरी केही थेप्चिएको (horizontally flattened) हुन्छ भने मूत्रद्वारको कुरा गर्दा यो दायाँ–बायाँ गरी थेप्चिएको (vertical ellipse shape) हुन्छ । यस किसिमको संरचनाले गर्दा पिसाब फेर्दा यसको धारा यसरी बटारिन्छ कि जसको नतिजा एक धाराका रूपमा पिसाव बाहिर आउँछ । यसमा कुनै किसिमको अवरोध आएको स्थितिमा धारा अर्कातिर जाने वा मसिना सिर्का जस्तो आउने हुन्छ । यस्तो माथि भनिएको hypospadias वा मूत्रनलीमा कुनै चोटपटक वा संक्रमणको कारणले खत बस्नु जस्ता कारणले हुन सक्छ । 

कतै हस्तमैथुनले लिंग बांगो बनाएको हो कि ?

माथि नै भनिसकियो, लिंग ज्यादै बांगो हुने एउटा प्रमुख कारण Peyronie’s Disease हो । यसको पक्का कारण थाहा हुन नसके पनि धेरै अनुसन्धानकर्ताले लिंगमा चोट लाग्दा थोरै नै भए पनि भित्र रक्तश्राव हुन्छ र त्यसमै fibrous plaque बन्न थाल्छ । यस्तो स्थितिमा बिस्तारै लिंगको लचिलोपन कम हुने हुँदा उत्तेजित लिंगमा बांगोपन देखिन्छ र पीडा समेत हुन्छ । कतिपय स्थितिमा लिंगमा यसरी चोटपटक लागेको होला भनेर राम्रोसँग सम्झना पनि नहुन सक्छ । अन्य केही स्थितिमा यसको कारण वंशाणुगत पनि हुन सक्छ भनिन्छ । 

सामान्य रूपमा गरिने हस्तमैथुनले लिंगलाई बांगो बनाउँदैन । तपाईंले कसरी हस्तमैथुन गर्दै आउनुभएको छ भन्ने कुरा लेख्नुभएको छैन । असावधानीवश तपार्इंले हस्तमैथुन गर्ने क्रममा वा अन्य कारणले लिंग बारम्बार चोटपटक लाग्ने स्थिति छ कि छैन विचार गर्नुपर्छ । अहिले तपाईं युवावस्थामै हुनुभएकाले यस्तो सम्भावना कम भए पनि हुँदै नभएको भन्नेचाहिँ होइन । Peyronie’s Disease को उपचारका लागि केही औषधीको सेवन वा सुई दिने वा शल्यक्रियाजस्ता उपाय अपनाइन्छ । यसको उपचारका लागि तपाईंले चिकित्सकको सहयोग लिनुपर्छ ।

हस्तमैथुन तथा ढाडको पीडा 

सामान्यत: हस्तमैथुनले ढाड दुख्ने समस्या गराउँदैन । युवा अवस्थामा तपाईंको शरीरको आसन वा भनौं बस्ने, हिँड्ने वा काम गर्ने तरिका नै ढाड दुख्ने प्रमुख कारण हुन्छ । केही स्थिति, जसमा अति नै हस्तमैथुन गरिन्छ, त्यससँगै भने ढाड दुख्न सक्ने बताइन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik