• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
मधुमेह रोग र यौनेच्छा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

मधुमेह रोग र यौनेच्छा
भाद्र २१, २०७५

 

म ५३ वर्षीय विवाहित पुरुष हुँ । आजभन्दा २५ वर्षअघि मेरो विवाह भएको थियो । यसबीच चार वर्षदेखि मधुमेह बाट पीडित छु । यद्यपि मेरो रगतमा सुगरको लेभल सीमाभित्रै छ । मधुमेह लागेपछि यौनेच्छा सामान्यभन्दा कम हुन्छ भन्ने सुनिन्छ, तर मेरो हकमा त्यस्तो भएको छैन । यसको कारण के होला ?

                                                                                             - ४११६ 

 

पाको उमेरमा यौनेच्छा 

उमेर बढ्दै जाँदा, युवावस्था सरह यौन क्रियाकलापलमा संलग्न हुन नसक्ने स्थिति सिर्जना हुन सक्छ । समयको गतिसँगै उमेर बढ्नु र त्यसका साथै शरीर अनि यसको कार्य सम्पादन क्षमतामा परिवर्तन आउनु सामान्य तथा निरन्तर चलिरहने प्रक्रिया हो । यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य क्षमता दुवैमा देखिन्छ । यौनसम्बन्धी कुरामा पनि यस्तो स्थिति देखा पर्न सक्छ । पुरुषहरूमा लिङ्ग उत्तेजनामा कठिनाइ हुने जस्ता कुरा देखिन्छन् । त्यसबाहेक कतिपय दीर्घरोग अनि त्यसको उपचार तथा अन्य समस्याका प्रभाव पनि यौन जीवनमा नकारात्मक रूपमा देखिन सक्छ, तर तपाईंको जिज्ञासा पढ्दा तपार्इंमा त्यस्तो स्थिति भएजस्तो लाग्दैन । वास्तवमा यसलाई निकै खुसीको कुरा मान्नुपर्छ । 

मधुमेहले कसरी 

नकारात्मक असर पार्छ ?

सजिलो भाषामा भन्नुपर्दा मधुमेह भएका व्यक्तिको रगतमा चिनी (ग्लुकोज) को मात्रा बढी हुन्छ । यसरी रगतमा चिनीको मात्रा सामान्य भन्दा बढी भए त्यसले अनेकौं समस्या सिर्जना गर्न सक्छ र त्यसको प्रभाव यौनकार्यमा समेत पर्छ । 

लामो समयसम्म अनियन्त्रित रूपमा चिनीको मात्रा बढी भैरहे त्यसले रक्तनसा अनि स्नायुलाई हानि पुर्‍याउँछ । पछि गएर यसको नकारात्मक प्रभाव यौन उत्तेजना, महिलामा योनि रसाउने वा पुरुषको लिङ्ग उत्तेजनामा पर्छ । लिङ्गमा रगत भरिन ठीक समयमा नाइट्रिक एसिड नामको रसायन निस्कन्छ, जसले रक्तनसाका मांसपेशीलाई खुकुलो हुन रसायनिक सन्देश वाहकका रूपमा काम गर्छ । मधुमेहका कारणले रक्तनसा वा स्नायुमा खराबी आउँदा यसले राम्रोसँग कार्य 

गर्न सक्दैन । 

तपाईंलाई पक्कै थाहा होला, हामीमा यौनेच्छा जागृत गराउने रागरस टेस्टेस्टेरोन हो । माथि भनिएबाहेक मधुमेह भएका व्यक्तिमा टेस्टेस्टेरोन नामको यो पुरुष रागरसको मात्रामा पनि कमी आउँछ । यस्तो किन हुन्छ भन्ने पक्का थाहा नभए पनि प्रायश: मधुमेह भएका व्यक्तिमा मोटोपन बढी पाइन्छ । यस्ता व्यक्तिमा इस्ट्राडिओल अधिक मात्रामा हुन्छ भने त्यसले नयलबमयतचयउष्अ चभभिबकष्लन जयचmयलभ श्राव हुन रोक्छ, जसले टेस्टेस्टेरोन हार्मोनको मात्रामा कमी ल्याउँछ । अर्कातिर, मधुमेह भएका व्यक्तिमा जथउयतजबबिmष्अ(उष्तगष्तबचथ(बमचभलब िबहष्क को सञ्चालनमै केही गडबडी आउने भएकाले यस्तो प्रभाव पार्छ भन्ने मानिन्छ । 

त्यसबाहेक मधुमेह भएका व्यक्तिमा अन्य कतिपय कारणले पनि यौन जीवनमा नकारात्मक असर परेको हुनसक्छ, जस्तै : उच्च रक्तचापको समस्या । उच्च रक्तचापले पनि रक्तनसामा हानि पुर्‍याउँछ । त्यसैगरी उनीहरूमा खराब किसिमको कोलेस्ट्रोलको मात्रा बढी भएको हुनसक्छ, जसले रक्तनसालाई साँघुरो बनाउन सक्छ । जीवनशैलीको कुरा गर्ने हो भने मधुमेह भएका कतिपय व्यक्तिले धूमपान गर्ने, खानाको सन्दर्भमा परहेज नगर्ने हुन सक्छ । धूमपानले स–साना रक्तनसामा रगतको प्रवाह कम गर्छ । 

अनियन्त्रित रूपमा चिनीको मात्रा कम वा बढी हुँदा थकाइ लागेजस्तो हुने वा जाँगर वा स्फूर्ति नहुने स्थिति हुन्छ, जसले यौन क्रियाकलामामा संलग्न हुने कुरामा नकारात्मक असर पार्छ । त्यसबाहेक मधुमेह भएको व्यक्तिमा आफ्नो स्वास्थ्यका सम्बन्धमा नकारात्मक भावना हुनसक्छ । कतिपयले चाहेर पनि आफ्नो जीवनशैलीमा परिवर्तन गर्न सकेका हुँदैनन् वा तौलको उचित व्यवस्था गर्न सकेका हुँदैनन् । यस्तो स्थितिले उसको आत्मसम्मानमै धक्का पुग्न सक्छ, जसले मधुमेह भएका व्यक्तिमा यौनेच्छामा वा यौन लगावलाई नकारात्मक असर पारिरहेका हुनसक्छ । 

किन यस्तो नभएको ? 

आफूलाई मधुमेह भएको थाहा भएपछि यौनसम्बन्धी तथा अन्य कुरामा नकारात्मक असर परेर अङ्ग–प्रत्यङ्गमा गम्भीर खराबी आउन नदिन रगतमा चिनीको मात्रा नियन्त्रित राख्नुपर्छ । तपाईंले रगतमा चिनीको मात्रा सीमाभित्रै भएको कुरा गर्नुभएकाले उक्त काम गरि नै रहनुभएको देखिन्छ । चिनी, ग्लुकोजजस्ता वस्तुको प्रयोग एकदमै कम गर्ने वा गर्दै नगर्ने, चिल्लो पदार्थको सेवन कम गर्ने, तौल ठिक्क राख्ने, नियमित व्यायाम गर्ने तथा प्रशस्त हरियो सागपात आदि सेवन गर्नुपर्छ । त्यसका साथै धूम्रपान तथा मद्यपान सेवनबाट परहेज अर्को महत्वपूर्ण पक्ष हो । औषधी प्रयोग गरिरहनुभएको भए औषधी नियमित रूपमा सेवन गर्नुपर्छ र नियमित रूपमा चिकित्सकवाट परीक्षण पनि गराउनुपर्छ । ह्दयरोग होस् वा कोलेस्टेरोल बढी हुने समस्या, त्यस्ता रोगको पनि नियमित परीक्षण तथा औषधी सेवन गर्न पनि बिर्सनु हुँदैन । यस्ता कुरामा ध्यान दिन सकियो भने मधुमेहको जटिलताबाट जोगिन सकिन्छ । 

तपाईंको सन्दर्भका यौनेच्छा तथा यौनजीवनमा असर किन नभएको होला भन्दा तपाईंले रगतमा चिनीको मात्रा सीमाभित्रै राख्नुभएदेखि जीवनशैली पनि स्वस्थकर अपनाउनुभएको हुनसक्छ । यी सब कारणले तपाईंमा यौनेच्छा जगाउने टेस्टेस्टेरोनको मात्रामा पनि कमी नआएको हुनुपर्छ र त्यसका साथै तपार्इंको रक्त नसा तथा स्नायुमा पनि कुनै नकारात्मक असर नपरेको देखिन्छ । 

मेरो विचारमा तपार्इंमा यी शारीरिक पक्षबाहेक मानसिक पक्ष पनि बलियो हुनुपर्छ । मधुमेहबाहेक उमेरले यौन सक्षमतामा ल्याउने नकारात्मकतालाई पनि तपार्इंले आफूमाथि हाबी हुन दिनुभएको छैन भन्ने मान्छु । तपार्इंको यौनप्रतिको सोच सकारात्मक र श्रीमतीसँगको सम्बन्ध सुमधुर हुनुले समेत यसमा महत्वपूर्ण भूमिका खेलेको हुनुपर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik