• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
भिरिंगी रोग र यसको उपचार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

भिरिंगी रोग र यसको उपचार
पुस ५, २०७५

४५ दिनअघि एक सरकारी अस्पतालमा जाँच गराउँदा त्यहाँका डाक्टरले मलाई भिरिंगी (Syphilis) भएको कुरा बताउनुभयो । त्यसपछि मैले अरू अस्पतालमा गएर VDRL गराउँदा त्यस्तो रोग देखिएन । मैले यो रोगविरुद्ध इन्जेक्सन लिनुपर्छ कि के गर्दा राम्रो होला ? 

                                                                            –आभाष 

भिरिंगी के हो ? 

भिरिंगीलाई अंग्रेजीमा सिफिलिस (syphilis) भनिन्छ । यो रोग यौन सम्पर्कको माध्यमबाट सर्ने भएकाले हामी यसलाई यौनरोग भन्छौं । यो रोग गर्भवती महिलाबाट शिशुमा पनि सर्छ । यो Treponema pallidum भनिने सूक्ष्म जीवाणुका कारणले हुन्छ । कुनै बेला प्रमुख स्वास्थ्य समस्या मानिने सिफिलिस पेनेसिलिनजस्ता प्रतिजैविकी औषधीको विकास र प्रयोग पछि कम भएर गएको छ । 

भिरिंगी तीन stages मा हुन्छ । १. Early or primary syphilis: हुँदा नदुख्ने किसिमको घाउ देखिन्छ । प्रत्यक्ष सम्पर्कमा आएको यस्तै ३ हप्ता (१० देखि ९० दिनमा) यौनांग वा ओठमा घाउ देखिन्छन् । उपचार नगरेको अवस्थामा पनि यी घाउ यस्तै ६ हप्तामा हराएर जान्छन् । २. Secondary stage: प्रत्यक्ष सम्पर्कमा आएको ६ हप्तादेखि ६ महिनासम्ममा यसको सुरुवात हुन सक्छ र यसको अवधि यस्तै १ देखि ३ महिना सम्म हुन्छ । हत्केला वा पैतालामा तामा रंगको rashes आउँछ । अन्य लक्षणमा मुखभित्र सेतो दाग आउने, लसिका ग्रन्थि सुन्निने, ज्वरो आउने तथा तौल घट्ने हुन सक्छ । उपचार नगरेको स्थितिमा पनि यी सबै आफैं हराएर जान्छन् । एक थरीको सिफिलिस जसलाई latent syphilis भनिन्छ, मा भने कुनै किसिमको लक्षण देखिँदैन । ३.Tertiary syphilis : उपचार नगरिएको स्थितिमा सिफिलिस यो स्थितिमा पुग्छ र ह्दय, मस्तिष्क अनि स्नायुलाई असर गर्छ र गम्भीर असरहरू जस्तै कि पक्षाघात, बिर्सन रोग, अन्धोपन, बहिरोपन, लिंग उत्तेजना नहुनेदेखि मृत्युसम्म हुन सक्छ, तर अहिले आधुनिक औषधीको प्रयोग भएको युगमा विरलै मात्र त्यस्तो स्थिति सिर्जना भएको पाइन्छ ।

निदानका लागि परीक्षण 

भिरिंगी हो कि होईन भनेर विभिन्न किसिमका रगत परीक्षण गरिन्छ । सामान्य रूपमा धेरै प्रयोग गरिने परिक्षणहरू Rapid Plasma Reagin (RPR) test, Veneral Disease Research Laboratory (VDRL) test, Treponema Pallidum-Particle Agglutination (TB-PA) test तथा Fluorescent Treponemal Antibody Absorption (FTA-ABS) test हुन् । सिफिलिस गराउने Treponema pallidum शरीरमा प्रवेश गरिसकेपछि हाम्रो शरीरले प्रवेश गरे पछि त्यसको विरुद्ध प्रतिजैविकी (antibodies) निकाल्छ । यसमध्ये RPR  तथा VDRL  परीक्षणमा भने ती प्रतिजैविकी रगतमा छ कि छैन भनेर हेरिन्छ । यी परिक्षण निकै संवेदनशील हुन्छन् अर्थात् रोग भएर पनि नभएको भनेर देखाउँदैन, तर यहाँ पनि केही कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । भर्खर संक्रमण भएका व्यक्तिमा घाउ (Chancre) देखिँदा यस्तै २५ प्रतिशतमा मात्र पोजिटिभ, एक हप्तापछि ५० प्रतिशत अनि २ हप्तामा ७५ प्रतिशत तथा ३ देखि ४ हप्तामा सबैजसोमा पोजिटिभ हुन्छ भने secondary syphilis हुँदासम्म १ सय प्रतिशत नै पोजिटिभ देखिन्छ । उपचारका क्रममा औषधी सही मात्रामा परेको छैन, रोगको विस्तार अनि देखिने लक्षण र परीक्षण दुवैमा गडबडी हुन सक्छ । संक्रमण भएको पक्का गर्न TP–PA jf FTA-ABS प्रयोग गरिन्छ ।

 

उपचारका कुरा

तपाईं आफ्नो उपचारका लागि अस्पताल वा क्लिनिक पुग्नुभएको पाइन्छ । तपाईं त्यहाँ किन जानुभयो ? खुलाउनुभएको छैन । तपाईं यसरी परिक्षण गराउन जानुको कुनै कारण त होला नै । कुनै पनि रोगको उपचार गराउनुभन्दा पहिले रोग भएको पक्का गरिने कार्य महत्वपूर्ण हुन्छ । तपाईंले आफ्नो यौन क्रियाकलाप, यौन संक्रमण सर्ने सन्दर्भमा जोखिमपूर्ण व्यवहार, तपाईंमा देखिएको संक्रमणका लक्षण आदिका सम्बन्धमा विस्तृत जानकारी दिनुभएको छैन । परीक्षण पक्कै महत्वपूर्ण पक्ष हो तर कुनै पनि रोगको निदान गर्न तपाईंको जोखिम पूर्ण यौन क्रियाकलापदेखि रोगको ईतिहास, के–कस्ता लक्षण देखिए जस्ता कुरा पनि महत्वपूर्ण हुन्छन् । तपाईंले आफ्नो प्रश्नमा यस विषयमा केही उल्लेख गर्नुभएको छैन । 

चिकित्सकले तपार्इंसँग यी सबैका बारेमा सोध्नुभयो होला, शारीरिक परीक्षण गर्नुभयो होला अनि पक्कै पनि प्रयोगशाला परीक्षणको सन्दर्भमा रगतको परिक्षण गराउनुभयो होला । तपाईंलाई अस्पतालमा भिरंगीको निदान गर्न केही परीक्षण गराइएको हुनुपर्छ । तपाईंले यसका बारेमा पनि केही लेख्नुभएको छैन । तपाईंको रोग भिरंगी हो भनेर निष्कर्षमा पुग्ने पक्कै पनि केही आधार हुनुपर्छ, त्यसै त पक्कै भन्नुभएन होला । 

यहाँ अर्को महत्वपूर्ण पक्ष तपाईंले किन अर्को ठाउँमा गएर VDRL जाँच गराउनुभयो भन्ने हो । आफूलाई भिरिंगी भएको विश्वास नलाग्ने आधारहरू पक्कै तपाईंसँग थिए वा छन् होलान् । तपाईंले त्यसका बारेमा पनि केही लेख्नुभएको छैन । खुलाएर लेख्नुभएको भए समाधानका बारेमा चर्चा गर्न सजिलो हुने थियो । 

VDRL परीक्षणले संक्रमणको सक्रियतालाई देखाउँछ । उपचारपछि बिस्तारै यी सामान्य अवस्थामा आउँछन् । पेनिसिलिन भिरिंगीको उपचारका लागि सबैभन्दा राम्रो औषधी मानिन्छ । यसको एलर्जी भयो भने अन्य वैकल्पिक प्रतिजैविकी औषधी प्रयोग गरिन्छ । 

तपाईंलाई यस विषयमा द्विविधा छ भने एकपटक यौन रोग विशेषज्ञकहाँ गै आफ्नो यौन क्रियाकलाप, रोगको इतिहास अनि अहिलेका कुरा सबै खुलस्त भनी उपचारसम्बन्धी छलफल गर्नुहोला र उहाँको सल्लाहअनुसार उपचार गराउनुहोला । यदि भिरंगी भएको पक्का भए आफू र यौन साथीको पूर्ण उपचार गराउनुहोला । लक्षण हराएर जाँदा उपचार नगरे पनि निको भयो भन्ने नमान्नुहोला ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik