• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
हस्तमैथुन र वीर्य स्लखन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

हस्तमैथुन र वीर्य स्लखन
आश्विन ६, २०७५

 

म २४ वर्षीय विवाहित पुरुष हुँ । मेरो विवाह भएको ५ वर्ष भयो । मेरो ४ वर्षको एउटा छोरा पनि छ । म आफ्नो जागिरको सिलसिलामा प्राय: बाहिर नै रहन्छु । म र मेरी श्रीमतीबीच साधारणत: शारीरिक सम्बन्ध भैरहेकै हुन्छ । कुनै समय कार्यव्यस्तताले अलि लामो समय घर जान नपाउँदा म हस्तमैथुन पनि गर्छु । पछिल्लो समय लगभग २–४ महिनादेखि हस्तमैथुन गर्दा मेरो वीर्यमा तरल पदार्थका साथ–साथै ठोस पदार्थ (भातको सिताजस्तो) देखा पर्छ । यो कुन कारणले देखा परेको हो ? उक्त ठोस पदार्थ देखा पर्नु कुनै यौन समस्या हो कि ? साधारण अवस्थामा वीर्यको अवस्था कस्तो हुनुपर्छ ? यदि मेरो समस्या रोग नै हो भने मैले के गर्नुपर्छ ?

                                                                                         -एसके

तपाईंले कार्यव्यस्तताका बाबजुद यौन कार्यमा संलग्न भएर यौन आनन्द उठाउँदै आउनुभएको कुराले खुसी लागेको छ । श्रीमतीसँग यौनसम्पर्क गर्न नपाएका बेला हस्तमैथुनजस्तो वैकल्पिक उपाय अपनाउनु पनि एउटा राम्रो कदम हो । वैवाहिक सम्बन्धमा गाँसिएर पनि हस्तमैथुनमार्फत यौनेच्छा पूरा गर्दा वैवाहिक सम्बन्धमा जटिलता सिर्जना हुने स्थिति हुँदैन । यौनेच्छा शान्त पार्न अन्य व्यक्तिको सामीप्यता खोजियो भने त्यसले समय र पैसा दुवैको खति गर्छ । त्यस्ता सम्बन्धलाई लुकाउन पनि निकै कठिन हुन्छ भने हस्तमैथुन गर्दा यौनसंक्रमण हुने खतराबाट समेत जोगिन सकिन्छ । 

वीर्य के हो ? 

यौन उत्तेजनालाई निरन्तरता दिइएको स्थितिमा चरमसुख प्राप्त हुने हाराहारीमा मूत्रद्वारबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य भनिन्छ । एकपटकमा यस्तै ३ देखि ५ मिली (अर्थात् १ चियाचम्चाजति वीर्य निस्कन्छ । यही वीर्यमै शुक्रकीट हुन्छन् । तपाईंलाई थाहै होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने यसमा पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थीबाट आउने रस त्यसभन्दा पनि कम हुन्छ । 

वीर्य कस्तो हुन्छ ? 

सामान्य रूपमा यौनसम्पर्क गर्दा योनिभित्र नै वीर्य स्लखन गरिँदा वीर्य कस्तो हुन्छ भन्ने कुरामा खासै चासो नहुन सक्छ, तर हस्तमैथुनका बेला वीर्य स्खलन प्रत्यक्ष रूपमा देखिने भएकाले चासो हुनसक्छ । अब स्वस्थ वीर्य कस्तो हुन्छ हेरौं । 

वीर्यको रंग सामान्यतया धमिलो किसिमको सेतो–सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी रंगको पनि हुनसक्छ । यसको गन्ध विशेष किसिमको हुन्छ र क्लोरिनको गन्धसंग मिल्दोजुल्दो हुन्छ । स्वादमा यो हल्का गुलियो हुन्छ तर भोजनदेखि लिएर अन्य कतिपय कुराले यसको सुवासमा विविधता ल्याउन सक्छ । यो क्रिम वा जेली जस्तै वनावटको र केही च्यापच्यापे प्रकृतिको हुन्छ । 

यो व्यक्तिअनुसार र एकै व्यक्तिमा पनि फरक–फरक हुनसक्छ । यसको स्वरूप, गन्ध, रङ्ग अनि स्वाद आदि कुरामा विविधता पाइन्छ । यस्तो विविधता पाइने कारणमा तापक्रम, शारीरिक क्रियाकलाप, भोजन तथा केही समयअघि मात्र वीर्य स्लखन गरिएको जस्ता कुराको प्रभाव पर्छ । 

भातको कनिका

जस्तो किन ?

वीर्य स्खलन भएको केही समयपछि त्यसमा परिवर्तन देखा पर्छ । वीर्य स्खलन हुँदा यो केही बाक्लो हुन्छ र केहीबेर पछि नै पातलिने क्रम सुरु हुन्छ । स्खलन हुनासाथको अवस्थामा वीर्य बाक्लो र निकै च्यापच्यापे अनि स–साना दानाजस्तो हुन्छ । यस्तो प्रकृतिको वीर्य योनिमै टाँसिने र सजिलै बाहिर नआउने हुँदा प्रजनन प्रक्रियामा सकारात्मक असर पर्छ । अब त तपाईंले बुझि नै सक्नुभयो होला कि वीर्य तपाईंले भन्नुभएजस्तो कनिकाजस्तो देखिनुले कुनै खराबी वा यौनरोग भएको कुरालाई संकेत गर्दैन । त्यसैले यस विषयमा अनावश्यक चिन्ता नलिए हुन्छ । 

के कस्तो स्थितिमा 

चिन्ता गर्नुपर्छ ? 

तपाईंले वीर्यसँग सम्बन्धित जिज्ञासाबाहेक अन्य केही समस्या वा लक्षणको कुरा लेख्नुभएको छैन । यौन रोगको शंका व्यक्त गर्नुभए पनि वास्तवमा यौन रोग भनेको यौनसम्पर्कका माध्यमबाट सर्ने विभिन्न संक्रमणहरूको समूह हो । तपाईंहरू दुवैमा यौन रोगको संक्रमण नभएको स्थितिमा अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क नभए यी रोग तपाईंलाई सर्ने वा लाग्ने कुरै भएन । 

विशेष गरी वीर्यमा आएको परिवर्तनसँगै यदि दुख्ने, ज्वरो आउने, यौन उत्तेजना वा यौनकार्यमा समस्या, पिसाबमा रगत देखिने वा लिङ्गबाट असामान्य रस वा पीपजस्तो आएको स्थिति छ भने चिन्ताको विषय हुनसक्छ । यस्ता लक्षणले यौनाङ्ग तथा प्रजनन अङ्गमा केही खराबी वा संक्रमणलाई संकेत गर्छन् । 

यस्ता लक्षण देखिएको स्थितिमा भने चिकित्सकको सल्लाहमा परीक्षण गराउनुपर्छ र त्यसैअनुरूप उपचार गर्नुपर्छ । यस्ता लक्षण वा समस्या छैनन् भने अनावश्यक रूपमा चिन्ता नलिई मज्जाले यौन आनन्द लिए हुन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik