• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
थाहै नपाई वीर्य स्खलन कस्तो समस्या हो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

थाहै नपाई वीर्य स्खलन कस्तो समस्या हो
भाद्र ३, २०७५

 

म ३० वर्षीय विवाहित पुरुष हुँ । राम्री केटी देख्ने अनि छुनेबित्तिकै मेरो लिंग कडा नभई आफै लिंगबाट पानी निस्कन्छ । यौनसम्पर्क गरौं भने कडा हुँदैन । त्यसैले म तनावमा छु । त्यसरी पानी निस्कँदा कमजोर भएको अनुभव हुन्छ । आफ्नी श्रीमतीसँग यौन सम्पर्क गर्छु भन्दा पनि हुँदैन । श्रीमतीलाई मेरो कारणले सन्तुष्टि नहुने हो कि भन्ने चिन्ता लाग्छ । उनीसँग सोध्दा ठिक छ त भन्छिन् । यद्यपि यसबाट मलाई पनि सन्तुष्टि हुँदैन अनि मलाई एउटा छोरा पनि चाहिन्छ । औषधी खाँदा फेरि बच्चा नहुने हो कि ? के गर्दा ठिक होला बताइदिए मेरो जिन्दगीमा खुसी आउने थियो । 

                                                                                                 –गो. 

डा. राजेन्द्र भद्रा

यौन उत्तेजनालाई निरन्तरता दिइएको स्थितीमा चरमसुख प्राप्त हुने हाराहारीमा मूत्रद्वारबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य भनिन्छ । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (१ चियाचम्चा जति) वीर्य निस्कन्छ । यही वीर्यमै शुक्रकीट हुन्छन् । तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, त्यहीँको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने त्यसमा पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा ईपिडिडाईमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मुत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम । वीर्यको रंग सामान्यत: सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी रंगको समेत हुन सक्छ । यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ ।

थाहै नपाई वीर्य स्खलन ?

सामान्यत: आफूलाई थाहै नभै वीर्य स्खलन हुँदैन । वीर्य स्खलन हुने प्रमुख स्थिति यौन उत्तेजना नै हो, तर केही परिस्थितिमा जस्तै कि निदाएको बेला थाहै नपाई वीर्य स्खलन हुन सक्छ । त्यसबाहेक पनि केही औषधीका कारणले वीर्य चुहिन सक्छ, पौरुष ग्रन्थिमा कुनै समस्या छ भने त्यस्तो स्थिति उत्पन्न हुन सक्छ । वीर्य स्खलन संचालनमा मुख्य भूमिका खेल्ने स्नायुमा चोटपटक लागेको छ भने पनि त्यस्तो स्थिति सृजना हुन सक्छ । माथिका यी स्थितिहरूका साथ अन्य लक्षण पनि देखिएको हुनुपर्छं, तर तपाईंले तिनका बारेमा खासै केही जानकारी दिनुभएको छैन । 

यौन उत्तेजना : लिंगबाट वीर्य निस्कनुको एउटा प्रमुख कारण यौन उत्तेजना हो । चरमसुखको स्थितिमा नपुगे पनि किशोर तथा नवयुवामा यौन उत्तेजना भए वीर्य लिंगबाट चुहिन सक्छ । तपाईंलाई थाहै होला, यौन उत्तेजना सफा किसिमको थोरै रस अर्थात् pre-ejaculatory fluid लिंगबाट निस्कन्छ, तर यो वीर्य भन्दा फरक हुन्छ । यसका लागि खासै उपचारको आवश्यकता पर्दैन । यसबाहेक तपाईंको संकेत शीघ्र स्खलनतर्फ हो भने पक्कै पनि पहिलेका अङ्कहरूमा यस विषयमा पढिसक्नु नै भयो होला । 

निदाएका बेला वीर्य स्खलन : यो पनि स्वाभाविक प्रक्रिया नै हो त्यसैले यसका लागि पनि उपचारको आवश्यकता पर्दैन । उमेर बढ्दै गएपछि अनि नियमित यौनसम्पर्क गर्ने स्थिति भए यो आफैं कम भएर जान्छ । 

औषधीको असरले वीर्य स्खलन : केही औषधी जस्तै : उदासीपनको उपचारमा प्रयोग हुने औषधी, मनोदशालाई स्थिर बनाउने औषधी तथा केही हार्मोनयुक्त औषधीको असरले पनि वीर्य चुहिन सक्छ । तपाईंले कुनै औषधी प्रयोग गर्नुभएको छ भने यस्ता असरलाई लिएर चनाखो हुनुपर्छ र आवश्यक परे वैकल्पिक औषधी सेवन गर्नुपर्ने हुन सक्छ ।

पौरुष ग्रन्थीको समस्या : पौरुष ग्रन्थीको संक्रमण वा शोथ वा स्नायुमा चोट पुग्न गएको स्थितिमा यस्तो समस्या देखा पर्न सक्छ । पौरुष ग्रन्थिमा समस्या हुँदा पिसाब फेर्न गाह्रो हुने, कटी प्रदेश दुख्ने, वीर्य स्खलनमा परिवर्तन आउने वा रगत देखिने हुनसक्छ । तपाईंले यस विषयमा पनि ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

स्नायुमा चोटपटक : वीर्य निस्कासन मस्तिष्क, मेरुदण्ड तथा अन्य स्नायुको जटिल अन्तरक्रियाका नतिजाको रूपमा हुन्छ । पाको उमेरका व्यक्तिमा दीर्घरोगले पनि स्नायुमा असर पारेर यस्तो स्थिति ल्याउन सक्छ । युवाहरूमा प्रत्यक्ष चोटपटक त लागेको होइन, विचार गर्नुपर्छ । 

त्यसैगरी पिसाब फेरिसकेपछि पनि केही मात्रामा वीर्य चुहिन सक्छ । यो वास्तवमा खासै चिन्ताको विषय होइन, तर प्रजनन अंगको संक्रमण वा कुनै यौनरोग भएको शंका छ भने चिकित्सकको सल्लाह लिनु बेस हुन्छ । चिकित्सकमध्ये पनि विशेष गरी मूत्ररोग विशेषज्ञसंग सल्लाह लिनु उपयुक्त हुन्छ । औषधी सेवन गरेकै कारणले सन्तान नहुने भन्ने कुरा मनासिव छैन । 

छोरा सन्तान चाहिएको कुरा

सामान्यत: सन्तान कि त छोरा जन्मिन्छ वा छोरी । देशअनुसार फरक हुने भए पनि यस्तै १ सय ६ छोरी जन्मँदा १ सय जना छोरा जन्मन्छन् । मानवमा वंशाणुगत गुणलाई एक पुस्ताबाट अर्को पुस्तामा सार्न २३ जोडी (४६ वटा) क्रोमोजोम हुन्छन् । कुनै पनि सन्तानले २३ वटा क्रोमोजोम आमाबाट र अर्को २३ वटा क्रोमोजोम पिताबाट प्राप्त गर्छ । यसमध्ये २२ जोडी क्रोमोजोमले शरीरका अन्य गुणहरू निर्धारण गर्छन् भने २३ औं जोडीले सन्तानको लिंग । त्यसैले यसलाई सेक्स क्रामोजोम भनिन्छ । यसरी जीव वैज्ञानिक प्रक्रियालाई हेर्ने हो भने सन्तान छोरा वा छोरी के हुन्छ भन्ने कुरा हाम्रो वंशाणुमा हुने X वा Y chromosome मा भर पर्छ । महिलामा  XX chromosome मात्र हुन्छन् भने पुरुषमा XY chromosome हुन्छन् । गर्भधारणका क्रममा आमाबाट आएको X  chromosome र पिताबाट आएका Y chromosome को मिलन भए छोरा हुन्छ भने आमाबाट आएको X chromosome र पितावाट आएको X chromosome को मिलन भए छोरी हुन्छ । सामान्य परिस्थितिमा जन्मने सन्तान छोरा हुन्छ कि छोरी भन्न सकिने स्थिति हुँदैन । 

छोरीको तुलनामा छोरालाई बढी महत्व दिने हाम्रो सामाजिक मूल्य–मान्यताका कारण हामीमा छोरा चाहिने सोच आएको हो, तर कुनै पनि समाज राम्रोसँग चल्न पुरुष तथा महिला दुवै चाहिन्छ । छोराले वंशको निरन्तरता दिने मान्यता भए पनि वैज्ञानिक रूपमा छोरा हुन् कि छोरी तपाईंको वंशाणु सन्तान दर सन्तान सार्ने काम दुवै अर्थात् छोरा तथा छोरीले नै गर्छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik