• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
लिंगको नाप र खुकुलो कन्डम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

लिंगको नाप र खुकुलो कन्डम
मंसिर २१, २०७५

 

मेरो उमेर २० वर्ष भयो । मेरो लिंग ३ इन्च लामो छ । कन्डम लगाउँदा खुकुलो हुन्छ । त्यसकारण लिंगको साइज, लम्बाई बढाउन के–कस्तो घरेलु उपाय अपनाउन सकिएला ? 

                                                                                                     -नाम गोप्य

कन्डमको नाप 

पुरुषले लगाउने कन्डम ल्याटेक्स भनिने रबरबाट बनेको हुन्छ । यो निकै तन्कन सक्ने भएकाले धेरैजसो अवस्थामा केही सानो वा ठूलो भए पनि मिल्ने खालकै हुन्छ, तर यो सबै अवस्थामा फिट भने हुँदैन । विशेष रूपमा कन्डम तीनवटा नापमा पाइन्छन्, जसलाई मोटामोटी ठूलो (Large), सामान्य (Regular/Standard) तथा सानो (Small) भनेर वर्गीकरण गर्न सकिन्छ । कन्डमको वर्गीकरण विशेष गरेर यसको चौडाइ तथा लम्बाइका आधारमा गरिन्छ । विभिन्न संस्थाले गर्ने वर्गीकरणमा केही विविधता पाइए पनि मोटामोटी रूपमा भन्नुपर्दा च्याप्टो पार्दाको चौडाइ ठूलो कन्डमको २ इन्च (५० दशमलव ८ एम.एम.) भन्दा बढी, सामान्यको १ दशमलव ७५ (४४ दशमलव ४५ एम.एम.) देखि २ इन्चसम्म र सानो कन्डम १ दशमलव ७५ इन्चभन्दा कमको हुन्छ । केही कन्डम कम्पनीले त सातवटा विभिन्न नापका कन्डम समेत बजारमा ल्याएका छन् । त्यसैगरी लम्बाइका आधारमा पनि विभिन्न नापका कन्डम पाइन्छन् । 

लिंगको नाप र खुकुलो कन्डम 

कन्डमको खुकुलोपनको कुरा गर्दा लिंगको नापको कुरा गर्नु आवश्यक हुन्छ । यसका लागि सर्वप्रथम रुलर (स्केल) अनि नाप्ने फित्ताको व्यवस्था गर्नुहोस् । उत्तेजित लिंगको नाप लिन लिंगलाई पूर्ण उत्तेजनामा ल्याउनुपर्छ । लम्बाइ नाप्न लिंगको फेद (base) अर्थात् लिंग शरीरमा टाँसिएको स्थान) मा राख्नुहोस् र जघनास्थी (pubic bone) मा थिचेर उत्तेजित लिंगको समानान्तर राख्दै लिंगमूण्डको टुप्पोसम्म नाप लिनुहोस् । यही नै लिंगको लम्बाइ हो । जघनास्थीमा राम्रोसँग नथिची नाप लिँदा विशेष गरेर मोटो व्यक्तिको लिंग वास्तविक लम्बाइभन्दा छोटो लाग्न सक्छ । 

लिंगको मोटाइ नाप्न लचिलो नाप्ने फित्ताले उत्तेजित लिंगको बीचतिर (shaft) को सबैभन्दा मोटो भागलाई बेर्नुपर्छ । यो नै लिंगको मोटाइ हो । तपाईंसँग लचिलो नाप्ने फित्ता छैन भने कुनै पातलो डोरीले यसरी नापेर रुलरमा कति रहेछ भनेर हेर्न सक्नुहुन्छ ।

कन्डम खुकुलो हुनुको मुख्य कारण कन्डमको चौडाइ र लिंगको मोटाइअनुसार ठूलो हुनु हो । विशेष गरेर यौनसम्पर्कका बेला कन्डम फुस्किन नदिन कन्डमको लम्बाइभन्दा चौडाइ महत्वपूर्ण हुन्छ । तपाईंले लिंगको लम्बाइ त लेख्नुभएको छ, तर मोटाइ लेख्नुभएको छैन । माथि भनेजस्तो गरी मोटाइ नाप्न अनुरोध छ । 

लिंगको लम्बाइ किन बढाउने ? 

तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले लिंगको लम्बाइ किन बढाउने भन्ने प्रश्नमा स्पष्ट हुनु आवश्यक छ । धेरैजसो व्यक्तिमा यौन साथीलाई यौन सुख दिन नसकुँला भन्ने चिन्ता हुन्छ, तर यसको वास्तविकताका सम्बन्धमा केही चर्चा गरौं । 

मानव यौन प्रतिक्रिया चक्रका बारेमा त तपाईंलाई जानकारी होला नै । यौन उत्तेजनालाई निरन्तरता दिन सकिए व्यक्ति यौन चरमसुखको चरण सम्म पुग्छ । विचार गर्नुपर्ने कुरा यौन चरमसुख व्यक्ति आफैले प्राप्त गर्ने हो, अरू व्यक्तिले त त्यसमा सहयोग मात्र गर्न सक्छन् । यौन उत्तेजनालाई निरन्तरता दिन व्यक्तिको यौन संवेदनशील अङ्गका सम्बन्धमा जानकारी राख्नुपर्छ । 

तपाईंलाई थाहै होला— महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाबाट उत्तेजित हुन्छन् । पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत गर्छ, साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन ।

साथसाथै चरमसुख पाइएन भनेर पीर गर्नुपर्ने आवश्यकता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साथसाथै चरमसुख प्राप्त गर्न सहवासलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘सम+भोग’, जसको अर्थ दुवै जना यौनसाथीले समान रूपमा यस सुखलाई भोग गर्न पाउने कुरा भयो । यौनसम्पर्क गर्दा लिंग प्रवेश गराएर सुरु गरिने सोचबाट बाहिर निस्कनुपर्छ । महिलाले पर्याप्त रूपमा पाक्क्रीडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुष माथितिर र महिला तलतिर रहने आसनमा महिलाको योनिमा घर्षण हुने भए पनि भगाङ्कुरमा घर्षण हुँदैन ।

समाधान

तपाईंले पाइन्ट वा सर्ट किन्दा वा सिलाउँदा तपाईंको शरीरको नापअनुसार नै लिनुहुन्छ, लामो पाइन्टलाई मिलाउन खुट्टा लम्ब्याउने काम त पक्कै गर्नुहुन्न । त्यसैगरी कन्डम खुकुलो भयो भन्दैमा लिंग लम्ब्याउनुपर्ने कुनै आवश्यकता छैन । बरु कन्डममध्ये आफूलाई ठिक्क हुने किसिमको सबैभन्दा सानो कन्डम प्रयोग गर्नु उपयुक्त हुन्छ । आशा गर्छु, कुरा बुझ्नु भयो होला । विचार गर्नुपर्ने अर्को कुरा, कन्डमको प्याकेटमा सानो कन्डम नलेखिएको हुन सक्छ, त्यसको सट्टा tight fit वा snug fit लेखिएको हुनसक्छ । ठिक्कको कन्डम लगाउँदा फुस्कने समस्या पनि न्यून हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik